- विकेटनेपाल, ५ असार
२०१८ जनवरी मा न्युजिल्यान्डमा संचालन हुने आईसीसी यु-१९ बिश्वकप क्रिकेट प्रतियोगिताको लागि छनौट प्रतियोगिता एसिया क्वालिफायर डिभिजन-१ खेल्ने नेपाली प्रारम्भिक १८ सदस्यीय टोलिको घोषणा गरिएको छ l
जेठ २९ गते बाट १ हफ्ता टियु मैदानमा संचालन भएको सुपर लिगको आधारमा खेलाडीहरुको छनौट गरिएको हो l टोलिको छनौट आईसीसी प्रमुख विकास अफिसर ( एसिया ) का भेन्कटपथी राजु , जगत टमाटा ( रास्ट्रिय प्रशिक्षक ) तथा बिनोद दास ( यु-१९ रास्ट्रिय क्रिकेट टिम प्रशिक्षक ) ले गरेका हुन् l
प्रतियोगिताको लागि गत हफ्ता प्रारम्भिक चरणमा छनौट गरिएको ४० जना मध्येबाट १८ जना खेलाडीको छनौट गरिएको छ l छनौट भएको १८ जना बाट तेश्रो चरणमा १४ जनाको टिम छनौट गरिने छ l




सिंगापुरमा १५-२५ जुलाईमा संचालन हुने प्रतियोगितामा नेपालले आयोजक सिंगापुर सहित, मलेसिया र अफगानिस्तानको सामना गर्नेछ l प्रतियोगिताको बिजेता टिमले न्युजिल्याण्ड यु-१९ बिश्वकपमा स्थान बनाउनेछ l
यस्तो छ टिम :-
सन्दिप लामिछाने, अनिल कुमार शाह , किशोर महतो, सुशान्त सिंह थापा, बिक्रम कुमार भुसाल, प्रकाश केसी, पवन सर्राफ, सन्दिप जोरा, रिजन ढकाल, प्रनित थापा, शाहब आलम, रशिद खान, आसिफ शेख, सन्दिप सुनार, ललित राजबंशी, रोहित पौडेल , आदील खान र दिपेन्द्र ऐरी

छनौट भएको १८ जनामा गत बर्ष डिसेम्बरमा श्रीलंकामा सम्पन्न यु-१९ एसिया कप टिममा रहेका कमल ऐरी, अविनाश कर्ण, रबिन्द्र शाही, भिम शार्की, शुभान्कर उराव, नन्दन यादबले स्थान बनाउन सकेनन् l
छनौट भएको टिममा लेग स्पिनर बिक्रम भुसाल र देब्रे हाते स्पिनर शाहब आलमले स्थान बनाएका छन् l यस्तै तिब्र गति बलरहरु रिजन ढकाल,रशिद खान, किशोर महतो तथा ब्याट्सम्यानहरु प्रनित थापा र सन्दिप जोराले स्थान बनाउन सफल भएका छन् l विकेटकिपर ब्याट्सम्यान सुशान्त सिंह थापा पनि अन्तिम १८ जनामा अटाएका छन् l