एकतर्फि खेलमा वडा नं. २ र ३ सजिलै ९ बिकेटले बिजयी

१३ बैशाख राजबिराज ।
राजबिराज नगरपालिका वडा नं. ५ को सहयोग तथा लायन्स क्रिकेट एकेडमीको आयोजनामा संचालित दोश्रो वडा स्तरीय क्रिकेट प्रतियोगिताको तेश्रो दिन वडा नं. २ ले वडा नं. १४ लाई ९ बिकेटले तथा
प.बि.मा.बि.को क्रिकेट मैदानमा संचालित प्रतियोगिता अन्र्तगत तेश्रो दिनको पहिलो खेलमा वडा नं १४ ले टस जिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै वडा नं. २ का घातक बलिंग सामु निरिह हुदै निर्धारित २० ओभरको खेलमा १३ ओभर २ बलमा सम्पुर्ण बिकेट गुमाई ५६ रनमै समेटिएको थियो । वडा नं. २ का लागि अशोक मेहताले २, सिमान्त राय र प्रमोद यादवले सामान २ तथा बिजय मण्डल र दर्पण झाले सामान १ बिकेट लिएका थिए । वडा नं. १४ का लागि बिशो मण्डल १४ बाहेक कसैले दोहोरो अंक छुन सकेका थिएन ।
५७ रनको झिनो लब्य लिई मैदानमा ओर्लेको वडा नं. २ ले उक्त लक्ष्य ४ ओभर ४ बलमा १ बिकेटको नोक्सानीमा सजिलै भेटाएका थिए । वडा नं. २ का लागि बिजय मण्डलले नटआउट २४ तथा सिमान्त रायले १४ रनको योगदान दिएका थिए । वडा नं. १४ का लागि मिथलेश मण्डलले १ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच वडा नं. २ का अशोक मेहता घोषित भएका थिए ।
प्रतियोगिता अन्र्तगत नै तेश्रो दिन भएको दोश्रो खेलमा वडा नं. ८ ले टस जिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ७ बिकेटको नोक्सानीमा ९९ रनको योगफल तयार पारेका थिए । वडा नं. ८ का तर्फबाट रवी राय ४२ तथा मुकेश यादव १५ बाहेक कसैले दोहोरो अंक छुन सकेका थिएन । बलिंग तर्फ वडा नं. ३ का तर्फबाट अमित यादवले ३ र प्रशान्त राईले २ तथा रोहित सिंह र राज रोयले सामान १ बिकेट लिएका थिए ।
१०० रनको चुनौति लिई मैदानमा ओर्लेको वडा नं. ३ ले उक्त लक्ष्य सजिलै ११ ओभर ५ बलमा १ बिकेटको नोक्सानीमा भेटाएका थिए । वडा नं. ३ का तर्फबाट अमल दासले ३९ बलमा ५ चौक्का र ४ छक्काको मद्धतले नटआउट रहि ५६ रनको योगदान दिएका थिए भने निरज यादवले नट आउट रहि २२ रनको योगदान दिएका थिए । १ मात्र विकेट वडा नं. ८ का तर्फबाट मनिश मण्डलले लिएका थिए । खेलको म्यान अफ द म्याच वडा नं. ३ का अमल दास घोषित भएका थिए ।
प्रतियोगिता अन्र्तगत शुक्रवार पहिलो खेल वडा नं. ४ र वडा नं. ७ बिच तथा दोश्रो खेल वडा नं. ५ र वडा नं. बिच हुने जानकारी आयोजक समितिका गंगासागर गुप्ताले गराउनु भएको थियो ।





थप समाचार

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]