“हामिलाई पराजित गर्ने हो भने उनिहरुले विशेष क्रिकेट खेल्नुपर्छ”

u19 youth asia cup
  • विकेटनेपाल, २८ भदौ 

एसीसी यु-१९ पूर्वी क्षेत्र प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेपछि टिम प्रशिक्षक बिनोद दासले योजना अनुसारनै नेपाली टिम अघि बढीरहेको बताएका छन् ।

पहिलो खेलमा थाईल्यान्डलाई २५५ रनले तथा दोश्रो खेलमा आज भुटानलाई ९ विकेटले सहजै पराजित गर्दै नेपाल प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको छ ।

भुटानसंगको जित पछि प्रशिक्षक दासले ब्याट्सम्यानलाई सहज रहेको किनरारा मैदानको पिचमा ५० रनमा सिमित पार्नुमा बलरहरुले योजना अनुसार बलिंग गरेको बताए –

“विकेट फ्ल्याट र ब्याट्सम्यानलाई सहज थियो त्यसैले राम्रो लाइनमा बल फाल्ने योजना थियो जसमा हामि सफल भयौ”

“अतिरिक्त रन सहित १०-१२ रन अझ बढी दियौ जुन कुरामा सुधार गर्नुपर्छ”

यस्तै क्रिकेट खेलेमा बिहिबार बिहिबार सिंगापुरलाई पनि जित्ने सम्भावना शतप्रतिशत रहेको विश्वास समेत उनले ब्यक्त गरे-

“सिंगापुरसंग जितको सम्भावना १०० प्रतिशत छ । हामिलाई पराजित गर्ने हो भने उनिहरुले विशेष क्रिकेट खेल्नुपर्छ”

दासले सहज प्रतिद्वन्द्वी हुँदा आज अतिरिक्त स्पिनरको रुपमा बिक्रम भुसाललाई मौका दिएको बताए ।

सिंगापुरसंग नेपालले क्लब ओमान मैदानमा खेल्ने छ जुन मैदानले स्पिनरहरुलाई धेरै सहायता गर्ने दासले बताए । मलेसियामा दिनहुँ साँझ वर्षा भइरहेको हुँदा भोलिको खेलमा वर्षाले नबिथोले सहज हुने विश्वास दासले ब्यक्त गरे ।

बिनोद दाससंग कुराकानी ( भिडियो ) 

सोचे जस्तो भो – ऐरी 

भुटानसंगको जित पछि टिम कप्तान दिपेन्द्र ऐरीले टिमले सोचेको जस्तै भइरहेको र अबको लक्ष समूह बिजेताको रुपमा सेमीफाइनल प्रवेश गर्नुरहेको बताए । जितमा सर्बाधिक ५ विकेट लिंदै म्यान अफ द म्याच समेत घोषित भएका ऐरीले खुसि ब्यक्त गर्दै नेपालले अर्को खेलमा यही रणनीतिका साथ खेल्ने जानकारी दिए –

“अब समुह बिजेता हुँदै सेमीफाइनल पुग्ने लक्ष छ l वर्षा नभएको खण्डमा समुह बिजेताको रुपमा सेमीफाइनल सहज हुनेछ”

“नेपालको सुधार्नु पर्ने पक्ष छैन, जस्तो खेल्दैछौँ त्यस्तै खेल्नु पर्छ त्यसैले आगामी खेलमा उही योजनाका साथ खेल्नेछौ”

भुटानसंग आक्रामक बलिंग गरेको र त्यसमा सफल पनि भएको उनले विकेटनेपाललाई बताए ।

दिपेन्द्र ऐरीसंग भिडियो कुराकानी 

भुटानलाई ९ विकेटले पराजित गर्दै नेपाल सेमीफाइनलमा

एसीसी यु-१९ पूर्वी क्षेत्र प्रतियोगिता अन्तर्गत आफ्नो दोश्रो खेलमा भुटानलाई ९ विकेटको बिशाल अन्तरले पराजित गर्दै नेपालले प्रतियोगिताको सेमीफाइनलमा आफ्नो स्थान पक्का गरेको छ ।

भुटानले टस जितेर ब्याटिंग गर्दै मात्र ५० रन बनाउन सकेपछि ५१ रनको लक्ष नेपालले लगातार २ खेल जित्दै सेमीफाइनलमा स्थान पक्का गरेको छ l नेपालले पहिलो खेलमा थाईल्याण्डलाई २५५ रनले पराजित गरेको थियो ।

नेपाल समुह ‘ए’ मा रहेको छ जुन समुहबाट २ टिम र समुह ‘बि’ बाट २ टिम सेमीफाइनल पुग्नेछ । नेपालको समुहमा रहेको सिंगापुरले भुटान र थाईल्याण्डलाई पराजित गर्दै २ जित हात पारेको स्थितमा नेपाल र सिंगापुरको ४/४ अंक रहेको छ । नेपालले बिहिबार सिंगापुरको सामना गर्दैछ जुन खेल जिते नेपाल समुह बिजेताको रुपमा सेमीफाइनल प्रवेश गर्नेछ । सिंगापुर पनि सेमीफाइनल प्रवेश गरिसकेको छ र भोलिको खेलले समुह बिजेता र उपविजेता तय गर्नेछ l

५१ रन लक्ष नेपालले ८.३ ओभरमा १ विकेट गुमाई पुरा गर्यो । सन्दिप सुनार २१ रन बनाएर आउट भएपछि आसिफ शेखले अविजित २३ तथा अनिल शाहले ४ रन बनाउदै नेपाललाई जितसम्म पुर्याएका थिए । आसिफले २१ बलमा ३ चौका प्रहार गरे भने अनिलले ५ बलमा १ चौका प्रहार गरे ।

बलिंग गर्दै दिपेन्द्र ऐरी

भुटानको लागि १ मात्र विकेट छिरिंग पेन्जोरले हात पारे । सन्दिप सुनारले २१ रन बनाउने क्रममा २६ बलमा ४ चौका प्रहार गरेका थिए ।

यस अघि टस हारेर बलिंग गरेको नेपालले भुटानलाई ५० रनमै अल आउट गरेको थियो ।

कप्तान दिपेन्द्र ऐरीले सर्बाधिक ५ तथा सन्दिप लामिछानेले ४ विकेट हात पारेपछि भुटान नेपाल सामु निरिह साबित भएको थियो ।

ऐरीले ८ ओभर बलिंग गर्दै २३ रन खर्चेर ५ विकेट हात पारे भने लामिछानेले ७ ओभरमा मात्र ७ रन खर्चदै ३ मेडन ओभर समेत फालेका थिए ।

भुटानको लागि टासी फुन्सोले सर्बाधिक १६ रन प्रहार गरेका थिए भने ओपनर उगेन दोर्जीले १३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । भुटानको इनिंगमा मात्र २ चौका प्रहार भएको थियो ।

किनरारा मैदानमा भुटानले टस जितेर ब्याटिंग गरेको थियो जसपछि तेश्रो ओभरमा नन्दन यादबले पहिलो सफलता दिलाएसंगै लगातार विकेट गुमाएको थियो । नेपालले ९ रन अतिरिक्तको रुपमा खर्चेको थियो ।

नन्दन यादबले १ विकेट हात पार्दा रोहित पौडेल, बिक्रम भुसाल र पवन सर्राफ विकेट बिहिन भएका थिए ।

खेलको म्यान अफ द म्याच दिपेन्द्र एरि घोषित भए ।

नेपालले भोलि बिहिबार लिग चरणको अन्तिम खेलमा सिंगापुरको सामना गर्नेछ l खेल ७:१५ बजे नेपाली समयमा बिहान सुरु हुनेछ l विकेटनेपालमा प्रत्यक्ष अपडेट हुनेछ ।

( विकेटनेपाल मलेसिया सम्बाददाता साजन कुमारसंग कुराकानीमा आधारित ) 





थप समाचार

एनकासा इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनकासा) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]

अर्जुन ट्रफीः कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनमा डडेल्धुरा फाईनलमा

कैलाली, माघ २६ नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल चम्किएपछि फेण्ड्स युथ क्लब डडेल्धुरा क्रिकेटको शहर धनगढीमा भईरहेको अर्जुन […]

ग्रेट हिमालय काठमाडौं छनोटको उपाधि फाइनलमा

काठमाडौँ । ग्रेट हिमालय क्रिकेट एकेडेमी प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटको उपाधि नजिक पुगेको छ। मूलपानीको माथिल्लो क्रिकेट […]

आगामी पाँच वर्षभित्र नेपालले टेस्ट क्रिकेट खेल्छ : आसिफ शेख

काठमाडौँ । नेपाली क्रिकेटको विकास र भविष्यबारे विशेष चर्चा गरिएको नेपाल क्रिकेटस् संघर्षदेखि सफलताको उत्सवसम्म कार्यक्रम बिहिवार राजधानीमा सम्पन्न भएको […]