यु-१९ बिश्वकपमा श्रीलंका, दक्षिण अफ्रिका र भारतको जित

  • विकेटनेपाल, पौष ३० – आइतबार

न्युजिल्याण्डमा जारि आइसीसी यु१९ विश्वकपको दोश्रो दिन आज भारत, दक्षिण अफ्रिका र श्रीलंकाले जित दर्ता गरेका छन् । पहिलो दिनका खेलहरुमा अफगानिस्तान, जिम्बाबे, बंगलादेश र आयोजक न्युजिल्याण्ड बिजयी भएका थिए । बिस्तृत जानकारी

आज सम्पन्न खेलहरुको नतिजा यसप्रकार छन् –

खेल नं १: भारतद्वारा अस्ट्रेलिया १०० रनले पराजित

टस जितेर पहिला ब्याटिंग गरेको भारतले ५० ओभरमा ७ विकेट गुमाएर ३२८ रन बनायो, जवाफमा अस्ट्रेलिया ४२.५ ओभरमा सबै विकेट गुमाउदै २२८ रनमा समेटिदा १०० रनको बिशाल हार व्यहोर्न बाध्य भयो ।

भारतको जितमा कप्तान पृथ्वी शाले ९४ रन तथा मंजोत कालराले ८६ रन बनाउदै पहिलो विकेटका लागि १८० रनको साझेदारी गरेका थिए भने सुभम गिलले पनि ६५ रनको पारि खेलेका थिए । बलिंगतर्फ पनि भारतका कमलेश नगरकोटीले २९ रन खर्चेर ३ तथा शिवम माविले ४५ रन खर्चेर ३ विकेट हात पारे । अस्ट्रेलियाका  लागि ज्याक ईडवार्ड्सले ओपनिंग ब्याटिंग गर्दै ९० बलमा ६ चौका र १ छक्का सहित ७३ रन तथा बलिंग तर्फ पनि ६५ रन खर्चेर ४ विकेट हात पारेपनि अन्यको साथ नपाउदा पराजित हुन पुग्यो ।

खेल नं २: साउथ अफ्रिकाले केन्यालाई १६९ रनले पराजित गर्यो

टस जितेर पहिले ब्याटिंग गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा ७ विकेट गुमाउदै ३४१ रन बनायो, जवाफमा केन्याले पुरै ५० ओभरमा ७ विकेट गुमाउदै १७२ रनमात्र बनाउन सकेपछी दक्षिण अफ्रिकाले १६९ रनको जित दर्ता गरेको हो ।

दक्षिण अफ्रिकाका लागि कप्तान रायनार्ड   वान टोन्डरले १४३ रन बनाएका थिए । १२१ बलको सामना गरेका उनले १४ चौका र ५ छक्का प्रहार गरे । यस्तै जिवेशन पिल्लयले पनि ६२ रनको पारि खेले । केन्याका लागि जश्राज कुण्डी र अंकित हिरानीले क्रमश ४१ र ३५ रनको पारि खेल्दै ७ औं विकेटका लागि ५७ रनको साझेदारी गरेपनि जित दिलाउन सकेनन् ।

खेल नं ३: श्रीलंकासँग आयरल्याण्ड ७ विकेटले पराजित

टस जितेर पहिले ब्याटिंग गरेको आयरल्याण्डले ४८ ओभरमा छोट्याईएको खेलमा ८ विकेट गुमाउदै २०७ रन मात्र बनाएपछि श्रीलंकाले ३७.३ ओभरमा मात्र ३ विकेट गुमाएर लक्ष्य पुरा गर्दै ७ विकेटको जित दर्ता गरेको हो ।

आयरल्याण्डका लागि जमी ग्रस्सीले ७५ रन तथा मार्क डोनेगनले ३६ रन बनाउदै पहिलो विकेटको लागि ७३ रनको साझेदारी गरेपनि श्रीलंकाका कामिन्दु मेन्डिसले ३ विकेट लिन मात्र ३५ रन खर्चिदा आयरल्याण्ड सस्तैमा समेटिएको थियो । श्रीलंकाका लागि धनन्जय लक्ष्मणले अविजित १०१ रन बनाउदै कामिन्दु मेन्डिससँग अविजित १५७ रनको साझेदारी गरेका थिए । लक्ष्मणले १२० बलको सामना गर्दा ८ चौका र १ छक्का प्रहार गरे भने कप्तान मेन्डिसले ७४ रन बनाउन ७३ बलको सामना गरे जसमा ६ चौका सामेल छन् ।

सोमबार हुने खेलहरु :- 

पहिलो खेल : बंगलादेश Vs क्यानाडा
दोश्रो खेल : इंग्ल्याण्ड Vs नामिबिया

पहिलो दिनको खेलको नतिजाहरु हेर्न क्लिक गर्नुस 

(Pictures:@ICC)

 





थप समाचार

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]

छैठौं पटक अस्ट्रेलियालाई विश्वकप उपाधि

अस्ट्रेलियाले छैठौं पटक पुरुष एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ। प्रतियोगिताको अघिल्लो सबै १० खेल जित्दै अपराजित रहेको घरेलु टोलि […]

महिला टी-२० सिरिज : नेपालद्धारा जापान ४५ रनले पराजित

चार देश सम्मिलित महिला टि-२० सिरिजमा नेपालले तेस्रो स्थान हासिल गरेको छ । आज भएको खेलमा नेपाल जापानलाई ४५ रनले […]