वडा स्तरीय क्रिकेटमा बिवेकको शतक तथा महवुवको छक्काको बर्षा

१४ बैशाख राजबिराज ।
राजबिराज नगरपालिका वडा नं. ५ को मुख्य प्रायोजन तथा लायन्स क्रिकेट क्लबको आयोजनामा संचालित दोश्रो वडा स्तरीय क्रिकेट प्रतियोगिता अन्र्तगतको चौथो दिनको खेलमा वडा नं ४ ले वडा नं. ७ लाई सुपर ओभरमा २७ रनले तथा वडा नं. ५ ले वडा नं. ९ लाई ९४ रनले पराजित गरेको छ ।
पबिमाबिको क्रिकेट मैदानमा संचालित प्रतियोगिता अन्र्तगतको चौथो दिनको पहिलो खेलमा वडा नं. ७ ले टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा १९ ओभर ३ बलमा सवै बिकेट गुमाई १ सय ३६ रनको योगफल तयार पारेका थिए । वडा नं. ७ का लाागि समसाद आलम ३०, चन्द्र प्रकास मेहताले २९ र अमर यादवले बिष्फोटक २६ रनको योगदान दिएका थिए भने बलिंग तर्फ वडा नं. ४ का तर्फबाट रेवति रायले ३ तथा अनिल यादव र प्रमोद रजकले सामान २ बिकेट लिएका थिए । त्यसै गरि उपेन्द्र राय र महवुव आलमले सामान १ बिकेट लिएका थिए ।
१ सय ३७ रनको लक्ष्य लिई मैदानमा ओर्लेको वडा नं. ४ ले २० औ ओभरमा सम्पुर्ण बिकेट गुमाई १ सय ३६ रननै बनाए पछि खेल सुपर ओभरमा गएको थियो । वडा नं. ४ का लागि किर्तिमानी महवुव आलमले ३७, अनिल यादव २७, उपेन्द्र राँय २२ तथा रोशन साहले १४ रनको योगदान दिएका थिए भने बलिंग तर्फ उदित राँय र खुर्सेद आलमले सामान ३ तथा प्रियांस श्रेष्ठ र अजय गुप्ताले समान १ बिकेट लिएका थिए ।
सुपर ओभरमा गएको खेलमा महवुव आलमले वडा नं. ७ का बौलर जितेन्द्र मण्डलको ५ बलमा लगातार ५ छक्का हान्दै ३५ रनको चुनौति वडा नं. ७ लाई दिए पछि वडा नं. ९ का खेलाडि निरिह हुदै ७ रनमै समेटिएको थियो । खेलको म्यान अफ द म्याच वडा नं. ४ का महवुव आलम घोषित भएका थिए ।
शनिवार नै सम्पन्न एक अर्को खेलमा वडा नं. ५ ले निर्धारित २० ओभरको खेलमा बिवेक यादवको ५३ बलमा ७ चौक्का र ८ छक्काको मद्धतले १ सय रन बनाएपछि ९ बिकेटको नोक्सानीमा १ सय ८७ रनको योगफल तयार पारेका थिए । बिवेक बाहेक टिमका लागि राधेश्याम साह २६ तथा गजेन्द्र माझीले १५ रनको योगदान दिएका थिए । बलिंग तर्फ वडा नं. ९ का तर्फबाट प्रहलाद चौधरीले ३ तथा ईक्वाल डिसि, उज्जवल यादव र मो.सादिकले सामान २ बिकेट लिएका थिए ।

१ सय ८८ रनको बिशाल लक्ष्य लिई मैदानमा ओर्लेको वडा नं. ९ का खेलाडि १८ ओभर ५ बलमा सम्पुर्ण बिकेट गुमाई ९३ रनमै समेटिएको थियो । वडा नं. ९ का लागि अमर यादव १६, सुमित यादव १३ र प्रविन साहले १० रनको योगदान दिएका थिए भने बलिंग तर्फ मनिश दासले ३ तथा राधेश्याम साहले २ बिकेट लिएका थिए । त्यसै गरि बिवेक यादव, गुणानन्द राय र गजेन्द्र माझीले सामान १ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच वडा नं. ५ का तर्फबाट बिष्फोटक ब्याटिंग गर्ने बिवेक यादव घोषित भएका थिए ।
प्रतियोगिता अन्र्तगत आईतवार हुने पहिलो खेल वडा नं. ३ ले वडा नंं. ७ बिरुद्ध खेल्नेछ भने दोश्रो खेल वडा नं. ९ ले वडा नं. १४ बिरुद्ध खेल्ने जानकारी आयोजक समितिका गंगासागर गुप्ताले जानकारी गराएका थिए ।





थप समाचार

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी सेमीफाइनलमा

घोडाघोडी क्रिकेट एकेडेमी कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को समुह ‘सी’ बाट सेमीफाइनल पुगेको छ। यस अघि […]

राष्ट्रिय नेत्रहिन महिला क्रिकेट टोलिको विदाई, नेपाली राइनोजको सहयोग

डिसेम्बर १० देखि १६ सम्म भारतको मुम्वाईमा संचालनमा हुने ‘इन्डो-नेपाल’ दुई देशिय नेत्रहिन महिला क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली नेत्रहीन […]

एलपीएल : युथ अफ टिकापुर सेमीफाइनलमा, रुपेशको आक्रामक अर्धशतकमा गरुडा विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत सातौँ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

राजबिराज च्याम्पसले उचाल्यो पहिलो जिल्ला स्तरीय महिला क्रिकेट प्रतियोगिताको ट्रफि

२२ मंसिर राजबिराज । सबल नेपालको मुख्य आयोजना तथा सप्तरी क्रिकेट संघको समन्वयमा राजबिराज स्थित पबिमाबिको क्रिकेट मैदानमा पाँचौ महिनावारी […]

यू-१९ एसिया कप : ब्याटिंग नचल्दा पाकिस्तानसँग नेपाल पराजित

एसिसी यू-१९ एसिया कपमा पाकिस्तानले नेपाललाई ७ विकेटले पराजित गरेको छ। शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले दिएको १ सय […]

एलपीएल : युथ अफ टिकापुर, धनगढी स्पोर्ट्स क्लब सेमीफाइनल नजिक

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत छैठौं दिन शुक्रबार सम्पन्न दुई खेलमा युथ अफ […]