सुरुभो यु-१९ बिश्वकप, पाकिस्तान र वेस्ट इन्डिज पराजित, हेर्नुस ४ खेलको नतिजा

  • विकेटनेपाल, २९ पौष  – शनिबार 

१२ औं आईसीसी अन्डर-१९ बिश्वकप न्युजिल्याण्डमा शनिबार सुरु भएको छ। १६ टिम सहभागी प्रतियोगिता फेब्रुअरी ३ सम्म चल्नेछ।

सहभागी रास्ट्रहरु र समुह बिभाजन 

समुह ‘ए’ : न्युजिल्याण्ड, वेस्ट इन्डिज, केन्या दक्षिण अफ्रीका
समुह ‘बि’ : जिम्बाबे, अस्ट्रेलिया, पपुवा न्यु गिनी , भारत
समुह ‘सी’ : बंगलादेश, क्यानडा, इंग्ल्यान्ड, नामिबिया
समुह ‘डी’ : अफगानिस्तान, आयरल्याण्ड, पाकिस्तान, श्रीलंका

प्रतियोगिता अन्तर्गत पहिलो दिन ४ वटा खेलहरु सम्पन्न भएका छन् जसमा अफगानिस्तान, जिम्बाबे, बंगलादेश र न्युजिल्याण्डले जित हात पारे। आज सम्पन्न खेलहरुको नतिजा यसप्रकार छन् – 

खेल नं १ – अफगानिस्तानद्वारा पाकिस्तान ५ विकेटले पराजित 

यु-१९ बिश्वकपको पहिलो खेलमा नयाँ टेस्ट रास्ट्र अफगानिस्तानले पाकिस्तानलाई पराजित गर्दै झट्का दियो। नोभेम्बरमा मलेसियामा सम्पन्न यु-१९ एसिया कपमा पनि पाकिस्तानलाई पराजित गरेको अफगानिस्तानले ७ विकेटले पराजित गरेको थियो।

दर्विस रसूली

टस जितेर ब्याटिंग गरेको पाकिस्तानले ४७.४ ओभरमा सबै विकेट गुमाई १८८ रन मात्र बनाउन सक्यो। १९९ रनको लक्ष अफगानिस्तानले ४७.३ ओभरमा ५ विकेट गुमाई सजिलै पुरा गर्यो। अफगानिस्तान  ब्याट्सम्यान दर्विस रसूलीले अविजित ७६ रन ( ७८ बल, ४ चौका, २ छक्का ) तथा इक्रम अलि खिलले ४६ बनाए। यस अघि बलिंगतर्फ अफगानिस्तान बलर अज्मुताल्लाह ओमार्जईले ३४ रन खर्चेर ३ विकेट तथा कैस अहमदले ३८ रन खर्चेर समान ३ विकेट हात पारेका थिए। पाकिस्तान ओपनिंग ब्याट्सम्यान रोहेल नाजिरले ८१ रनको योगदान दिए पनि जितको लागि पर्याप्त हुनसकेन।

खेल नं २ – जिम्बाबेद्वारा पपुवा न्यु गिनी १० विकेटले पराजित 

जिम्बाबेले सहज जित हातपार्ने क्रममा टस जितेर पहिले फिल्डिंग रोज्दै पपुवा न्यु गिनीलाई २० ओभरमा ९५ रनमै समेट्यो। ९६ रनको लक्ष जिम्बाबेले १४ ओभरमै भेटायो जुन क्रममा ओपनर वेसले मधिभेरेले ५३ तथा ग्रेगरीले डलरले ४१ रन बनाएका थिए। बलिंगतर्फ पनि वेसले मधिभेरेले ३ विकेट हात पारे जो खेलको म्यान अफ द म्याच चुनिए।

खेल नं ३ – बंगलादेशद्वारा नामिबिया ८७ रनले पराजित 

वर्षाको कारण २० ओभरमा घटाइएको खेलमा टस हारेर बंगलादेशले ब्याटिंग गर्दै १९० रनको योगफल बनाएको थियो जुन क्रममा कप्तान सैफ हसनले ८४ ( ५ छक्का, ३ चौका ) तथा मोहम्मद नइमले ६० रन ( ८ चौका, १ छक्का ) बनाएका थिए। लक्ष पछ्याउने क्रममा नामिबियाले २० ओभरमा १०३ रन मात्रै बनाउन सक्यो। इबेन भान विकले ५५ रन बनाए पनि जितसम्म पुर्याउन सकेनन्।

खेल नं ४ – न्युजिल्याण्डद्वारा वेस्ट इन्डिज ८ विकेटले पराजित 

२०१६ यु-१९ बिश्वकप बिजेता टिम वेस्ट इन्डिजलाई आयोजक न्युजिल्याण्डले पहिलो गाँसमै ढुंगा दियो। टस जितेर फिल्डिंग रोजेको न्युजिल्याण्डले वेस्ट इन्डिजलाई ५० ओभरमा २३३/८ मा रोक्यो। वेस्ट इन्डिज ओपनरद्वय केगन सिमन्सले अविजित ९२ रन तथा किमानी मेलिअसले ७८ रन योगदान दिएका थिए भने न्युजिल्याण्ड बलर म्याथु फिसर र रचिन रभिन्द्रले समान ३ विकेट हात पारे।

२३४ रनको लक्ष न्युजिल्याण्डले ३९.३ ओभरमा मात्र २ विकेट गुमाई पुरा गर्यो। तेश्रो नम्बरमा ब्याटिंग गरेका केलुम बोशिरले अविजित ११५ रन ( १०० बल, १५ चौका, २ छक्का ) बनाउदै जितमा अहम योगदान दिए भने ओपनर ज्याकोब भुलाले पनि ८३ रन बनाए।

केलुम बोशिर

आइतबार हुने खेलहरु :- 

पहिलो खेल : आयरल्याण्ड Vs श्रीलंका
दोश्रो खेल : केन्या Vs दक्षिण अफ्रीका
तेश्रो खेल : अस्ट्रेलिया Vs भारत

( सबै फोटोहरु : आईसीसी )





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]