Nepal T20 : सुपर ओभरमा फारवेस्ट पराजित, लुम्बिनीको लगातार चौंथो जित

नेपाल टी-२० लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा लुम्बिनी अल स्टार्सले फार वेस्ट युनाइटेडलाई हराएको छ ।

त्रिवि क्रिकेट मैदानमा आज बुधवार भएको पहिलो खेलमा लुम्बिनीले फार वेस्टलाई सुपर ओभरलाई हरायो । सुपर ओभरमा लुम्बिनीले दिएको २० रनको लक्ष्य पछ्याएको फार वेस्टले १० रनमात्र बनाउन सक्यो । स्कोरकार्ड 

यसअघि फार वेस्टले दिएको एक सय ३८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ३७ रन बनायो । जित्न अन्तिम बलमा ३ रन आवस्यक हुँदा गुल्सन झाले २ रन लिएपछि खेल सुपर ओभरमा पुगेको थियो।

लुम्बिनीका लागि गुलसन झाले नटआउट ३६, लाहिरु मिलन्थाले ३४ र विपुल शर्माले ३१ रन बनाए । फार वेस्टका करण केसी र शेर मल्लले दुई-दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको फार वेस्टले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ३७ रन बनायो । फार वेस्टका लागि देव खनालले ४८ र हशमतुल्लाह शाहिदीले ३२ रन बनाए । लुम्बिनीका श्याडली भान स्खलक्विकले दुई विकेट लिए ।

लुम्बिनी लगातार चौथो जित निकाल्दै आठ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । एक खेल कम खेलेको फार वेस्ट दुई अङ्कसहित चौथो स्थानमा छ ।





थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]