कसले जित्ला ईपिएल उपाधी ? फाइनल अघि पढ्नै पर्ने लेख

  • विकेटनेपाल, पौष १४ – शुक्रबार

एभरेस्ट प्रिमियर लिग टि-२० मा विभिन्न उतार-चढाब पछि अब एक खेल मात्रै बाँकी रहेको छ। उपाधी जित्ने दाउमा रहेका सहभागी ६ टोलीबाट मात्र २ टोलीहरु रहेका छन् जो शनिबार हुने प्रतियोगिताको फाइनल खेल खेल्दै उपाधी हात पार्ने दाउमा हुनेछन् ।

फाइनल खेलमा पारस खड्का कप्तान रहेको बिराटनगर वारियर्स तथा शरद भेसावाकर कप्तान रहेको भैरहवा ग्लाडीएटर्स भिड्दै छन् ।

बिराटनगरले समूह चरणमा शतप्रतिशत जितको नतिजा निकाल्दै पहिलो क्वालिफायरमा पनि भैरहवालाई ८ विकेटले पराजित गर्दै फाइनलको यात्रा गरेको थियो भने भैरहवाले बिराटनगरसँगको एकखेलमा मात्र पराजित हुदै पहिलो क्वालिफायरको यात्रा गरेको थियो जहाँ बिराटनगरसँग पराजित भएपछी दोश्रो क्वालिफायरमा ललितपुरबिरुद्द जित दर्ता गर्दै फाइनलको यात्रा गरेको हो।

फाइनल अघि दुई टिमको भेट

फाइनलभन्दा पहिले पनि यी दुई टिम एक आपसमा दुई पटक खेलीसकेका छन् । भैरहवा र बिराटनगरको पहिलो भेट समूह चरणको १० औं खेलमा भएको थियो जसमा बिराटनगरले खेलमा ३५ रनले खेल सजिलै जितेको थियो। समूह चरणको समाप्तीमा अंकतालिकाको शिर्ष दुईमा रहेका दुई टिम पुनः पहिलो क्वालिफायरमा भेटेका थिए । पहिलो क्वालिफायरमा पनि बिराटनगर सजिलै ८ विकेट बिजयी भएको थियो।

प्रतियोगितामा प्रदर्शन

बिराटनगर वारियर्स

बिराटनगर वारियर्सले अहिलेसम्म खेलका ६ खेलहरुमा कुनैपनि खेल हारेको छैन। उसको यसभन्दा अगाडीको प्रदर्शन यसप्रकार रहेको छ :

बिरुद्द नतिजा अन्तर उत्कृस्ट प्रदर्शन गर्ने खेलाडी बनाएको रन
ललितपुर प्याट्रीयट्स जित ६ रन अनिल कुमार शाह ४७ (३५) १५०/६ (२०)
पोखरा राइनोज जित ३ विकेट अन्शुमन राथ ६० (६१) १२३/७ (१९.४)
चितवन टाइगर्स जित ७१ रन बाबर हयात ८१ (४२), बसन्त रेग्मी ४/११ १७४/८ (२०)
भैरहवा ग्लाडीएटर्स जित ३५ रन अन्शुमन राथ ५४ (५०), अभिनास कर्ण ४/२५ १४९/६ (२०)
काठमाण्डौ किंग्स एघार जित ८ रन बाबर हयात ६७ (५०), ३/१९ १४७/७ (२०)
पहिलो क्वालिफायर: भैरहवा ग्लाडीएटर्स जित ८ विकेट बाबर हयात ६२ (४४), पारस खड्का ४२* (२४) १३१/२ (१७)

भैरहवा ग्लाडीएटर्स

भैरहवा ग्लाडीएटर्सले प्रतियोगितामा ७ खेलहरु खेलेको छ जसमध्ये ५ खेलमा जित हातपार्दा बिराटनगरसँगका दुवैखेलमा पराजित भएको छ । उसको यसभन्दा अगाडीको प्रदर्शन यसप्रकार रहेको छ :

बिरुद्द नतिजा अन्तर उत्कृस्ट प्रदर्शन गर्ने खेलाडी बनाएको रन
काठमाण्डौ किंग्स एघार जित ७ विकेट दिपेश ३/१६, पुनित बिस्ट ४२*(२८) १२१/३ (१६.२)
ललितपुर प्याट्रीयट्स जित ४ विकेट पुनित बिस्ट ३८(५०), रोहित पौडेल ३१(११) १४५/६ (२०)
बिराटनगर वारियर्स हार ३५ रन हरिशंकर शाह ३/३५ ११४/१० (१८.३)
पोखरा राइनोज जित ७ विकेट आरिफ शेख ४८*(४७) ११०/३ (१७.४)
चितवन टाइगर्स जित ४ रन शरद भेसावकर ३/१२, पुनित मिश्र ३० (२९) १३३/७ (१९.३)
पहिलो क्वालिफायर: बिराटनगर वारियर्स हार ८ विकेट पुनित मिश्र ४९(३४), आरिफ शेख ४६ (३५) १२७/८ (२०)
दोश्रो क्वालिफायर: ललितपुर प्याट्रीयट्स जित ३ विकेट प्रथम सालुंखे ३२(२२), रोहित पौडेल २८*(१७) १३३/७ (१९.३)

प्रतियोगितामा अहिलेसम्म अपराजित रहेको बिराटनगरको जितमा हंगकंगका दुई क्रिकेटरहरुको भूमिका महत्त्वपूर्ण रहेको छ। उसले अहिलेसम्म बनाएको ८७४ रन मध्ये बाबर हायात र अन्शुमन राथले क्रमश  ३०२ रन तथा २३० रन बनाएका छन् जुन टिमको जम्मा रनको ६० प्रतिशतभन्दा धेरै हुन आउछ। उनीहरुको तुलनामा अन्य खेलाडीहरुको प्रदर्शन बिशेष छैन।

भैरहवाको ब्याटिंगको कुरा गर्नुपर्दा उसका आरिफ शेखले ७ खेलबाट ५३.३३ को औसतमा सर्बाधिक १६० रन बनाएका छन् भने पुनित बिस्टले ३ खेलबाट १०७ रन बनाएका थिए । तर पुनित आफ्नो घरेलु टिम जम्मु कश्मिरले बोलाएपछी सुरुका ३ खेल खेल्दै घर फर्केका थिए । अर्का भारतीय खेलाडी पुनित  मेहराले ५ इनिंगबाट १०६ रन बनाउदा कप्तान भेसावकरले ७ इनिंगबाट १०४ रन बनाएका छन् ।

धेरै रन बनाउने ५ खेलाडीहरु:

त्यस्तै बलिंगतर्फको कुरा गर्ने हो भनेपनि बिराटनगर भैरहवा भन्दा धेरै अगाडी देखिएको छ, उसका लागि नेपाली राट्रिय क्रिकेट टिमका नियमित सदस्य बसन्त रेग्मीले ६ इनिंगबाट ८.४१ को औसतमा १२ विकेट लिईसकेका छन् । अर्को तर्फ भैरहवाका तिब्र  गतिका बलर दिपेश श्रेष्ठले पनि समान ६ इनिंगबाट १०.७७ को औसतमा ९ विकेट हात पारेका छन् ।

धेरै  विकेट लिने ५ खेलाडीहरु:

कुन खेलाडी हुनेछ खतरा ?

बाबर हयात ( फोटो – बिराटनगर वारियार्स फेसबुक )

बाबर हयात: बिराटनगरका विस्फोटक ब्याट्सम्यान उनले अहिलेसम्म प्रतियोगितामा सर्बाधिक ८१ रन सहित ५० भन्दा माथिको औसतमा ३०२ रन बनाईसकेका छन्। उनले ललितपुर बिरुद्दको पहिलो खेलमा ३४ रन बनाएका थिए जसमा २५ बलमा ५ चौका र १ छक्का सामेल थियो । पोखरा बिरुद्दको दोश्रो खेलमा २२ रन बनाउदा १९ बलको सामना गरेका थिए भने तेस्रो खेलमा प्रतियोगिताको सर्बाधिक रन प्रहार गर्ने क्रममा ८१ रनको पारि खेलेका थिए जसमा ४२ बलमा ५ चौका र ६ छक्का हानेका थिए । चौथो खेलमा भैरहवा बिरुद्द ३५ बलमा ३६ रनको पारि खेलेका थिए भने पाचौं खेलमा ५० बलमा ५ चौका र ४ छक्काको मद्दतले ६७ रन बनाएका थिए । भैरहवा बिरुद्दको पहिलो क्वालिफायरमा ४४ बलमा ४ चौका र ५ छक्काको मद्दतले ६२ रनको पारि खेलेका थिए ।

आरिफ शेख

आरिफ शेख: भैरहवाको लागि अलराउण्डरको भूमिका निर्वाह गर्दै आएका उनले आफ्नो टिमको तर्फबाट प्रतियोगितामा सर्बाधिक १६० रन बनाएका छन् भने ७ विकेट समेत लिएका छन् । प्रतियोगिताको पहिलो खेलमा काठमाडौंबिरुद्द ११ बलमा अविजित २३ रनको पारि खेलेका जसमा ३ चौका र १ छक्का सामेल थियो ।

यस्तै दोश्रो खेलमा ललितपुरबिरुद्द २ विकेट लिदै अविजित २७ रनको पारि समेत खेलेका थिए भने तेस्रो खेलमा बिराटनगर बिरुद्द अन्तिम ओभर बलिंग गर्दै १२ रन खर्चेर २ विकेट हात पारेका थिए । चौथो खेलमा पोखरा बिरुद्द २ विकेट सहित अविजित ४८ रन बनाएका उनि म्यान अफ द म्याच समेत घोषित भएका थिए । पहिलो क्वालिफायरमा बिराटनगरसँग ३५ बलमा ४६ रन बनाएका आरिफ फाइनल खेलमा महत्वपूर्ण साबित हुन सक्नेछन्।

रोहित पौडेल

बिराटनगरको बलियो पक्ष 

अहिलेसम्मको नतिजाहरु हेर्दा बिराटनगर आफ्ना दुई ब्याट्सम्यानहरु बाबर हायात र अन्शुमन राथको ब्याटिंगमा बलियो देखिएको छ भने बसन्त रेग्मीले पनि लगातार विकेट लिईरहेका छन्। यदि भैरहवाले भोलिको खेल जित्दै उपाधी आफ्नो नाममा गराउन चाहन्छ भने उसले यी दुई खेलाडीहरुको लागि छुट्टै रणनीति बनाएर उत्रनुपर्ने छ। पारस खड्काले पहिलो क्वालिफायरमा बनाएको अविजित ४२* तथा बिराटनगरको पहिलो खेलमा अनिल शाहले बनाएको ४७ रन बाहेक अन्य खेलाडीहरुले राम्रो योगदान दिनसकिरहेका छैनन् । यदि महत्त्वपूर्ण दुई खेलाडीहरुले यसअघि जस्तै रन बनाउने हो भने उपाधी बिराटनगरले जित्ने सम्भावना धेरै रहेको छ।

भैरहवाको बलियो पक्ष 

भैरहवाको लागि भने आरिफ शेखले राम्रो प्रदर्शन गरिरहेका छन्, उनलाई साथ दिने अर्को खेलाडीको रुपमा कहिले शरद भेसावकर तथा रोहित पौडेल र पुनित मेहराले महत्त्वपूर्ण भूमिका खेलेका छन्। रोहित पौडेलको रुपमा भैरहवाले एक नयाँ फिनिसर पाएको छ जसले ललितपुर बिरुद्दको  समुह चरणको खेलमा मेहबुब आलमको एक ओभरमा १ छक्का र ३ चौका प्रहार गरेका थिए भने दोश्रो क्वालिफायरमा अन्तिम ओभरमा १३ रन आबश्यक रहेको अवस्थामा लगातार २ छक्का प्रहार गरेका थिए। बिराटनगरले आरिफ र रोहितको लागि रणनीति लिएर मैदानमा उत्रिएको खण्डमा जित दर्ता गर्न मुस्किल देखिदैन।

टिम – भैरहवा  ग्ल्याडीयटर्स

शरद भेसावाकर (कप्तान, मार्की खेलाडी), प्रदीप ऐरी, अभिनास बोहरा, भुवन कार्की, कृष्ण कार्की, प्रकाश केसी, रोहित पौडेल, हरिशंकर शाह, आरिफ शेख, दिपेश श्रेष्ठ, भुपेन्द्र थापा, प्रथम सालुंके ( बिदेशी ) , पुनित मिश्रा ( बिदेशी ), राहुल यादब ( बिदेशी )

टिम – बिराटनगर वारियर्स

पारस खड्का (कप्तान, मार्की  खेलाडी), आकाश  बिस्ट, रामनरेश गिरि, अविनाश कर्ण, करन केसी, प्रनित थापा मगर, सुमित महर्जन, बसन्त रेग्मी,  अनिल शाह, असिफ शेख, पुस्प थापा, बाबर हयात (बिदेशी), अन्स्युमन राथ (बिदेशी) , सहान अदिशा ( बिदेशी )





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]