यु-१९ रास्ट्रिय क्रिकेट टिमबाट खेल्ने हो ? हुँदैछ ‘ट्यालेन्ट हन्ट’

डिसेम्बर ८-२२ सम्म श्रीलंकामा संचालन हुने यु-१९ एसिया कप क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली टिम छनौट गर्न ‘ट्यालेन्ट हन्ट’ कार्यक्रम संचालन हुने भएको छ l

देशभर छरिएका खेलाडीहरुलाई यु-१९ रास्ट्रिय क्रिकेट टिममा छनौट हुने मौका दिन देशभर बिभिन्न ६ ठाउँमा ट्यालेन्ट हन्ट कार्यक्रम संचालन गर्न लागेको हो l भारत, पाकिस्तान, श्रीलंका,बंगलादेश,अफगानिस्तान, सिंगापुर, मलेसिया र नेपाल गरी कुल ८ टिमको सहभागिता रहने प्रतियोगिताको लागि पहिलो पटक यस्तो कार्यक्रम ल्याएको हो l

ट्यालेन्ट हन्ट कार्यक्रम गर्न क्रिकेट संघले राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत बहादुर टमाट्टा, यू–१९ राष्ट्रिय टिमका प्रशिक्षक विनोद कुमार दास राष्ट्रिय क्रिकेट टिमका टेक्निकल एनालिष्ट रमन सिवाकोटी सम्मिलित ३ सदस्यीय कार्यसमिति बनाएको छ l

ट्यालेन्ट हन्टमा सहभागी हुन खेलाडीको जन्म २०५५ भाद्र १६ या सो भन्दा पछि भएको हुनु पर्नेछ l यू–१९क्रिकेट प्रतियोगिता खेलेका र यस पुर्व यु-१९ बन्द प्रशिक्षणमा रहेका खेलाडीहरु यू–१९ एशिया कप बन्द प्रशिक्षण शिविरमा स्वत छनौट हुनेछन्।

खेलाडीहरु छनौट गरी ४४ जना सम्मेलित हुने बन्दसत्र नोभेम्बर २४ बाट काठमाडौँमा सुरु हुने बताईएको छ l

‘ट्यालेन्ट हन्ट’ कार्यक्रम संचालन हुने ठाउँ, प्रशिक्षक निम्न छन् l

स्थान र सम्पर्क व्यक्तिहरुः

१. विराटनगर – महेश रिजाल र प्रदीपराज पाण्डे
२. विरगञ्ज र जनकपुर– सुवास जैसवाल, उमेश उपाध्याय, प्रकाश शर्मा र नविन सिंह
३. काठमाडौं– सामसन जङ्ग थापा, मञ्जुर आलम खान र कलाम अलि
४. भैरहवा र पोखरा– जङ्गब हादुर थापा, शंकर राना, बसन्त शाही र रिजन प्रजु
५. नेपालगञ्ज– दिपेन्द्र प्रताप सिंह , जमिल सिंह अन्सारी
६. धनगढी र बैतडी– सुवास शाही, बिरेन्द्र शाही र किसन महत

कार्यक्रमको लागि पुरा गर्नुपर्ने शर्तहरुः

  •  यू–१९ को ट्यालेन्ट हन्ट कार्यक्रमको लागि 1st September 1998 (२०५५ भाद १६ गते ) मा वा सो भन्दा पछि जन्मेका खेलाडीहरु मात्र सहभागि हुन पाउनेछन्।
  • प्रति खेलाडीरु. २००/- दर्ता शुल्क लाग्नेछ साथै दर्ता प्रक्रियाको लागी सम्पर्क व्यक्तिहरु संग सम्पर्क गरी दर्ता गरीनु पर्नेछ।
  •  कार्यक्रममा सहभागि हुनुपुर्व नै खेलाडीले आफ्नो जन्मदर्ता तथा SLC को प्रमाणपत्र पेश गर्नुपर्नेछ।
  • खेलाडीहरुको उमेर प्रमाणीत गर्दा दोषी देखिएमा संघको नियमानुसारको कारवाही गरिनेछ र संघले निज खेलाडीहरुलाई क्रिकेटबाट केही वर्षको लागि प्रतिबन्ध समेत गर्न सक्नेछ।
  • प्रथम चरणको बन्द प्रशिक्षण शिविरमा ४४ जना खेलाडीहरु सहभागि हुनेछन् जुन काठमाडौंमा २४ नोभेम्बर,२०१६ बाट संचालन हुनेछ।
  • अन्तराष्ट्रिय यू–१९क्रिकेट प्रतियोगिता खेलेका र यस पुर्व यु-१९ बन्द प्रशिक्षणमा रहेका खेलाडीहरु यू–१९ एशिया कप बन्द प्रशिक्षण शिविरमा स्वत छनौट हुनेछन्।
  • राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत बहादुर टमाट्टा, यू–१९ राष्ट्रिय टिमका प्रशिक्षक विनोद कुमार दास राष्ट्रिय क्रिकेट टिमका टेक्निकल एनालिष्ट रमन सिवाकोटी सम्मिलित ३ सदस्यीय समितिले यो कार्यक्रमको संचालन सम्बन्धि कार्य सम्पूर्ण गर्नेछ ।
  • ट्यालेन्ट हन्ट कार्यक्रम प्रत्येक तोकीएको मिति र स्थानमा विहान ठिक ९ बजेबाट शुरु हुनेछ ।

 

कार्यक्रम संचालन हुने दिन र स्थान 

  1. Biratnagar – November 18, 2016 (Venue – Biratnagar)
  1. Birgunj & Janakpur – November 20 & 21, 2016 (Venue – Birgunj)
  1. Kathmandu – November 15 & 16, 2016 (Venue – T.U Ground, Kirtipur)
  1. Bhairahawa & Pokhara – November 21, 2016 (Venue – Bhairahawa)
  1. Nepalgunj – November 19, 2016 (Venue – Nepalgunj)
  1. Dhangadi & Baitadi – November 17 & 18, 2016 (Venue – Dhangadi)

Contact details:

1. Biratnagar:
Mahesh Rijal: 9842050499
Pradeep Pandey: 9842050108

2. Birgunj & Janakpur:
Subash Jaishwal: 9845128677
Umesh Upadhyay: 9845215279
Navin Singh: 9844022402
Prakash Sharma: 9819249200

3. Kathmandu:
Samson Jung Thapa: 9841288587
Manjoor Alam Khan: 9804817033
Kalam Ali: 9841235181

4. Bhairahawa & Pokhara:
Junga Bahadur Thapa: 9807529816
Shakti Gauchan: 9841267459
Basant Shahi: 9847021366
Shankar Rana:

5. Nepalgunj:
Dipendra Pratap Singh: 9848022172
Jameel Ansari: 9804509361

6. Dhangadi & Baitadi:
Subash Shahi: 9858422452
Birendra Shahi: 9848725549
Kishan Mahat: 9868477370

 

 

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy