ट्यालेन्ट हन्टबाट प्याट्रियट्सले चुन्यो यी ४ खेलाडी

  • विकेटनेपाल, १९ मङ्सिर – मंगलबार

एभरेस्ट प्रिमियर लिग टिम ललितपुर प्याट्रियट्सले ट्यालेन्ट हन्ट मार्फत ४ खेलाडीलाई आफ्नो टिममा छनौट गरेको छ।

प्याट्रियट्सले कार्तिक २४ देखि २८ गते सम्म चलेको चलेको ट्यालेन्ट हन्टबाट सहभागी कुल १०५ जना खेलाडीबाट उत्कृस्ट ३१ हुँदै अन्तिममा ४ जना खेलाडी छनौट गरेको हो।

ज्ञानेन्द्र मल्ल मार्की प्लेयर रहेको टिमले छनौट गरेको ४ जना खेलाडीहरुमा प्रतिश जीसि, सुमित झा, बिपिन आचार्य, रित गौतम रहेका छन्।प्रतिश लेफ्ट आर्म मिडियम पेसर, सुमित पेस बलिंग अलराउण्डर, बिपिन स्पिनर हुन् भने रित दायाँ हाते विकेटकिपर ब्याट्सम्यान हुन्।

एभरेस्ट प्रिमियर लिगले टिममा १ जना खेलाडी ट्यालेन्ट हन्टबाट छनौट गर्नेपर्ने नियम राखेको थियो जसअनुरुप ४ जनालाई टिमको बन्दसत्रमा राखेपछि उत्कृस्ट १ खेलाडीलाई टिममा समावेश गरिनेछ। बन्दसत्रमा रहंदा सबै खेलाडीले जनही २५ हजार रुपैयाँ पारिश्रमिक पाउने समेत आयोजकले बताएका छन्।

ईपीएलका सबै टिमले अक्सनबाट १० जना खेलाडी खरिद गरिसकेका छन् भने ३ जना बिदेशीखेलाडीहरु टिममा अनिवार्य समावेश गर्नुपर्नेछ। बिदेशी खेलाडीहरुको घोषणा भने कुनै पनि टिमहरुले हालसम्म गरेका छैनन्।

पुष ३ गते सुरु हुने प्रतियोगिताको लागि ललितपुरले मङ्सिर २६ गते देखि तयारी थाल्नेछ। टिमको प्रशिक्षण राजु बस्नेतले गर्नेछन्।

ललितपुर प्याट्रिएट्सले मार्की खेलाडी ज्ञानेन्द्र मल्ल बाहेक मेहबुब आलम, सन्दिप लामिछाने, कुशल भुर्तेल जस्ता खेलाडीहरुलाई अक्सनमार्फत खरिद गरेको थियो। अक्सनमा शंकर राना, ललित राजबंशी, राजबिर सिंह, पवन सर्राफ, सोनु तामांग, रसिद खान र सन्दिप जोरा गरि १० जना खेलाडी टिमले खरिद गरिसकेको छ। सन्दिपलाई १ लाख ७५ हजार, आलमलाई १ लाख ५० हजार तथा भुर्तेल र सर्राफलाई १ लाख २५ हजार रुपैयाँमा किनेको थियो।

ईपीएलमा काठमाडौँ किंग्स ११ , ललितपुर प्याट्रियट्स, बिराटनगर वारियर्स, भैरहवा ग्ल्याडीयटर्स, पोखरा राइनोज र चितवन टाइगर्स गरी प्रतियोगितामा ६ वटा टिम रहेका छन्।

काठमाडौँ किंग्स ११ को मार्की खेलाडी सोमपाल कामि, ललितपुर प्याट्रियट्सको मार्की ज्ञानेन्द्र मल्ल, बिराटनगर वारियर्सको मार्की पारस खड्का, भैरहवा ग्ल्याडीयटर्सको मार्की शरद भेसावकर, पोखरा राइनोजको मार्की शक्ति गौचन तथा चितवन टाइगर्सको मार्की दिपेन्द्र ऐरी रहनेछन् ।





थप समाचार

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]