एसीसी यु-१९ को लागि प्रारम्भिक टिमको घोषणा, पढ्नुस को-को छनौट भए

  • विकेटनेपाल, २८ साउन

मलेसियामा सेप्टेम्बर ८ देखि १७ तारिकसम्म आयोजना हुने एसीसी यु-१९ ( पुर्बी क्षेत्र ) प्रतियोगिताको लागि २८ सदस्यीय प्रारम्भिक टिमको घोषणा गरिएको छ l

रास्ट्रिय क्रिकेट टिम प्रमुख प्रशिक्षक जगत टमाटा र यु-१९ टिम प्रशिक्षक बिनोद दासले छनौट गरेको टिमलाई अगस्ट १८ देखि बन्द प्रशिक्षणमा राखिनेछ l

एसीसी यु-१९ ( पुर्बी क्षेत्र ) प्रतियोगितामा नेपाल सहित मलेसिया, सिंगापुर, हंगकंग, नेपाल, थाईल्याण्ड, भुटान, चाइना र म्यानमार सहभागी हुँदैछन् l नोभेम्बरमा आयोजना हुने यु-१९ एसिया कपको लागि समेत यो छनौट प्रतियोगिता हुनेछ l

यस प्रतियोगिताको उत्कृस्ट २ हुने टिम यु-१९ एसिया कप खेल्न छनौट हुने विकेटनेपाललाई जानकारी प्राप्त भएको छ l पुर्बी क्षेत्रबाट २ टिम र पश्चिम क्षेत्र जहाँ अफगानिस्तान, कतार, युएई, बहराइन आदि देशले छनौट खेल्नेछ l

छनौट भएका २४ जनाको नामावली

१. सन्दिप लामिछाने
२. अनिल शाह
३. सन्दिप सुनार
४. दिपेन्द्र ऐरी
५. ललित राजबंशी
६. प्रकाश केसी
७. पवन सर्राफ
८. रोहित पौडेल
९. रिजन ढकाल
१०. शाहब आलम
११. प्रनित थापा
१२. आदील खान
१३. आसिफ शेख
१४. किशोर महतो
१५. बिक्रम भुसाल
१६. सन्दिप जोरा
१७. रासिद खान
१८. सुशान्त सिंह थापा
१९. नन्दन यादब
२०. कमल सिंह ऐरी
२१. सुमित महर्जन
२२. जितेन्द्र सिंह ठकुरी
२३. मिनास थापा
२४. अंकित सुबेदी
२५. हरि चौहान
२६. अविनाश कर्ण
२७. भिम सार्की
२८. रबिन्द्र जंग शाही

नेपालले यसै महिना सिंगापुरमा यु-१९ एसिया बिश्वकप छनौट खेलेको थियो जसमा अफगानिस्तान बिजेता हुँदै यु-१९ बिश्वकप छनौट भएको थियो l यु-१९ बिश्व कप छनौट हुन असफल नेपाली टिमले यु-१९ एसिया कपमा पुनः आफुलाई प्रमाणित गर्ने मौका पाउनेछ l

गत बर्ष यु-१९ एसिया कपमा नेपालले छनौट चरण पार गर्न नसके पनि श्रीलंकासंग मात्र १ रनले पराजित हुँदै प्रशंशा बटुलेको थियो l

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy