ईपीएल टी२०: काठमाण्डौद्वारा ललितपुरलाई ९० रनको लक्ष्य

  • विकेटनेपाल, पौष ३ – सोमबार

किर्तिपुर मैदानमा आजदेखि सुरु भएको एभरेस्ट प्रिमियर लिग क्रिकेटको पहिलो खेलमा अहिले काठमाण्डौ किंग्स ११ र ललितपुर प्याट्रीयट्स भिडिरहेका छन् ।

स्कोरकार्ड

लाइभ अपडेट

टस हारेर पहिले ब्याटिंग गरेको काठमाण्डौले ८९ रनको योगफल बनाउदा १८.३ ओभरमा सबै विकेट गुमाएको छ ।

सुरुको ५ विकेट ३६ रनमा गुमाएको उसका लागि ओपनर अमित श्रेष्ठले एक छेउबाट पारि सम्हाल्दै टिमकालागि सर्बाधिक २७ रन बनाए । उनले २८ बलमा ४ चौका प्रहार गरे । फर्नान्डोले १५ रन बनाउदा सोमपालले १४ रन बनाए भने अतिरिक्त १० रन प्राप्त गर्दा अन्य ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन् । कप्तान महरूफ़पनि ९ बलमा ७ रन बनाउदै मेहबुब आलमको बलमा आउट भए ।

काठमाण्डौलाई सस्तैमा रोक्न ललितपुरका सागर भाटीले सर्बाधिक ४ विकेट लिन ३.३ ओभरमा १५ रन खर्चे त्यस्तै ललित राजबंशीले ३, मेहबुब आलमले २ तथा योगेश नागरले १ विकेट लिए ।

केहीबेरमा ललितपुर प्याट्रीयट्स लक्ष्य पुरा गर्दै पहिले खेल जित्ने दाउमा मैदानमा उत्रिने छ भने उसले सोमपाल, जितेन्द्र, महरूफ़ जस्ता बलरको सामना गर्नुपर्ने छ ।

 





थप समाचार

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]