श्रीलंकालाई स्तब्ध बनाउदै अफगानिस्तान क्वार्टरफाइनलमा, हेर्नुस अन्य ३ खेलको नतिजा

  • विकेटनेपाल, माघ ३ – बुधबार

न्युजिल्याण्डमा जारि यु-१९ विश्वकपमा आज सम्पन्न ४ वटा खेलहरुमा अफगानिस्तान, न्युजिल्याण्ड, अस्ट्रेलिया र दक्षिण अफ्रिकाले जित दर्ता गरेका छन्।

हेर्नुहोस् आज भएका खेलहरुको नतिजा

पहिलो खेल: श्रीलंकालाई पराजित गर्दै अफगानिस्तान क्वाटरफाइनलमा

श्रीलंकालाई डकवर्थ लुईस मेथडबाट ३२ रनले पराजित गर्दै अफगानिस्तान प्रतियोगिताको क्वाटर फाईनलमा प्रवेश गरेको छ। बर्षा बाधक बनेपछि ३५ ओभरमा छोट्याइएको दोस्रो इनिंगमा श्रीलंकालाई जितको लागि २३५ रनको लक्ष्य थियो। तर श्रीलंका मात्र २०२ रनमा समेटिदा अफगानिस्तानले ३२ रनको जित हात पार्यो।

 

श्रीलंकाको ब्याटिंगमा जिहन डेनियलले ४८ र क्रिशन अराचचिगेले ४१ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यान चलेनन्। ६९ बल खेलेका क्रिशनले १ चौका र २ छक्का प्रहार गर्दा डेनियलले भने ५७ बलमा १ चौका र ३ छक्का प्रहार गरे । श्रीलंकालाई लक्ष्यअघिनै रोक्न अफगानिस्तानका नबिन-उल-हकले ४ विकेट चट्काए । ८ ओभरको स्पेलमा हकले १ मेडन सहित ३५ रन खर्चेर ४ विकेट निकाल्न सफल भए। यस्तै अज्मतुल्लाह र कैस अहमदले समान २-२ विकेट लिए।

यसअघि पहिले ब्याटिंग गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदा २८४ रन जोडेको थियो। ओपनर इब्राहिम जद्रानले शानदार ब्याटिंग गर्दै ८६ रन बनाउंदा अफगानिस्तानले राम्रो स्कोर खडा गर्न सफल रह्यो। ११२ बल खेलेका जद्रानले १ चौका र ५ छक्का सहित ८६ रन जोडेका थिए। उनले इक्रम अलि खिलसंग दोस्रो विकेटका लागि ११५ रनको साझेदारी गर्दै अफगानिस्तानको इनिंगलाई उकासेका थिए। इक्रमले ५५ रन जोड्न भ्याए। यस्तै दर्विश रसुलीले आक्रामक ब्याटिंग गर्दै मात्र ४४ बलमा ६३ रन बनाएका थिए। ९ चौका र १ छक्का प्रहार गरेका रसुली निपुण धनन्जयबाट रन आउट भएका थिए। श्रीलंकाको बलिंगमा रश्मिका र निपुण मलिंगाले समान २-२ तथा कमिन्दु मेन्डिसले १ विकेट लिएका थिए।

दोश्रो खेल: अस्ट्रेलियाको अघि जिम्बाबे स्तब्ध

अस्ट्रेलियाले आफ्नो दोश्रो खेलमा पहिलो जित दर्ता गर्नेक्रममा जिम्बाबेलिई ७ विकेटले पराजित गरेको छ ।

जिम्बाबेले दिएको १३५ रनको सामान्य लक्ष्य कंगारु टोलिले मात्र १८.२ ओभरमा ३ विकेट गुमाउंदै पुरा गर्यो। अस्ट्रेलियाको जितमा ओपनर ब्याट्सम्यान ब्र्यान्ट र ज्याक एड्वार्ड्सले आक्रामक ब्याटिंग गरे। मात्र २७ बल खेलेका ब्र्यान्टले ४ चौका र २ छक्काको सहयोगले ४४ रन जोडे। यस्तै उनका ओपनिंग पार्टनर ज्याक एड्वार्ड्सले २० बलमा ७ चौका र १ छक्का सहित ४० रन जोडे। फिक्का रहेको जिम्बाबेको बलिंगमा लियम रोचे र टउन हेरिसनले समान १-१ विकेट लिए।

यसअघि पहिले ब्याटिंग गरेको जिम्बाबेले मात्र ३३.२ ओभर खेल्दा सबै विकेट गुमाएको थियो। अलआउट हुनअघि १३४ रन जोड्दा रोबर्ट चिम्हिन्याले सर्वाधिक २७ रनको योगदान दिएका थिए। जिम्बाबेका ५ ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । जिम्बाबेलाई झिनो स्कोरमा नै समेट्न अस्ट्रेलियाका ज्याभियर बार्टलेटले ३ तथा विल शुदरल्याण्ड र लोइड पोपले समान २-२ विकेट लिएका थिए। ७ ओभर बलिंग गर्दै बार्टलेटले २० रन खर्चेर ३ विकेट चट्काए।

तेस्रो खेल: केन्या बिरुद्द न्युजिल्याण्डको कीर्तिमानी जित

आयोजक न्युजिल्याण्डले केन्या बिरुद्ध २४३ रनको कीर्तिमानी जित दर्ता गरेको छ ।

पहिले ब्याटिंग गर्दै न्युजील्याण्डले दिएको ४३७ रनको भीमकाय लक्ष्यलाई पछ्याएको केन्याले निर्धारित ५० ओभरमा १९३ रन मात्र जोड्न सक्यो। केन्याका लागि अमन गान्धीले ६३ रन जोडेपनि त्यो जितका लागि पर्याप्त थिएन। न्युजिल्याण्ड बिरुद्ध पुरै ५० ओभर ब्याटिंग गर्नु बाहेक केन्याले खेलमा सम्झन लायक अन्य पल रहेन।

पहिले ब्याटिंग गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउंदै ४३६ रन जोडेको थियो। उसका लागि दुवै ओपनर ब्याट्सम्यानले शतक बनाए।

क्राईस्टचर्चमा सम्पन्न खेलमा न्युजिल्याण्डका जेकोब भुलाले १८० रन बनाएका थिए। १४४ बल खेलेका भुलाले रन-आउट हुनअघि १० चौका र ५ छक्का प्रहार गरेका थिए। यस्तै उनका ओपनिंग पार्टनर रचिन रभिन्द्रले भने १०१ बलमा ११७ रन जोडे। उनले ८ चौका र ३ छक्का प्रहार गरेका थिए। यी दुईबीचको पहिलो विकेटको साझेदारी २४५ रनको भएको थियो।

त्यस्तै तेस्रो नम्बरमा ब्याटिंग गर्न आएका फिन एल्लेनले भुलासंग दोस्रो विकेटका लागि १५६ रनको साझेदारी गर्दै न्युजिल्याण्डको स्कोरलाई ४०० माथि पुर्याएका थिए। बिष्फोटक ब्याटिंग गर्दै एल्लेनले ४० बलमा ९० रनको योगदान गरेका थिए।

न्युजिल्याण्डले बनाएको ४३६/४ रनको बिशाल योगफल यु-१९ विश्वकपमा कुनैपनि टिमले बनाएको सर्बाधिक दोश्रो ठुलो स्कोर हो ।  पहिलो स्थानमा भने सन् २००४ मा केन्या बिरुद्दनै अस्ट्रेलियाले बनाएको ४८०/६ रहेको छ ।

त्यस्तै न्युजिल्याण्डका ओपनर जकोब भुलाले बनाएको १८० रन यु-१९ विश्वकपको सर्बाधिक धेरै हो । यसभन्दा अगाडी वेस्ट इन्डिजका डोनोव पगोनले २००२ मा स्कोटल्याण्ड बिरुद्द १७६ रन बनाएका थिए ।

चौथो खेल: साबिकको विश्वकप बिजेता वेस्ट इन्डिज दक्षिण अफ्रिकासँग पराजित

यु-१९ विश्वकपको साबिक बिजेता वेस्ट इन्डिजले भने दिनको चौथो खेलमा दक्षिण अफ्रिकासंग पराजित हुन पुग्यो। २८३ रनको लक्ष्य भेट्न नसक्दा वेस्ट इन्डिजले ७६ रनको हार खेप्न बाध्य बन्यो।

 

चल्न नसकेको वेस्ट इन्डिजको ब्याटिंगमा एथान्जे र क्रिस्टन कल्लिचरणले बाहेक अन्य ब्याट्सम्यानले खासै प्रदर्शन गर्न सकेनन्। एथान्जेले ७६ तथा कल्लिचरणले भने ४४ रन जोडे। तर अन्य ब्याट्सम्यानले साथ दिन नसक्दा वेस्ट इन्डिज मात्र २०६ रनमा समेटिन पुग्यो।
दक्षिण अफिकाको बलिंगमा हेर्मन रोल्फेसले ४ विकेट लिए।

यसअघि पहिले ब्याटिंग गरेको दक्षिण अफ्रीकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदा २८२ रनको योगफल तयार पारेको थियो। उसका लागि किपर ब्याट्सम्यान वान्डीले मक्वेतुले अविजित ९९ रन बनाएका थिए। १२ चौका र १ छक्का प्रहार गरेका उनले दक्षिण अफ्रिकाको पारिलाई उकासेका थिए। वेस्ट इन्डिजका लागि ५ बलरले समान १-१ विकेट लिएका थिए।

बिहिबार हुने खेलहरु

पहिलो खेल: बंगलादेश Vs इंग्ल्याण्ड
दोश्रो खेल: क्यानडा Vs नामिबिया

(Pictures: @cricketworldcup)





थप समाचार

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]