बिश्वकप छनौट खेल्ने १४ खेलाडी घोषणा, पढ्नुस को भित्र को बाहिर

  • विकेटनेपाल, असार २९

सिंगापुरमा यही १५ देखि २५ जुलाईसम्म संचालन हुने आईसीसी यु-१९ बिश्वकप छनौट ( एसिया ) प्रतियोगितामा सहभागी हुने १४ सदस्यीय नेपाली टिमको घोषणा गरीएको छ l

सन्दिप लामिछानेको कप्तानीमा घोषित १४ जनाको टिम १५ जुलाईमा भारतबाट प्रतियोगिता खेल्न सिंगापुर प्रस्थान गर्नेछ l

असार ९ गते भारत पुगेको नेपाली टिमले त्यहाँ गरेको अभ्यास र ५ वटा अभ्यास खेल खेलेपछि यु-१९ टिमका प्रशिक्षक बिनोद दास, रास्ट्रिय टिमका प्रशिक्षक जगत टमाटा र आईसीसी डेभलपमेन्ट अफिसर भेन्कटपथी राजुको छनौट समितिले टोलिको चयन गरेको हो l

भारत जानु अघि १८ जना खेलाडी चुनिएको थियो जसमा रहेका सन्दिप जोरा, बिक्रम भुसाल, रसिद खान र सुशान्त सिंह थापाले अन्तिम १४ मा नाम निकाल्न सकेनन् l


यी हुन् १४ खेलाडी :- 

सन्दिप लामिछाने, अनिल कुमार शाह , किशोर महतो, प्रकाश केसी, पवन सर्राफ, रिजन ढकाल, प्रनित थापा, शाहब आलम, आसिफ शेख, सन्दिप सुनार, ललित राजबंशी, रोहित पौडेल , आदील खान र दिपेन्द्र ऐरी 

ब्याट्सम्यान :- अनिल साह, प्रकाश केसी, प्रनित थापा, आसिफ शेख, सन्दिप सुनार, आदील खान, दिपेन्द्र ऐरी

अलराउण्डर :- पवन सर्राफ, रोहित पौडेल

स्पिनर :- ललित राजबंशी, शाहब आलम, सन्दिप लामिछाने

तिब्र गति बलर :- किशोर महतो, रिजन ढकाल


यु-१९ रास्ट्रिय क्रिकेट टिमको लागि पहिलो पटक छनौट भएका प्रनित थापाले फ्रेन्डस स्पोर्ट्स एकेडेमीसंगको अभ्यास खेलमा ८७ रनको उत्कृस्ट पारि खेलेका थिए भने त्यसपछि अन्य टिमसंग पनि राम्रो ब्याटिंग गरेका थिए l यस भन्दा अघि प्रनितले २०१४ मा यु-१६ रास्ट्रिय क्रिकेट टिमबाट खेलीसकेका छन् भने धनगढी प्रिमियर लिगमा बिराटनगर किंग्सबाट खेलीसकेका छन्  l

तिब्र गति बलर किशोर महतोले पनि अन्तिम १४ मा नाम लेखाएका छन् l उनले अभ्यास खेलमा धेरै विकेट लिन नसके पनि नियमित किफायती बलिंगले प्रभावित बनाएका थिए l नोयडा ११ संग अभ्यास खेलमा ३ विकेटको प्रदर्शन गरेपनि रशिद खान आफ्नो बलिंगले अन्य खेलमा प्रभाब जमाउन सकेनन् र ओपनिंग बलिंगको रुपमा महंगा पनि साबित हुन पुगेका थिए l

रशिद खानको त्यही अनियमितताको फाइदा देब्रे हाते तिब्र गति बलर रिजन ढकालले उठाउदै अन्तिम १४ मा नाम लेखाएका छन् l रिजन पनि २०१४ मा यु-१६ रास्ट्रिय क्रिकेट टिमबाट खेलीसकेका छन् l

pranit thapa
प्रनित थापा ( फोटो – रमन शिवाकोटी )

विकेटकिपर ब्याट्सम्यान सुशान्त सिंह थापा र सन्दिप जोराले अभ्यास खेलमा खेलाईएको थिएन l

विकेटकिपरको रुपमा प्रकाश केसी र आसिफ शेख अन्तिम १४ मा छन् जसमध्ये प्रकास केसीले प्रतियोगितामा विकेटकिपरको भूमिका निभाउने छन् l प्रकासले अभ्यास खेलहरुमा मध्येक्रममा उल्लेख्य प्रदर्शन भने गर्न सकेका थिएनन् l

अभ्यास खेलमा पवन सर्राफ र रोहित पौडेलले आफ्नो अलराउण्ड खेलले प्रभावित बनाएका थिए भने सन्दिप सुनार, दिपेन्द्र ऐरी, सन्दिप लामिछाने, अनिल साह जस्ता खेलाडीहरुले पनि आफुलाई प्रमाणित गरे l

पवन सर्राफ र रोहित पौडेल l ( फोटो – रमन शिवाकोटी )

ओपनिंग ब्याट्सम्यान आसिफ शेख अभ्यास खेलहरुमा फ्लप साबित भए जसले ५ वटा अभ्यास खेलमा २८ रन सर्बाधिक थियो l त्यसबापत पनि यु-१९ बिश्वकप छनौटमा ओपनिंग ब्याट्सम्यानको जिम्मा आसिफलेनै पाउने छन् जसलाई लयमा रहेका सन्दिप सुनारले साथ दिनेछन् l

गुरुग्राम स्पोर्ट्स क्लब बिरुद्ध अभ्यास खेलमा ७५ रनको इनिंग खेलेका देब्रे हाते ब्याट्सम्यान आदील खानले नेपाली टिमको मध्येक्रम सम्हाल्नेछन् l

अन्तिम १४ मा देब्रे हाते स्पिनरको रुपमा शाहब आलम र ललित राजबंशी चुनिएका छन् जो अभ्यास खेलहरुमा राम्रो लयमा देखिए l शाहब आलमले विकेट पनि निकाले भने ललितले नियमित रुपमा किफायती बलिंग प्रदर्शन गरेका छन् l आशा गरिएका लेग स्पिनर बिक्रम भुसालले अभ्यास खेलहरुमा प्रभाबशालि प्रदर्शन देखाउन नसकेपछि टोलिमा स्थान बनाउन असफल रहे l


बिश्वकप छनौट एसिया प्रतियोगितामा नेपाल सहित आयोजक सिंगापुर, मलेसिया र अफगानिस्तान सहभागी हुँदैछन् l सहभागी प्रत्येक टिमसंग नेपालले २-२ वटा खेल खेल्नेछ l प्रतियोगिताको बिजेता टोलि न्युजिल्याण्डमा जनवरीमा आयोजना हुने यु-१९ बिश्वकपमा सिधा छनौट हुनेछ l

कुल ६ खेल खेल्ने नेपालले १७ जुलाईमा सिंगापुरसंग पहिलो खेल खेल्नेछ भने १८ जुलाईमा मलेसिया, २० जुलाईमा अफगानिस्तान, २१ जुलाईमा सिंगापुर, २४ जुलाईमा मलेसिया तथा २५ जुलाईमा अफगानिस्तानसंग खेल्ने कार्यक्रम छ l

भारत भ्रमणमा यु-१९ टिमले खेलेको अभ्यास खेलको स्कोरकार्ड हेर्नुस 

 

 

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy