‘ट्यालेन्ट हन्ट’ कुन क्षेत्रबाट कोको छानिए ? यसरी छानिनेछ यु१९ एसिया कपको टिम

विकेटनेपाल ७ मंसिर, काठमाडौँ  

श्रीलंकामा डिसेम्बर ८-२२ सम्म आयोजना हुने यु-१९ एसिया कप क्रिकेट प्रतियोगिताको लागि नेपाली टिम छनौट गर्न देशब्यापी रुपमा आयोजना गरिएको ‘ट्यालेन्ट’ हन्ट कार्यक्रमको नतिजा आज सार्बजनिक गरिएको छ l

काठमाडौँ, धनगढी, नेपालगंज, बिराटनगर, भैरहवा र कलैया गरि ६ ठाउँमा संचालन गरिएको ट्यालेन्ट हन्टमा सहभागी करिब ८०० जना खेलाडीहरु बाट जम्मा ५२ जना खेलाडीहरु छनौट गरिएको हो l ५२ जना मध्ये ८ जना खेलाडीहरु यस अघिको प्रतियोगितामा यु-१९ रास्ट्रिय टिमको क्याम्पमा राखिएको खेलाडीहरुलाई स्वतः छनौट गरिएको छ l त्यसबाहेक अन्य ४४ जना खेलाडीहरु यु-१९ क्याम्पमा नयाँ नाम हुन् l

आईसीसी प्रतिनिधि भेन्कटपथी राजुको निगरानीमा जगत टमाटा ( रास्ट्रिय टिम प्रशिक्षक ) र बिनोद दास ( यु-१९ नेपाल, प्रशिक्षक ) ले खेलाडीहरुको छनौट गरेका हुन् l

यु-१९ क्याम्पमा परेका ८ जना पुरानो नाम बाहेक अन्य ४४ जना खेलाडीहरु मध्ये बिराटनगरबाट ३ जना, कलैयाबाट ९ जना, धनगढीबाट  १० जना, काठमाडौँबाट ९ जना, नेपालगंजबाट ५ जना र भैरहवाबाट ८ जना छनौट भएका छन् l

छनौट भएका खेलाडीहरुलाई ४ टिममा बिभाजन गरि नोभेम्बर २५ देखि ३० सम्म ५० ओभरको ६ वटा खेल खेलाइनेछ l प्रत्येक टिमले ३/३ वटा खेल खेल्न पाउनेछन् जसमध्येबाट १९ जना खेलाडी दोश्रो चरणको लागि छानिने छन् l बन्दसत्रमा छानिएका खेलाडीहरु बिहिबार सम्म काठमाडौँ आईसक्नेछन् l

छनौट भएका खेलाडीहरु :- 

  • पहिलेनै यु-१९ क्याम्पमा परेकाले स्वतः छनौट भएका :-  अविनाश कर्ण , ललित नारायण राजबंशी, सन्दिप सुनार, दिपेन्द्र सिंग ऐरी, नन्दन कुमार यादब, कमल सिंग ऐरी, सागर भण्डारी, सन्दिप लामिछाने
  • काठमाडौँ : रित गौतम, जितेन्द्र सिंह ठकुरी, प्रदिप टन्डन, सन्दिप जोहरा, आयुष्मान बम, प्रणय शाह, कमल खत्री, पाल्देन लामा, शुभान्कर उराव
  • बिराटनगर : मुकुन्द यादब, सन्दिप ढुंगाना, फिरतोश अन्सारी
  • धनगढी : लोकेश चन्द, भिम शार्की, रोमन बम, अर्जुन साउद, सुरज ऐयर, बिपिन रावल, अनिल कुमार थापा, बिक्रम ठगुन्ना, अमन पन्थी, अनिल बिश्वकर्मा
  • भैरहवा : किशोर महतो, बिक्रम भुसाल, साह आलम, धिरज शाही, प्रकाश केसी, देभ खनाल, रोहित पौडेल, सुमन पाण्डे
  • नेपालगंज : रबिन्द्र शाही,सुशान्त सिंह थापा, प्रनित थापा मगर, विजय चौधरी, अफजल खान
  • कलैया : मोहम्मद आसिफ शेख, अनिल कुमार शाह, अस्चल थारु चौधरी, रिजन ढकाल, रशिद खान, पवन शर्राफ, दिभ्याँशु मल्लिक, मोहम्मद हुसेन, संसाद आलम

 

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy