११ फोटोमा हेर्नुस, ईपीएलमा यस्तो देखिनेछ टियु मैदान

  • विकेटनेपाल, मङ्सिर १९ – मंगलबार

पुष ३ गतेबाट सुरु हुने बहुप्रतिक्षित एभरेस्ट प्रिमियर लिग टि-२० प्रतियोगिताको लागि त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्वरूप अर्कै देखिने भएको छ।

मैदान छिर्ने गेट, खेलाडी बस्नेत ठाउँ देखि दर्शक बस्नेत ठाउँसम्म यसपालि टियु मैदानमा सबैले फरक स्वाद पाउने आयोजकले बताएका छन्। दर्शकहरुले पहिलो पटक नेपाली घरेलु क्रिकेटमा १६/९ को एलईडी स्क्रिन मैदानमा पाउनेछन् भने चियरलिडर्सको नृत्य तथा दिनहुँ म्युजिकल परफरमेन्सको मजा उठाउन समेत पाउनेछन्।

ईपीएल टि-२० को खेल हेर्न दर्शकले रु. १०० ( बिद्यार्थीको लागि रु. ५० ) को टिकट काट्नुपर्नेछ जसमा दर्शकहरुले यो पटक एकै दिन २ वटा टि-२० खेल तथा बिबिध मनोरन्जन पाउने आयोजकले बताएका छन्। ६ वटा फ़्रेन्चाइज् टोलिले सहभागी जनाउने प्रतियोगितामा पहिलो पटक थर्ड अम्पायर तथा मैदानमै टिभी रिप्लेको दृश्य समेत दर्शकहरुले हेर्न पाउनेछन्।

प्रतियोगिताको लागि मैदानलाई पहिले भन्दा फरक लुक दिन आयोजकले भारतको इन्डियन प्रिमियर लिग ( आईपीएल ) मा काम गरिसकेका ब्यक्तिहरुलाई नेपाल झिकाउने बताएको छ जसले मैदानलाई अन्तर्राष्ट्रिय स्तरको लुक दिन सघाउनेछन्।

ईपीएल आयोजकले आज टियु मैदान कस्तो देखिने भनेर मैदानको थ्री-डी लुक सार्बजनिक गरेको छ-

टियु मैदान छिर्ने मूल गेट

मिडिया, प्रायोजक, भीभीआईपी, खेलाडी पेभेलियन तथा भीआईपीहरुको लागि छुट्टाछुट्टै बस्ने ब्यबस्था गरिनेछ 

खेलको दौरान खेलाडीहरु बस्ने डग आउट अन्तर्राष्ट्रिय स्तरको हुनेछ

खेलाडी पेभेलियन सम्म छिर्न यस्तो बाटो बनाइनेछ

टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानको टप भ्यु

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy