श्रीलंकाको कीर्तिमानी जित, आयरल्याण्डसंग वेस्ट इन्डिजको संघर्ष : यु-१९ बिश्वकप – प्लेट च्याम्पियनसिप

  • विकेटनेपाल, माघ ९ – मंगलबार

न्युजिल्याण्डमा जारि अन्डर-१९ विश्वकप क्रिकेटमा मंगलबार सम्पन्न खेलहरुमा श्रीलंका र वेस्ट इन्डिजले जित हात पार्दै प्लेट च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

पहिलो खेल: केन्यामाथि श्रीलंकाको कीर्तिमानी जित  

श्रीलंकाले ओपनर ब्याट्सम्यान हसिथा बोयागोदाको १९१ रन (१५२ बल, २८ चौका, २ छक्का), निशान मदुश्का ६० तथा कमिन्दु मेन्दिसको ५३ रनको मद्दतमा ५० ओभरमा ४ विकेटको नोक्सानीमा ४१९ रनको बिशाल स्कोर बनाएको थियो। जुन यु१९ विश्वकप इतिहासकै चौथो ठुलो योगफल पनि हो ।

त्यस्तै ओपनर हसिथा बोयागोदाले यु-१९ विश्वकप तथा यु-१९ एकदिवसीय क्रिकेटको सर्बाधिक ब्याक्तिगत स्कोर पनि बनाए । उनले केहि दिन अघि न्युजिल्याण्डका जाकोब भुलाले केन्याबिरुद्द नै बनाएको १८० रनको किर्तिमान तोडेका हुन् ।

पपुवा न्यु गिनी थोमस ओचिंगले ४५ रन बनाएपनि मात्र १०८ रन बनाउदा ३५ ओभरमा सबै विकेट गुमाउदै बिशाल ३११ रनले पराजित हुन पुग्यो। श्रीलंकन बलर हरेन बुद्दिलाले ४ विकेट लिए।

यु-१९ विश्वकपको सर्बाधिक व्यक्तिगत स्कोर

१९१, हसिथा बोयागोदा (श्रीलंका) Vs केन्या २०१८

१८०, जाकोब भुला (न्युजिल्याण्ड) Vs केन्या  २०१८

१७६, दोनोवान पागोन (वेस्ट इन्डिज) Vs स्कटल्याण्ड   २००२

१७४, दान लोरेन्स (इंग्ल्याण्ड) Vs फिजी २०१६

दोश्रो खेल: वेस्ट इन्डिजको आएरल्याण्ड बिरुद्ध कठिन जित 

आजनै सम्पन्न अर्को खेलमा भने वेस्ट इन्डिजले आएरल्याण्ड बिरुद्ध ४ विकेटको रोमान्चक जित हात पारेको छ।

आएरल्याण्डले दिएको २७९ रनको पछ्याएको वेस्ट इन्डिजले ६ विकेट गुमाउँदै नतिजा आफ्नो हात पार्यो। वेस्ट इन्डिजको जितमा निएम योंग (५५ रन) , भाष्कर यादरम (५३ रन) र कप्तान इमानुएल स्तेवार्ट (५० रन) ले अर्धशतकको पारी खेलेका थिए। बलिंगतर्फ म्याक्स नेविलले २ विकेट चट्काए ।

यस अघि टस जितेर ब्याटिंग गरेको आएरल्याण्डले ५० ओभर ब्याटिंग गर्दै २७८ रन जोडेको थियो । उसका लागि निल रकले ९१ र कप्तान ह्यारी तेक्टरले ६९ रनको योगदान गरेका थिए। वेस्ट इन्डिजका लागि जियाभोर रोयलले ३ विकेट लिए ।

बुधबार हुने खेल

क्वाटरफाइनल २: पाकिस्तान Vs दक्षिण अफ्रिका

 

( फोटोहरु – आईसीसी )

samraat maharjan

Cricket is Life.Believe in your ability and Follow you passion. Never give up

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy