युएईमा आगामी वर्ष २०२१ जनवरी २८ देखि फेब्रुअरी ६ तारिखसम्म ‘अबु धाबी टि-१० लिग’ को चौथो संस्करण आयोजना हुँदैछ।
प्रतियोगितामा तिन जना नेपाली क्रिकेटरहरु सोमपाल कामि, करन केसी र कुशल मल्ल पनि पहिलो पटक खेल्न छानिएका छन्। तिन जना क्रिकेटर बुधबार राति अबु धाबीमा सम्पन्न ड्राफ्टमार्फत छानिएका हुन्। सोमपाललाई मराठा अरबीयन्सले, करनलाई पुने डेभिल्सले तथा कुशल मल्ललाई टिम अबुधाबीले आबद्ध गरेको हो।
टि-१० लिगमा ८ वटा टिम सहभागी रहेका छन् र सबै टिमको आइकन खेलाडीहरु तोकिएको छ। मराठा अरबियन्सको आइकन पाकिस्तान ब्याट्सम्यान शोयब मलिक, बंगला टाइगर्सको श्रीलंकन बलर इसुरु उडाना, दिल्ली बुल्सको वेस्टइन्डिज अलराउण्डर ड्वेन ब्राभो, पुने डेभिल्सको श्रीलंकन अलराउण्डर थिसारा परेरा, टिम अबु धाबीको क्रिस गेल, डेक्कन ग्ल्याडीएटर्सको वेस्टइन्डिज अलराउण्डर सुनिल नारायण, नर्थर्न वारियर्सको वेस्टइन्डिज अलराउण्डर आन्द्रे रसेल र कलन्दर्सको पाकिस्तान अलराउण्डर शाहिद अफ्रिदी रहेका छन्।

लिगमा सहभागी ८ टिमलाई ग्रुप ‘ए’ र ‘बि’ गरि दुई समुहमा बिभाजन गरिएको छ। ग्रुप ‘ए’ मा बंगला टाइगर्स, दिल्ली बुल्स, नर्थर्न वारियर्स र डिफेन्डिङ च्याम्पियन्स मराठा अरबियन्स रहेका छन्। ग्रुप ‘बि’ मा डेक्कन ग्ल्याडीएटर्स, कलन्दर्स, टिम अबु धाबी र पुने डेभिल्स रहेका छन्।
समुह चरणमा ४ वटा टिमले एक अर्का बिरुद्ध १/१ खेल खेलीसकेपछि प्रतियोगिताको दोश्रो चरणमा सुपर लिग चरण हुनेछ। सुपर लिगमा पहिलो चरणमा पाएको अंक जोडिनेछ भने समुह चरणमा नखेलेको टिमसंग प्रतिस्पर्धा हुन्छ। सुपर लिग चरणमा कुल १२ खेल हुनेछन्। सुपर लिग चरणपछि प्लेअफ चरणको खेलहरु सुरु हुनेछ। अंकतालिकामा शिर्ष-४ टिमले प्लेअफ खेल्नेछन्। १० दिन चल्ने लिगमा कुल २८ खेल खेलिनेछन्।
कुन टिममा को-को खेलाडीहरु छन्
डेक्कन ग्ल्याडीएटर्स : चर्चित वेस्टइन्डिज अलराउण्डर सुनिल नारायण आइकन खेलाडीको रुपमा रहेको डेक्कनमा स्टार खेलाडीको कमि छैन। टिममा अर्का वेस्टइन्डिज स्टार अलराउण्डर काइरन पोलार्ड रहेका छन् भने दक्षिण अफ्रिकी ब्याट्सम्यान कोलिन इन्ग्राम तथा स्टार दक्षिण अफ्रिकी लेग स्पिनर इमरान ताहिर पनि रहेका छन्। यस्तै अफगानिस्तानका आक्रामक विकेटकिपर ब्याट्सम्यान मोहम्मद शहजाद पनि टिममा छन् जसले २०१८ को टि-१० लिगमा १२ बलमा अर्धशतक तथा १६ बलमा ७४ रन बनाउदै सनसनी मचाएका थिए।
सुनिल नारायण, कोलिन इन्ग्राम, काइरन पोलार्ड, इमरान ताहिर, वानिन्दु हसरंगा, लाहिरु कुमारा, अजम खान, रभी रामपौल, भानुका राजापक्ष, मोहम्मद शहजाद
दिल्ली बुल्स : स्टार वेस्टइन्डिज अलराउण्डर ड्वेन ब्राभो आइकन खेलाडी रहेको टिममा वेस्टइन्डिज ब्याट्सम्यान इभिन लुइस, शर्फेन रुथरफोर्ड, फिडेल एडवार्ड्स, श्रीलंकन अलराउण्डर दासुन शनाका, अफगानिस्तान अलराउण्डर मोहम्मद नबि, अमेरिकी पेसर अलि खान जस्ता क्रिकेटर रहेका छन्।
ड्वेन ब्राभो, इभिन लुइस, दासुन शनाका, शर्फेन रुथरफोर्ड, मोहम्मद नाबी, अलि खान, एडम लिथ, दुश्मन्था चमिरा, रहमनुल्लाह गुर्बज, फिडेल एडवर्ड्स, शेराज एहमद, कसिफ दौड, वकार सलमाखिल, नइम योंग, अमद बट
Welcome to #TeamAbuDhabi, Kushal Malla! 🇳🇵 pic.twitter.com/mKQnYgbufE
— Team Abu Dhabi Cricket (@TeamADCricket) December 23, 2020
मराठा अरबियन्स : अनुभवी पाकिस्तान ब्याट्सम्यान शोयब मलिक आइकन रहेको डिफेन्डिङ च्याम्पियन मराठामा अर्का अनुभवी पाकिस्तानी क्रिकेटर मोहम्मद हफिज पनि रहेका छन्। टिममा नेपाली फास्ट बलर सोमपाल कामिको उपस्थिति छ भने भारतीय स्पिनर प्रभिन ताम्बे पनि रहेका छन्।
शोयब मलिक, मोहम्मद हफिज लौरी इभान्स, मोसद्देक होसेन, तस्किन एहमद, प्रभिन ताम्बे, इशान मलहोत्रा, सोमपाल कामि, मुतकर अलि, अमजद गुल, अब्दुल शाकुर, मरुफ मर्चान्ट, सयद शाह
पुने डेभिल्स : श्रीलंकन अलराउण्डर थिसारा परेरा आइकन रहेको टिममा स्टार पाकिस्तानी बलर मोहम्मद आमिर रहेका छन्। नेपाली फास्ट बलिंग अलराउण्डर करन केसी रहेको टिममा श्रीलंकन स्पिनर अजन्था मेन्डीस, इंग्ल्यान्ड ब्याट्सम्यान स्याम बिलिंग्स पनि रहेका छन्।
थिसारा परेरा, मोहम्मद आमिर, हर्दुस भिलजोन, स्याम बिलिंग्स, चमरा कपुगेद्रा, अजन्था मेन्डीस, डेभोन थोमस, दर्विस रसुली, नासिर होसेन, करन केसी केनर लुइस, आसिफ खान, मोहम्मद बुटा, दिनेश कुमार, भ्रीत्या अर्भिन्द, मुनिस अन्सारी
बंगला टाइगर्स : श्रीलंकन फास्ट बलर इसुरु उडाना आइकन रहेको टिममा वेस्टइन्डिज ब्याट्सम्यान आन्द्रे फ्लेचर र जोन्सन चार्ल्स , अफगानिस्तान स्पिनर मुजिब उर् रहमान, पाकिस्तान फास्ट बलर मोहम्मद इरफान जस्ता खेलाडीहरु छन्।
इसुरु उडाना, जोन्सन चार्ल्स, आन्द्रे फ्लेचर, मोहम्मद इरफान, टम मुर, कैस एहमद, डेभिड वेस, अफिफ होसेन, एडम होस, करिम जनत, चिराग सुरी, आर्यन लकरा, फजलहक फरुकी, नुर एहमद, मुजिब उर् रहमान, मेहदि हसन
नर्थर्न वारियर्स : वेस्टइन्डिज आक्रामक ब्याट्सम्यान आन्द्रे रसेल आइकन रहेको टिममा वेस्टइन्डिज खेलाडीहरु निकोलस पुरन, लेन्डल सिमोन्स, रोभम्यान पावेल, फाबियन एलेन तथा पाकिस्तानी पेसर वहाव रियाज पनि रहेका छन्।
आन्द्रे रसेल, रोभम्यान पावेल, निकोलस पुरन, फाबीयन एलेन, लेन्डल सिमोन्स, वहाव रियाज, रायद इम्रिट, नुवान प्रदिप, अमिर यामिन, ब्रेण्डन किंग, जुनैद सिद्दिकी, वहिद एहमद, महेश थिक्शना,अंश टन्डन
कलन्दर्स : पाकिस्तानी लेजेन्ड अलराउण्डर शाहिद अफ्रिदी आइकन रहेको टिममा सोहेल तन्भिर, आसिफ अलि, हसन अलि जस्ता पाकिस्तानी खेलाडीहरु तथा इंगलिस खेलाडी किर्स जोर्डन, टम बान्टन, समित पटेल पनि रहेका छन्।
शाहिद अफ्रिदी, टम बान्टन, क्रिस जोर्डन, समित पटेल, फिल साल्ट, सोहेल तन्भिर, आसिफ अलि, हसन अलि, सोहेल तन्भिर, शर्जिल खान, सुल्तान एहमद, फय्याज एहमद, अज्मतुल्लाह ओमर माज खान
टिम अबु धाबी : क्रिस गेल आइकन खेलाडी रहेको टिममा नेपाली युवा ब्याट्सम्यान कुशल मल्ल खेल्दैछन्। टिममा दक्षिण अफ्रिकी पेसर क्रिस मोरिस, इंग्ल्यान्ड ब्याट्सम्यान एलेक्स हेल्स र लुक राइट, अफगानिस्तान खेलाडी नजीबुल्लाह जद्रान, श्रीलंकन खेलाडी अभिस्का फर्नान्डो जस्ता खेलाडीहरु छन्। टिमको उदयमान ट्यालेन्ट सल्लाहकारको रुपमा नेपालका पूर्वकप्तान पारस खड्का रहेका छन्।
क्रिस गेल, क्रिस मोरिस, लुक राइट, नभिन उल हक, अभिस्का फर्नान्डो, उस्मान शिनवारि, ओबेद म्याकोय, हेडन वाल्स, नजीबुल्लाह जद्रान, बेन कक्स, रोहन मुस्तफा, कार्तिक मैयप्पन, लियोनार्दो जुलियन, कुशल मल्ल, एलेक्स हेल्स