‘ट्यालेन्ट हन्ट’ कुन क्षेत्रबाट कोको छानिए ? यसरी छानिनेछ यु१९ एसिया कपको टिम

विकेटनेपाल ७ मंसिर, काठमाडौँ  

श्रीलंकामा डिसेम्बर ८-२२ सम्म आयोजना हुने यु-१९ एसिया कप क्रिकेट प्रतियोगिताको लागि नेपाली टिम छनौट गर्न देशब्यापी रुपमा आयोजना गरिएको ‘ट्यालेन्ट’ हन्ट कार्यक्रमको नतिजा आज सार्बजनिक गरिएको छ l

काठमाडौँ, धनगढी, नेपालगंज, बिराटनगर, भैरहवा र कलैया गरि ६ ठाउँमा संचालन गरिएको ट्यालेन्ट हन्टमा सहभागी करिब ८०० जना खेलाडीहरु बाट जम्मा ५२ जना खेलाडीहरु छनौट गरिएको हो l ५२ जना मध्ये ८ जना खेलाडीहरु यस अघिको प्रतियोगितामा यु-१९ रास्ट्रिय टिमको क्याम्पमा राखिएको खेलाडीहरुलाई स्वतः छनौट गरिएको छ l त्यसबाहेक अन्य ४४ जना खेलाडीहरु यु-१९ क्याम्पमा नयाँ नाम हुन् l

आईसीसी प्रतिनिधि भेन्कटपथी राजुको निगरानीमा जगत टमाटा ( रास्ट्रिय टिम प्रशिक्षक ) र बिनोद दास ( यु-१९ नेपाल, प्रशिक्षक ) ले खेलाडीहरुको छनौट गरेका हुन् l

यु-१९ क्याम्पमा परेका ८ जना पुरानो नाम बाहेक अन्य ४४ जना खेलाडीहरु मध्ये बिराटनगरबाट ३ जना, कलैयाबाट ९ जना, धनगढीबाट  १० जना, काठमाडौँबाट ९ जना, नेपालगंजबाट ५ जना र भैरहवाबाट ८ जना छनौट भएका छन् l

छनौट भएका खेलाडीहरुलाई ४ टिममा बिभाजन गरि नोभेम्बर २५ देखि ३० सम्म ५० ओभरको ६ वटा खेल खेलाइनेछ l प्रत्येक टिमले ३/३ वटा खेल खेल्न पाउनेछन् जसमध्येबाट १९ जना खेलाडी दोश्रो चरणको लागि छानिने छन् l बन्दसत्रमा छानिएका खेलाडीहरु बिहिबार सम्म काठमाडौँ आईसक्नेछन् l

छनौट भएका खेलाडीहरु :- 

  • पहिलेनै यु-१९ क्याम्पमा परेकाले स्वतः छनौट भएका :-  अविनाश कर्ण , ललित नारायण राजबंशी, सन्दिप सुनार, दिपेन्द्र सिंग ऐरी, नन्दन कुमार यादब, कमल सिंग ऐरी, सागर भण्डारी, सन्दिप लामिछाने
  • काठमाडौँ : रित गौतम, जितेन्द्र सिंह ठकुरी, प्रदिप टन्डन, सन्दिप जोहरा, आयुष्मान बम, प्रणय शाह, कमल खत्री, पाल्देन लामा, शुभान्कर उराव
  • बिराटनगर : मुकुन्द यादब, सन्दिप ढुंगाना, फिरतोश अन्सारी
  • धनगढी : लोकेश चन्द, भिम शार्की, रोमन बम, अर्जुन साउद, सुरज ऐयर, बिपिन रावल, अनिल कुमार थापा, बिक्रम ठगुन्ना, अमन पन्थी, अनिल बिश्वकर्मा
  • भैरहवा : किशोर महतो, बिक्रम भुसाल, साह आलम, धिरज शाही, प्रकाश केसी, देभ खनाल, रोहित पौडेल, सुमन पाण्डे
  • नेपालगंज : रबिन्द्र शाही,सुशान्त सिंह थापा, प्रनित थापा मगर, विजय चौधरी, अफजल खान
  • कलैया : मोहम्मद आसिफ शेख, अनिल कुमार शाह, अस्चल थारु चौधरी, रिजन ढकाल, रशिद खान, पवन शर्राफ, दिभ्याँशु मल्लिक, मोहम्मद हुसेन, संसाद आलम

 





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]