अफगानिस्तानलाई दियो आएरल्याण्डले झड्का, हेर्नुहोस् के के भयो आज अन्डर-१९ विश्वकपमा

  • विकेटनेपाल-६ माघ, शनिवार 

न्युजिल्याण्डमा जारि अन्डर – १९ विश्वकपमा आएरल्याण्डले अफगानिस्तानमाथि रोमान्चक जित हात पारेको छ। यस्तै आज नै भएका अन्य खेलहरुमा आयोजक न्युजिल्याण्ड, वेस्ट इन्डिज र इंग्ल्याण्डले समेत जित हात पारे।
आजको खेलका नतिजा :

दक्षिण अफ्रीका बिरुद्ध न्युजिल्याण्डको जित
न्युजिल्याण्डले दिएको २८० रनको पछ्याएको दक्षिण अफ्रिका टोलि मात्र ४६.२ ओभरमा २०८ रनमा समेटिदा घरेलु टोलि न्युजिल्याण्डले ७१ रनको जित हात पार्यो।
लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाका हर्मान रोल्फेसले शतक बनाएपनि आफ्नो टोलिलाई जित दिलाउन सकेनन्। १२४ बल खेलेका रोल्फेसले १०८ रन जोड्दा १२ चौका प्रहार गरे। यस्तै जिन डुप्लेसिसले ५४ रन जोडेपनि अन्य ब्याट्सम्यानले साथ निभाउन सकेनन्।
न्युजिल्याण्डका लागि रचिन रभिन्द्रले ४ विकेट लिए। यस्तै मेथ्युज फिषर र जेकब भुलाले संमान २-२ विकेट लिए।
पहिले ब्याटिंग गरेको न्युजिल्याण्डले भने निर्धारित ५० ओभरमा ८ विकेटको नोक्सानीमा २७९ रन जोडेको थियो। उसका लागि रचिन रभिन्द्रले सर्वाधिक ७६ रनको योगदान गरेका थिए। यस्तै जेकब भुलाले पनि ४४ रन जोडेका थिए।
दक्षिण अफ्रिकाका कगौदिसे मोलेफेले २ तथा अन्य ५ बलरले भने समान १-१ विकेट हात पर्न भ्याए।

आएरल्याण्डले हात पार्यो अफगानिस्तान बिरुद्ध रोमान्चक जित
आज नै सम्पन्न अर्को खेलमा भने आएरल्याण्डले अफगानिस्तान बिरुद्ध रोमान्चक जित हात पारेको छ। दिनको दोस्रो खेलमा आएरल्याण्डले अफगानिस्तानलाई ४ रनले पराजित गर्यो।
२२६ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तान सबै विकेट गुमाउँदा मात्रै २२१ रन जोडेपछि नतिजा आएरल्याण्डको पक्षमा बुझाउन बाध्य रह्यो। अफगानिस्तानका लागि बहिर साहले ३४ तथा तरिक स्ट्यानिक्जाईले ३३ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन्। आएरल्याण्डका बलरले लगातार रपमा विकेट निकाल्दा अफगानिस्तानले राम्रो साझेदारी बनाउन सकेन।
आइरिश टोलीका लागि बलिंग तर्फ कप्तान हेरी टेक्टरले सर्वाधिक ३ विकेट लिए। १० ओभरको स्पेलमा ३७ रन खर्चंदा उनले अफगानिस्तानका निशर वहादत, दर्विश रसुली र तरिक स्ट्यानिक्जाई पभेलियनको बाटो देखाए। यस्तै जोशुआ लिटलले पनि २ विकेट हात पारे।
यसअघि पहिले ब्याटिंग गरेको आएरल्याण्डले भने निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २२५ रनको सामन्य योगफल तयार गरेको थियो। उसका हेरी तेक्टरले ३६ तथा निल रकले ३५ रन जोडका थिए। अफगानिस्तानका वफदर र कैस अहमदले समान ३-३ विकेट चट्काएका थिए।

वेस्ट इन्डिजको अघि केन्या जवाफ बिहिन
यस्तै आजको तेस्रो खेलमा भने साविक बिजेता वेस्ट इन्डिजले केन्यामाथी बिशाल जित दर्ता गरेको छ। २२२ रनको बिशाल जित हात पार्ने क्रममा वेस्ट इन्डिजले केन्यालाई ९६ रन मा नै समेट्यो।
वेस्ट इन्डिजले दिएको ३२० रनको लक्ष्य पछ्याउने क्रममा केन्याको टोलि ९६ रनमा नै समेटिन पुग्यो।
सम्झन लायक नरहेको केन्याको ब्याटिंगमा अमन गान्धीले ३७, सचिन बुडीयाले १९ तथा डेनिस मुस्योकाले १८ रन जोड्न बाहेक अन्या ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्।
केन्याको ब्याटिंगलाई ध्वस्त गर्ने क्रममा वेस्ट इन्डिजका भास्कर यद्रमले ५ तथा जियाभोर रोयलले ४ विकेट चट्काए।
यसअघि पहिले ब्याटिंग गरेको वेस्ट इन्डिजले ५० ओभर ब्याटिंग गर्दै ३१९ रन जोडेको थियो। उसका अलिक अथान्जेले मात्र ९३ बलमा ११६ रनको बिष्फोटक पारि खेलेका थिए।
केन्याका लागि अभित देसाईले ३ तथा अन्य ३ बलरले समान १-१ विकेट लिएका थिए।

इंगल्याण्डसंग क्यानेडाले घुंडा टेक्यो
आज सम्पन्न चौथो तथा अन्तिम खेलमा क्यानेडा इंग्ल्याण्डसंग पराजित भयो। इंगल्याण्डले तुलनात्मक रुपमा कम्जोर मानिएको क्यानेडा माथि २८२ रनको जित हात पार्यो।
इंगल्याण्डले दिएको ३८४ रनको भीमकाय लक्ष्या पछ्याएको क्यानेडा मात्र ३१.५ ओभरमा अल-आउट हुदै १०१ रन मात्र जोड्न सक्यो। उसका प्रनभ शर्माले २४ तथा कप्तान अर्स्लान खानले २१ रन जोड्न बाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन्न्युजिल्याण्डमा जारि अन्डर – १९ विश्वकपमा आएरल्याण्डले अफगानिस्तानमाथि रोमान्चक जित हात पारेको छ। यस्तै आज नै भएका अन्य खेलहरुमा आयोजक न्युजिल्याण्ड, वेस्ट इन्डिज र इंग्ल्याण्डले समेत जित हात पारे।
का थिए।





थप समाचार

एलपीएल : घोडाघोडी र कैलाली जिल्ला क्रिकेट क्लव विजयी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत चौंथो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]