बिश्वकप छनौट खेल्ने १४ खेलाडी घोषणा, पढ्नुस को भित्र को बाहिर

Nepal U19 Team
  • विकेटनेपाल, असार २९

सिंगापुरमा यही १५ देखि २५ जुलाईसम्म संचालन हुने आईसीसी यु-१९ बिश्वकप छनौट ( एसिया ) प्रतियोगितामा सहभागी हुने १४ सदस्यीय नेपाली टिमको घोषणा गरीएको छ l

सन्दिप लामिछानेको कप्तानीमा घोषित १४ जनाको टिम १५ जुलाईमा भारतबाट प्रतियोगिता खेल्न सिंगापुर प्रस्थान गर्नेछ l

असार ९ गते भारत पुगेको नेपाली टिमले त्यहाँ गरेको अभ्यास र ५ वटा अभ्यास खेल खेलेपछि यु-१९ टिमका प्रशिक्षक बिनोद दास, रास्ट्रिय टिमका प्रशिक्षक जगत टमाटा र आईसीसी डेभलपमेन्ट अफिसर भेन्कटपथी राजुको छनौट समितिले टोलिको चयन गरेको हो l

भारत जानु अघि १८ जना खेलाडी चुनिएको थियो जसमा रहेका सन्दिप जोरा, बिक्रम भुसाल, रसिद खान र सुशान्त सिंह थापाले अन्तिम १४ मा नाम निकाल्न सकेनन् l


यी हुन् १४ खेलाडी :- 

सन्दिप लामिछाने, अनिल कुमार शाह , किशोर महतो, प्रकाश केसी, पवन सर्राफ, रिजन ढकाल, प्रनित थापा, शाहब आलम, आसिफ शेख, सन्दिप सुनार, ललित राजबंशी, रोहित पौडेल , आदील खान र दिपेन्द्र ऐरी 

ब्याट्सम्यान :- अनिल साह, प्रकाश केसी, प्रनित थापा, आसिफ शेख, सन्दिप सुनार, आदील खान, दिपेन्द्र ऐरी

अलराउण्डर :- पवन सर्राफ, रोहित पौडेल

स्पिनर :- ललित राजबंशी, शाहब आलम, सन्दिप लामिछाने

तिब्र गति बलर :- किशोर महतो, रिजन ढकाल


यु-१९ रास्ट्रिय क्रिकेट टिमको लागि पहिलो पटक छनौट भएका प्रनित थापाले फ्रेन्डस स्पोर्ट्स एकेडेमीसंगको अभ्यास खेलमा ८७ रनको उत्कृस्ट पारि खेलेका थिए भने त्यसपछि अन्य टिमसंग पनि राम्रो ब्याटिंग गरेका थिए l यस भन्दा अघि प्रनितले २०१४ मा यु-१६ रास्ट्रिय क्रिकेट टिमबाट खेलीसकेका छन् भने धनगढी प्रिमियर लिगमा बिराटनगर किंग्सबाट खेलीसकेका छन्  l

तिब्र गति बलर किशोर महतोले पनि अन्तिम १४ मा नाम लेखाएका छन् l उनले अभ्यास खेलमा धेरै विकेट लिन नसके पनि नियमित किफायती बलिंगले प्रभावित बनाएका थिए l नोयडा ११ संग अभ्यास खेलमा ३ विकेटको प्रदर्शन गरेपनि रशिद खान आफ्नो बलिंगले अन्य खेलमा प्रभाब जमाउन सकेनन् र ओपनिंग बलिंगको रुपमा महंगा पनि साबित हुन पुगेका थिए l

रशिद खानको त्यही अनियमितताको फाइदा देब्रे हाते तिब्र गति बलर रिजन ढकालले उठाउदै अन्तिम १४ मा नाम लेखाएका छन् l रिजन पनि २०१४ मा यु-१६ रास्ट्रिय क्रिकेट टिमबाट खेलीसकेका छन् l

pranit thapa
प्रनित थापा ( फोटो – रमन शिवाकोटी )

विकेटकिपर ब्याट्सम्यान सुशान्त सिंह थापा र सन्दिप जोराले अभ्यास खेलमा खेलाईएको थिएन l

विकेटकिपरको रुपमा प्रकाश केसी र आसिफ शेख अन्तिम १४ मा छन् जसमध्ये प्रकास केसीले प्रतियोगितामा विकेटकिपरको भूमिका निभाउने छन् l प्रकासले अभ्यास खेलहरुमा मध्येक्रममा उल्लेख्य प्रदर्शन भने गर्न सकेका थिएनन् l

अभ्यास खेलमा पवन सर्राफ र रोहित पौडेलले आफ्नो अलराउण्ड खेलले प्रभावित बनाएका थिए भने सन्दिप सुनार, दिपेन्द्र ऐरी, सन्दिप लामिछाने, अनिल साह जस्ता खेलाडीहरुले पनि आफुलाई प्रमाणित गरे l

पवन सर्राफ र रोहित पौडेल l ( फोटो – रमन शिवाकोटी )

ओपनिंग ब्याट्सम्यान आसिफ शेख अभ्यास खेलहरुमा फ्लप साबित भए जसले ५ वटा अभ्यास खेलमा २८ रन सर्बाधिक थियो l त्यसबापत पनि यु-१९ बिश्वकप छनौटमा ओपनिंग ब्याट्सम्यानको जिम्मा आसिफलेनै पाउने छन् जसलाई लयमा रहेका सन्दिप सुनारले साथ दिनेछन् l

गुरुग्राम स्पोर्ट्स क्लब बिरुद्ध अभ्यास खेलमा ७५ रनको इनिंग खेलेका देब्रे हाते ब्याट्सम्यान आदील खानले नेपाली टिमको मध्येक्रम सम्हाल्नेछन् l

अन्तिम १४ मा देब्रे हाते स्पिनरको रुपमा शाहब आलम र ललित राजबंशी चुनिएका छन् जो अभ्यास खेलहरुमा राम्रो लयमा देखिए l शाहब आलमले विकेट पनि निकाले भने ललितले नियमित रुपमा किफायती बलिंग प्रदर्शन गरेका छन् l आशा गरिएका लेग स्पिनर बिक्रम भुसालले अभ्यास खेलहरुमा प्रभाबशालि प्रदर्शन देखाउन नसकेपछि टोलिमा स्थान बनाउन असफल रहे l


बिश्वकप छनौट एसिया प्रतियोगितामा नेपाल सहित आयोजक सिंगापुर, मलेसिया र अफगानिस्तान सहभागी हुँदैछन् l सहभागी प्रत्येक टिमसंग नेपालले २-२ वटा खेल खेल्नेछ l प्रतियोगिताको बिजेता टोलि न्युजिल्याण्डमा जनवरीमा आयोजना हुने यु-१९ बिश्वकपमा सिधा छनौट हुनेछ l

कुल ६ खेल खेल्ने नेपालले १७ जुलाईमा सिंगापुरसंग पहिलो खेल खेल्नेछ भने १८ जुलाईमा मलेसिया, २० जुलाईमा अफगानिस्तान, २१ जुलाईमा सिंगापुर, २४ जुलाईमा मलेसिया तथा २५ जुलाईमा अफगानिस्तानसंग खेल्ने कार्यक्रम छ l

भारत भ्रमणमा यु-१९ टिमले खेलेको अभ्यास खेलको स्कोरकार्ड हेर्नुस 

 

 





थप समाचार

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]

आर्मीकाे अपराजित यात्रा कायम

काठमाडौं। त्रितराज दासको सानदार शतकसँगै विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा अपराजित यात्रा कायम राखेको छ। […]

आइजिपी कप : उपाधिका लागि लुम्बिनी र मधेस प्रदेश प्रहरी कार्यलय भिड्ने

काठमाडाैं । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ उपाधिका लागि लुम्बिनी प्रहरी प्रहरी कार्यालय र मधेस प्रदेश प्रहरी कार्यलय भिड्ने […]