यु-१९ विश्वकप : इङ्ल्याण्ड र बङ्गलादेश बिजयी

  • विकेटनेपाल- २ माघ, मंगलबार

न्युजिल्याण्डमा शनिबारबाट सुरु भएको १२ औं आईसीसी अन्डर-१९ बिश्वकपमा सोमबार २ खेल सम्पन्न भए। १६ टिम सहभागी प्रतियोगितामा आज समूह “सि” का दुई खेल भएका हुन्।

सम्पन्न दुई खेलमा इङ्ल्याण्ड र बङ्गलादेशले जित हात पारेका छन्। दुवैले तुलनात्मक रुपमा कम्जोर मानिएका नामिबिया र क्यानेडालाई पराजित गरे।

अफिफ हुसैनको अल-राउण्ड प्रदर्सनमा बङ्गलादेश बिजयी :

सोमबार भएको दिनको पहिलो खेलमा बंगलादेशको युवा टोलिले क्यानडा यु-१९ माथी ६६ रनको जित दर्ता गर्यो। बङ्गलादेशले दिएको २६५ रनको बिजय लक्ष्य पछ्याउन मैदान उत्रिएको क्यानडा मात्र १९८ रन जोड्दा अल-आउट हुन पुग्यो।

क्यानडाका लागि कप्तान अर्स्लान खान र प्रनभ शर्मा बाहेक अन्य ब्याट्सम्यानले खासै ठूलो योग्दान दिन सकेनन्। कप्तान अर्स्लानले टोलिको खातामा ६३ रन जोडे। १०८ बल खेलेका अर्स्लानले एक छेउबाट ब्याटिङ सम्हाले पनि अन्य ब्याट्सम्यानहरुले पर्याप्त साथ निभाउन नसक्दा क्यानेडा हार बेहोर्न पुग्यो। प्रनभ शर्माले ५८ बल खेल्दै ३४ रन जोडेपनि त्यो जितका लागि पर्याप्त भएन। बलिङतर्फ बङ्गलादेशका अफिफ हुसैनले ५ विकेट चट्काए। कसिलो बलिङ गरेका अफिफले मात्र ४३ रन खर्चेर ५ विकेट लिँदा हसन महमुदले भने २ विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित ५० ओभरमा ८ विकेटको नोक्सानीमा २६४ रन बनाएको थियो। उसका लागि टोविड रिदोएले शतक बनाएका थिए।

१२६ बल खेलेका रिदोएले आक्रमक ब्याटिङ गर्दै १२२ रन बनाउदा अफिफ हुसैनले भने उत्कृष्ट अर्ध-शतक बनाउन भ्याएका थिए। अफिफले ५९ बलमा ५० रन बनाएका थिए। क्यानडाको बलिङतर्फ भने फैजल जमखन्डिले ५ विकेट लिएका थिए।

इङ्ल्याण्डसंग हार्यो नामिविया 

सोमबारनै सम्पन्न दिनको दोस्रो खेलमा भने इङ्ल्याण्डले नामिबिया विरुद्ध सहज जित हात पारेको छ। क्विन्सल्याण्डमा भएको खेलमा इङ्ल्याण्डले ८ विकेटको सहज जित निकाल्न सफल भयो।

नामिबियाले दिएको १९७ रनको साधरण लक्ष्य इङ्ल्याणले मात्र २४.१ ओभरमा २ विकेट गुमाउँदै जित हात पार्यो। इङ्ल्याण्डको जितमा विल ज्याक्सले ७३ रनको योग्दान गरे। मात्र ४४ बल खेलेका ज्याक्सले आक्रमक ब्याटिङ गर्दै ७३ रन जोडे। यस्तै कप्तान ह्यारी ब्रुकले पनि अर्ध-शतक बनाउने क्रममा मात्र ४८ बलमा ५९ रन जोडे। नामिबियाको बलिङतर्फ लोटेरिङले ३३ रन खर्चेर २ विकेट लिन बाहेक अन्य बलर सफल रहन सकेनन्।

यसअघि पहिले ब्याटिङ गरेको नामिबियाको युवा टोलिले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १९६ रन मात्र जोडेको थियो। शन् फोउचेले ४४ र विकेट-किपर ब्याट्सम्यान लोफ्टी एट्नले ३६ रन जोड्न वाहेक अन्य खेलाडीले खुलेर खेल्न सकेनन्। ७५ बल खेलेका फोउचेले ४४ रन जोड्दा एटन् ले भने ३९ बलमा ३६ रन जोडेका थिए।

इन्ल्याण्ड्का बलरको धारिलो बलिङमा नमिबियाका बलर जवाफ बिहिन बनेका थिए। इङ्लिश टोलिका लागि ल्युक होल्लानले ३ तथा टोम स्कृभेनले २ विकेट लिएका थिए।

 





थप समाचार

देवको कप्तानीमा एसीसी अन्डर-१९ प्रिमियर कप खेल्ने नेपाली टिमको घोषणा

मलेसियामा अक्टोबर १२ तारिख देखि सुरु हुने एसीसी अन्डर-१९ प्रिमियर कप खेल्न नेपाल क्रिकेट संघले ( क्यान ) १४ सदस्यीय […]

प्रतिस्पर्धात्मक खेलका बाबजुद भारतसंग नेपाल पराजित

१९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतसँग नेपाल २३ रनले पराजित भएको छ । हारसँगै नेपाल पुरुष क्रिकेटको क्वार्टरफाइनलबाटै बाहिरिएको छ […]

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]