- विकेटनेपाल, ५ माघ- शुक्रबार
न्युजिल्याण्डमा जारि अन्डर-१९ विश्वकप क्रिकेटमा शुक्रबार सम्पन्न खेलहरुमा अस्ट्रेलिया, पाकिस्तान र भारतले जित हात पारेका छन्। यस जितसंगै पाकिस्तान र अस्ट्रेलिया क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। भारत यस अघिनै प्रवेश गरिसकेको थियो।
यु १९ विश्वकप अन्तर्गत आज भएका खेलहरुको नतिजा:
पहिलो खेल: पपुवा न्यु गिनी माथि कीर्तिमानी जित दर्ता गर्दै अस्ट्रेलिया क्वाटरफाइनलमा
टस हारेर पहिलो ब्याटिंग गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ८ विकेटको नोक्सानीमा ३७० रनको बिशाल स्कोर बनाएको थियो।
अस्ट्रेलियाका लागि प्रतियोगितामा पहिलो पटक ब्याटिङ गरेका नाथन म्याक स्वीनीले विस्फोटक पारी खेल्दै १५४ बलमा १५६ रन बनाए। उनले १८ चौका र ४ छक्का प्रहार गरे। दोश्रो ओभरमानै उनका ओपेनिंग पार्टनर म्याक्स ब्रायंट पभेलियन फर्किएका थिए। त्यसपछि उनले दोश्रो विकेटका लागि कप्तान जेसन संघासंग २५० रनको साझेदारी गरे। संघा र परम उप्पलले क्रमश : ८८ र ६१ रनको योगदान गरे।
बलिंगतर्फ पपुवा न्यु गिनीका ४ जना बलर जमेस ताउ , सिमो कामीय, लेके मोरेय र दाउरे आइगाले समान २-२ विकेट लिए।
अस्ट्रेलियाले दिएको ३७१ रनको बिशाल लक्ष्य पछ्याएको पपुवा न्यु गिनीले २४.५ ओभरमा सबै विकेट गुमाउँदै मात्र ५९ रन बनाउन सक्यो र ३११ रन को बिशाल अन्तरले पराजित भयो। यो विश्वकप इतिहासकै दोश्रो ठुलो अन्तरको हार हो।
सम्झ्नलायक नरहेको पपुवा न्यु गिनीको इंनिंगमा लेके मोरेयले सर्वाधिक २० रनको योगदान गरे। एक समय पपुवा न्यु गिनीले २६ रन जोड्न ७ विकेट गुमाएको थियो। त्यसपछी जमेस ताउ र लेके मोरेयले आठौ विकेटका लागि इंनिंगकै सर्वाधिक २६ रनको साझेदारी गरेका थिए।
पपुवा न्यु गिनीलाई न्युन योगफलमा रोकने क्रममा अस्ट्रेलियाका जासन रल्स्तनले घातक बलिंग गर्दै मात्र ६.५ ओवर मा १५ रन खर्चेर ७ विकेट लिए। यो यु-१९ विश्वकप इतिहासमा अहिले सम्मकै उत्कृस्ट बलिंग हो। खेलको प्लयेर ओफ दि म्याच १५६ रन बनाएका नाथन म्याक स्वीनी घोषित भए।
दोश्रो खेल: श्रीलंका बिरुद्ध सनसनीपूर्ण जित दर्ता गर्दै पाकिस्तान क्वाटरफाइनलमा
आजनै सम्पन्न दिनको दोस्रो खेलमा पाकिस्तानले श्रीलंकामाथि ३ विकेटको रोमान्चक जित हात पार्यो। यस जितसंगै पाकिस्तान क्वाटर फाइनलमा प्रबेश गरेको छ।
श्रीलंकाले दिएको १८९ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ७ विकेट गुमाउँदै नतिजा आफ्नो हात पार्यो। पाकिस्तानको जितमा अलि ज़र्याब असिफले ५९ रनको योगदान गरे। ९४ बल खेलेका आसिफले ४ चौका प्रहार गरे। श्रीलंकाका लागि थिसारु रश्मिकाले ३ विकेट लिए ।
टस हारेर पहिले ब्याटिंग गरेको श्रीलंकाले भने खराब प्रदर्शन गर्दै १८८ रन मात्र जोडेको थियो। श्रीलंकाका जेहान ड्यानियलले सर्वाधिक ५३ रनको योगदान गरेका थिए। उनले ७० बल खेलेर ४ चौका र १ छक्क प्रहार गरे। लगातर विकेट गुमाई रहेको श्रीलंकन टिमलाई उकास्ने क्रममा ड्यानियलले छैठौ विकेटका लागि अशिन बन्दरासंग ७६ रन को महत्पूर्ण सम्झेदारी गरेका थिए। अशिन बन्दराले ३७ रनको योगदान गरे।
बलिंगतर्फ पाकिस्तानका सुलेमान शफ्क़तले ७.२ ओभरमा २९ रन खर्चेर ३ विकेट र अघिल्लो खेलमा उत्कृस्ट बलिंग गरेका शाहीन शाह अफ्रिदीले २ विकेट लिए। खेलको प्लयेर अफ दि म्याच ९४ बलमा ५९ रनको पारी खेलेका अलि ज़र्याब असिफ घोषित भए ।
तेश्रो खेल : जिम्बावेलाई सहजै हराउदै भारतको अपराजित यात्रा कायमै
आजनै सम्पन्न अन्तिम खेलमा भने भारतले लगातार तेश्रो जित दर्ता गर्ने क्रममा जिम्बावे माथि १० विकेटको सहज जित हात पार्यो। यस अघि भारतले अस्ट्रेलिया र पपुवा न्यु गिनीलाई हराएको थियो। यस जितसंगै भारत समूह बिजेता बन्दै क्वार्टरफाइनल प्रवेश गरेको छ।
खेलमा जिम्बावेले दिएको १५५ रनको लक्ष्य भारतले मात्र २१.४ ओभरमा कुनै पनि विकेट नगुमाई भेट्यो। भारतको जितमा ओपनिंगमा आएका सुभमन गिलले आक्रमक ब्याटिंग गर्दै अर्ध-शतक प्रहार गरे। उनले ५९ बल खेलेर १३ चौका र १ छक्काको मद्दतले अविजित ९० रन तथा उनका ओपनिंग पार्टनर हार्विक देसाहीले ५६ रनको योगदान गरे।
पहिले ब्याटिंग गरेको जिम्बावेले ४८.१ ओभरमा सबै विकेट गुमाउदै १५४ रन जोडेको थियो। उसका लागि मिल्टन शुम्बाले ३६, वेस्ली मधेवेरेले ३० तथा कप्तान लियाम रोचे ३१ रन जोडे।
भारतका लागि अनुकुल रोयले ७.१ ओवर मा २० रन खर्चेर ४ विकेट लिए। खेलको प्लयेर अफ दि म्याच ५९ बलमा ९० रनको पारी खेलेका सुभमन गिल घोषित भए।
भोलिका खेलहरु :-
अफगानिस्तान Vs अईरल्याण्ड
केन्या Vs वेस्ट इन्डिज
क्यानडा Vs इंगल्याण्ड
(Pictures: @cricketworldcup)