टि-२० विश्वकप जितेको अस्ट्रेलियाले कति जित्यो पुरस्कार रकम

न्युजिल्यान्डलाई ८ विकेटले पराजित गर्दै अस्ट्रेलियाले पहिलो पटक टि-ट्वान्टी विश्वकप जित्न सफल भएको छ। युएईको दुबई अन्तर्राष्ट्रिय स्टेडियममा सम्पन्न फाइनलमा न्युजिल्यान्डले दिएको १७३ रनको लक्ष्य २ विकेट क्षेतीमा पुरा गर्दै अस्ट्रेलियाले उपाधि जित्यो।

टि-२० विश्वकपको विजेता र अन्य पुरस्कारमा आईसीसीले ५६ लाख डलर ( करिब ६६ करोड ७३ लाख नेपाली रुपैयाँ ) पुरस्कार राशि राखेको थियो।

उपाधि सहित अस्ट्रेलियाले १६ लाख डलर अर्थात् करिब १९ करोड ६ लाख नेपाली रुपैयाँ पुरस्कार रकम हात पार्यो। यस्तै उपविजेता न्युजिल्यान्डले ८ लाख डलर अर्थात् करिब ९ करोड ५३ लाख नेपाली रुपैयाँ हात पार्यो।

प्रतियोगिताको सेमीफाइनलबाट बाहिरीएका दुई टोलि पाकिस्तान र इंग्ल्यान्डले ४ लाख डलर ( करिब ४ करोड ७६ लाख नेपाली रुपैयाँ ) पाए। यस्तै सुपर-१२ चरणबाट बाहिर भएका ८ वटा टोलिहरुले ७०,हजार डलर ( करिब ८३ लाख नेपाली रुपैयाँ ) पाए।

यस बाहेक सुपर-१२ चरणमा एउटा खेलमा जित दर्ता गर्दा टिमले एउटा जितको ४० हजार डलर ( ३२ खेलको १२ लाख डलर ) पुरस्कार पाए। यस्तै समुह चरणमा प्रत्येक खेलको जितको लागि समेत टिमहरुले प्रति खेल ४० हजार डलर ( १२ खेलको कुल ४ लाख ८० हजार डलर ) पाए।

आईसीसीको २०१९ एकदिवसीय विश्वकप विजेता इंग्ल्यान्डले ४८ लाख डलर तथा उपविजेता न्युजिल्यान्डले २२ लाख डलर पुरस्कार रकम जितेको थियो।





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]