यु-१९ टिम पशुपतिनाथको शरणमा, भोलि मलेसिया जाने

  • विकेटनेपाल, भदौ २२ 

एसीसी यु-१९ ( पूर्वी क्षेत्र ) प्रतियोगिताको लागि नेपाली टिम शुक्रबार बिहान ८:३० बजे मलेसिया प्रस्थान गर्नेछ। टिमले बुधबार अन्तिम दिन अभ्यास गर्यो ।

नेपाली युवा टिम बिहान पशुपति नाथ मन्दिर दर्शन गर्न पुगेको थियो जहाँ कप्तान दिपेन्द्र ऐरी लगायत सम्पूर्ण टिमको उपस्थिति रहेको थियो। आसिफ शेख र शाहब आलम समेत मन्दिर पुगेका थिए।

८ टिम सम्मेलित प्रतियोगितामा नेपाल समुह ‘ए’ मा सिंगापुर, थाईल्याण्ड, भुटानसंगै रहेको छ ।

टिमले पहिलो खेल सिंगापुरसंग  सेप्टेम्बर ११ तारिकमा खेल्ने कार्यक्रमएको छ। सेप्टेम्बर १३ तारिकमा भुटानसंग किनारा ओभल मैदानमा, तेश्रो खेल सिंगापुरसंग पुनः क्लब अमन मैदानमा खेल्नेछ । समुह ‘ए’ र ‘बि’ बाट उत्कृस्ट हुने २-२ टिम सेप्टेम्बर १६ मा सेमीफाइनल खेल्नेछन् ।

प्रतियोगिताको फाइनल खेल सेप्टेम्बर १७ तारिकमा किनारा ओभल मैदानमा खेलिनेछ जुन खेलको बिजेता यु-१९ युथ एसिया कप खेल्न छनौट हुनेछ ।

नेपाली टिमलाई ब्याटिंग कन्सल्टेन्ट मोन्टि देसाईले १० दिन बिशेष प्रशिक्षण दिएका थिए ।

नेपाली टिम 

दिपेन्द्र ऐरी ( कप्तान ) , सन्दिप लामिछाने, मोहम्मद आसिफ शेख, सन्दिप सुनार, प्रनित थापा, अनिल कुमार शाह, पवन सर्राफ, रोहित पौडेल, किशोर महतो, शाहब आलम, नन्दन यादब, बिक्रम भुसाल, सन्दिप जोरा, सुमित महर्जन

यो पनि पढ्नुस – 

 





थप समाचार

पीएम कपमा ललितकाे १०० विकेट पूरा

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिसका स्पिनर ललित राजवंशीले १०० विकेट पूरा गरेका छन्। उनी प्रधानमन्त्री कपमा […]

अपराजित रहँदै पुलिस पीएम कपको फाइनलमा

काठमाडौं। कर्णाली प्रदेशमाथि सानदार जित दर्ता गर्दै विभागिय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा […]

लखनऊमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौँ । आशुतोष शर्माको अर्धशतकको मद्दतमा दिल्ली क्यापिटल्सले लखनऊ सुपर जायन्ट्समाथि रोमाञ्चक जित हासिल गरेको छ। विशाखापट्टनममा सम्पन्न खेलमा २१० […]

गण्डकी सुपर ओभरमा विजयी

काठमाडौं । गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध सुपर ओभरमा विजयी भएको छ। सिद्धार्थ क्रिकेट […]

दिल्ली र लखनउ भिड्दै

काठमाडौँ । १८औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स प्रतिस्पर्धा गर्दैछन्। विषाखापटनमा यी […]

मुम्बईविरूद्ध चेन्नईको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले जित निकालेको छ। आईपीएलको १८औं […]