टियु र ग्लोबल कलेजको सहज जित ( स्पन्सर युनिभर्सिटी क्रिकेट कप )

rakesh karn
  • विकेटनेपाल- २२ चैत 

स्पन्सर युनिभर्सिटी क्रिकेट कप प्रतियोगिताको पहिलो दिनको खेलमा त्रिभुवन युनिभर्सिटी र ग्लोबल कलेज बिजयी भएका छन् l

टियु क्रिकेट मैदानमा सम्पन्न उद्घाटन खेलमा त्रिभुवन युनिभर्सिटीले नेपाल इन्जिनियरिङ कलेज ( बि ) लाई ९ विकेटले सहजै पराजित गर्यो l

टस जितेर ब्याटिंग रोजेको नेपाल इन्जिनियरिङ ( बि ) ले १६.३ ओभरमा सबै विकेट गुमाई मात्र ६८ रन मात्रै बनाउन सक्यो l इन्जिनियरिङका प्रन्शु जोशीले १४ तथा दिपेश दासले ११ रनको योगदान दिए l इन्जिनियरिङलाई सस्तोमा अलआउट गर्न टियुका बलर प्रदिप टन्डन एक्लैले ४ विकेट ( ४-०-१७-४ ) लिए भने राकेश कर्णले ३ विकेट ( २.३-०-७-३ ) विकेट हात पारे l

जवाफमा ६९ रनको लक्ष टियुले ७.२ ओभरमै पुरा गर्यो l ओपनर राकेश कर्णले ३५ रन बनाए भने अस्चल चौधरी र प्रदिप टन्डनले क्रमशः अविजित २२ र १० रन बनाए l खेलको म्यान अफ द म्याच प्रदिप टन्डन घोषित भए l

प्रतियोगिताको उद्घाटन गर्दै राखेप सदस्य सचिब केशब बिस्ट
प्रतियोगिताको उद्घाटन गर्दै राखेप सदस्य सचिब केशब बिस्ट

यस्तै दोश्रो खेलमा नेपाल इन्जिनियरिङ कलेज ( ए ) लाई ग्लोबल कलेजले १० विकेटले पराजित गर्यो l

टस जितेर ब्याटिंग गरेको इन्जिनियरिङले १४.४ ओभरमा सबै विकेट गुमाई ६१ रन मात्रै बनाउन सक्यो l बिक्रम गुरुङ ( ४-०-१९-३ ) र कनक बज्राचार्य ( ४-०-१४-३ ) ले ३/३ विकेट लिएपछि इन्जिनियरिङ धरासायी बन्यो l सुरज श्रेष्ठले २२ रननै इन्जिनियरिङ कलेजको लागि सर्बाधिक बन्यो l

६२ रनको लक्ष ग्लोबल कलेजले ५.४ ओभरमै पछ्यायो l म्यान अफ द म्याच घोषित ओपनर दिपेश चन्द एक्लैले अविजित ५२ रन ( २७ बल, ९ चौका, १ छक्का ) प्रहार गर्दै ग्लोबललाई सहज जित दिलाए l

प्रतियोगिताको उद्घाटन रास्ट्रिय खेलकुद परिषदका सदस्य सचिब केशब बिस्टले गर्नु भएको थियो l कुल १६ टोलिले सहभागिता जनाएको प्रतियोगिता युनिभर्सिटी क्रिकेट क्लबले आयोजना गरेको हो l २९ गते सम्म चल्ने प्रतियोगितालाई स्पन्सर स्पोर्ट्स ड्रिंकले प्रायोजन गरेको छ l

भोलिको खेल : 

९ बजे : पाटन मल्टिपल क्याम्पस Vs निस्ट
१२:३० बजे : पाटन एकेडेमी अफ हेल्थ साइन्स Vs सहिद स्मारक कलेज





थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]