मधेस प्रदेशलाई भिएक्सएलको साथ

काठमाडौँ । मधेस प्रदेश क्रिकेट संघलाई टाइटल स्पोन्सरको रूपमा भिएक्सएल एजुकेसनले एक वर्षका लागि अनुबन्ध गरेको छ।

जनकपुरका रहेको यस भिएक्सएल एजुकेसनले एक बर्षको लागि अनुबन्धन गरेको हो।

सम्झौतामा भिएक्सएल एजुकेसन म्यानेजिङ डायक्टर मणि चन्द साह, मधेस प्रदेश क्रिकेटका अध्यक्ष सुनिल महासेठ, आयुष श्रेष्ठ (सचिव), सुवास जैसवाल (कोषाध्यक्ष), यस्तै, टिमका कप्तना अनिल कुमार साह लगायत खेलाडीहरु उपस्थित रहेको थियो।

यस्तै मधेश प्रदेश क्रिकेट संघले प्रदेशबाट खेल्ने १० खेलाडीलाई सेन्ट्रल कन्ट्र्याक्टमा राखेको छ। प्रदेशबाट खेलिरहेका र नेपाल क्रिकेट संघ (क्यान)को सेन्ट्रल कन्ट्र्याक्टमा नरहेका २ महिलासहित १० खेलाडीलाई सेन्ट्रल कन्ट्र्याक्टमा राखेको हो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy