एसीसी यु-१९ को लागि प्रारम्भिक टिमको घोषणा, पढ्नुस को-को छनौट भए

Nepal U19 Team
  • विकेटनेपाल, २८ साउन

मलेसियामा सेप्टेम्बर ८ देखि १७ तारिकसम्म आयोजना हुने एसीसी यु-१९ ( पुर्बी क्षेत्र ) प्रतियोगिताको लागि २८ सदस्यीय प्रारम्भिक टिमको घोषणा गरिएको छ l

रास्ट्रिय क्रिकेट टिम प्रमुख प्रशिक्षक जगत टमाटा र यु-१९ टिम प्रशिक्षक बिनोद दासले छनौट गरेको टिमलाई अगस्ट १८ देखि बन्द प्रशिक्षणमा राखिनेछ l

एसीसी यु-१९ ( पुर्बी क्षेत्र ) प्रतियोगितामा नेपाल सहित मलेसिया, सिंगापुर, हंगकंग, नेपाल, थाईल्याण्ड, भुटान, चाइना र म्यानमार सहभागी हुँदैछन् l नोभेम्बरमा आयोजना हुने यु-१९ एसिया कपको लागि समेत यो छनौट प्रतियोगिता हुनेछ l

यस प्रतियोगिताको उत्कृस्ट २ हुने टिम यु-१९ एसिया कप खेल्न छनौट हुने विकेटनेपाललाई जानकारी प्राप्त भएको छ l पुर्बी क्षेत्रबाट २ टिम र पश्चिम क्षेत्र जहाँ अफगानिस्तान, कतार, युएई, बहराइन आदि देशले छनौट खेल्नेछ l

छनौट भएका २४ जनाको नामावली

१. सन्दिप लामिछाने
२. अनिल शाह
३. सन्दिप सुनार
४. दिपेन्द्र ऐरी
५. ललित राजबंशी
६. प्रकाश केसी
७. पवन सर्राफ
८. रोहित पौडेल
९. रिजन ढकाल
१०. शाहब आलम
११. प्रनित थापा
१२. आदील खान
१३. आसिफ शेख
१४. किशोर महतो
१५. बिक्रम भुसाल
१६. सन्दिप जोरा
१७. रासिद खान
१८. सुशान्त सिंह थापा
१९. नन्दन यादब
२०. कमल सिंह ऐरी
२१. सुमित महर्जन
२२. जितेन्द्र सिंह ठकुरी
२३. मिनास थापा
२४. अंकित सुबेदी
२५. हरि चौहान
२६. अविनाश कर्ण
२७. भिम सार्की
२८. रबिन्द्र जंग शाही

नेपालले यसै महिना सिंगापुरमा यु-१९ एसिया बिश्वकप छनौट खेलेको थियो जसमा अफगानिस्तान बिजेता हुँदै यु-१९ बिश्वकप छनौट भएको थियो l यु-१९ बिश्व कप छनौट हुन असफल नेपाली टिमले यु-१९ एसिया कपमा पुनः आफुलाई प्रमाणित गर्ने मौका पाउनेछ l

गत बर्ष यु-१९ एसिया कपमा नेपालले छनौट चरण पार गर्न नसके पनि श्रीलंकासंग मात्र १ रनले पराजित हुँदै प्रशंशा बटुलेको थियो l





थप समाचार

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]

छैठौं पटक अस्ट्रेलियालाई विश्वकप उपाधि

अस्ट्रेलियाले छैठौं पटक पुरुष एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ। प्रतियोगिताको अघिल्लो सबै १० खेल जित्दै अपराजित रहेको घरेलु टोलि […]

महिला टी-२० सिरिज : नेपालद्धारा जापान ४५ रनले पराजित

चार देश सम्मिलित महिला टि-२० सिरिजमा नेपालले तेस्रो स्थान हासिल गरेको छ । आज भएको खेलमा नेपाल जापानलाई ४५ रनले […]