११ फोटोमा हेर्नुस, ईपीएलमा यस्तो देखिनेछ टियु मैदान

  • विकेटनेपाल, मङ्सिर १९ – मंगलबार

पुष ३ गतेबाट सुरु हुने बहुप्रतिक्षित एभरेस्ट प्रिमियर लिग टि-२० प्रतियोगिताको लागि त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्वरूप अर्कै देखिने भएको छ।

मैदान छिर्ने गेट, खेलाडी बस्नेत ठाउँ देखि दर्शक बस्नेत ठाउँसम्म यसपालि टियु मैदानमा सबैले फरक स्वाद पाउने आयोजकले बताएका छन्। दर्शकहरुले पहिलो पटक नेपाली घरेलु क्रिकेटमा १६/९ को एलईडी स्क्रिन मैदानमा पाउनेछन् भने चियरलिडर्सको नृत्य तथा दिनहुँ म्युजिकल परफरमेन्सको मजा उठाउन समेत पाउनेछन्।

ईपीएल टि-२० को खेल हेर्न दर्शकले रु. १०० ( बिद्यार्थीको लागि रु. ५० ) को टिकट काट्नुपर्नेछ जसमा दर्शकहरुले यो पटक एकै दिन २ वटा टि-२० खेल तथा बिबिध मनोरन्जन पाउने आयोजकले बताएका छन्। ६ वटा फ़्रेन्चाइज् टोलिले सहभागी जनाउने प्रतियोगितामा पहिलो पटक थर्ड अम्पायर तथा मैदानमै टिभी रिप्लेको दृश्य समेत दर्शकहरुले हेर्न पाउनेछन्।

प्रतियोगिताको लागि मैदानलाई पहिले भन्दा फरक लुक दिन आयोजकले भारतको इन्डियन प्रिमियर लिग ( आईपीएल ) मा काम गरिसकेका ब्यक्तिहरुलाई नेपाल झिकाउने बताएको छ जसले मैदानलाई अन्तर्राष्ट्रिय स्तरको लुक दिन सघाउनेछन्।

ईपीएल आयोजकले आज टियु मैदान कस्तो देखिने भनेर मैदानको थ्री-डी लुक सार्बजनिक गरेको छ-

टियु मैदान छिर्ने मूल गेट

मिडिया, प्रायोजक, भीभीआईपी, खेलाडी पेभेलियन तथा भीआईपीहरुको लागि छुट्टाछुट्टै बस्ने ब्यबस्था गरिनेछ 

खेलको दौरान खेलाडीहरु बस्ने डग आउट अन्तर्राष्ट्रिय स्तरको हुनेछ

खेलाडी पेभेलियन सम्म छिर्न यस्तो बाटो बनाइनेछ

टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानको टप भ्यु





थप समाचार

मधेस प्रदेश सरकारले आसिफलाई दुई लाख प्रदान गर्ने

जनकपुरधाम, चैत १० गते । मधेस प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको […]

एपीएफ र सुदूरपश्चिम विजयी

विभागीय टोलीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । […]

‘द हन्ड्रेड’ को ड्राफ्ट आज, सन्दीप र अर्जुन ड्राफ्टमा

काठमाडौँ । इंग्ल्यान्डमा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेटको खेलाडी छनोटको लागि ड्राफ्ट आज हुदैछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व […]

प्रशिक्षक देसाईको तलव बढ्यो

नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट प्रशिक्षकको तलब वृद्धि गरेको छ । आइसीसी विश्वकप लिग-२ मा नेपाली टिमलाई राम्रो नतिजा दिलाएपछि […]

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]