के हो मार्की प्लेयर ?

  • विकेटनेपाल, २३ भदौ

एभरेस्ट प्रिमियर लिगले शुक्रबार याक एण्ड यति होटलमा आयोजित पत्रकार सम्मेलनमाझ प्रतियोगिताको ६ वटा टिम र टिमको मार्की प्लेयरको नाम सार्वजनिक गरेको छ ।

लिगको यो सिजनमा टिमहरु सहर केन्द्रित छन् भने प्रत्येक टिमले १-१ जना खेलाडी मार्की प्लेयरको रुपमा आफ्नो टिममा राखेको छ ।

के हो मार्की प्लेयर ? 

प्रत्येक टिमले आफ्नो टिमको प्रतिकको रुपमा मार्की प्लेयर राखेको छ। काठमाडौँ किंग्स ११ को मार्की खेलाडी सोमपाल कामि रहेका छन्, ललितपुर प्याट्रियट्सको मार्की ज्ञानेन्द्र मल्ल, बिराटनगर वारियर्सको मार्की पारस खड्का, भैरहवा ग्ल्याडीयटर्सको मार्की शरद भेसावकर, पोखरा राइनोजको मार्की शक्ति गौचन तथा चितवन टाइगर्सको मार्की दिपेन्द्र ऐरी रहनेछन् ।

प्रतियोगिता निर्देशक आमिर अख्तरका अनुसार मार्की प्लेयर अक्सनमा सहभागी हुनेछैन । मार्की प्लेयरलाई प्रत्येक टिमले निम्नतम २ लाख रुपैयाँ प्रदान गर्नेछ। २ लाख निम्नतम भनिएता पनि टिम र खेलाडीको सम्झौता अनुसार उनीहरुले बढी मूल्य पनि पाउन सक्ने अख्तरले विकेटनेपाललाई बताए ।

मार्की प्लेयर घोषित भएका भैरहवा लेजेन्ड्सका शरद भेसावकरले पनि अख्तरकै भनाइ दोहोर्याऊदै टिम र आफु बीच रकमबारे  गोप्य सम्झौता भएको जुन खुलाउन आयोजकले अनुमति नदिएको बताएका छन्। यस्तै अर्का मार्की खेलाडी काठमाडौँ किंग्स ११ का सोमपाल कामिले टिम र आफु बीच भेटघाट भएको तर निम्नतम बाहेक अरु सम्झौता नभईसकेको बताएका छन् ।

मार्की प्लेयर ३ बर्ष एकै टिममा रहनुपर्नेछ र अक्सनमा सहभागी हुने छैनन् । प्रत्येक टिमले आफ्नो मार्की प्लेयर आफैले चुनेको बताईएको छ।

मार्की प्लेयरनै कप्तान हो ?

टिमको महत्वपूर्ण खेलाडी खेलाडी रहने भएता पनि मार्की प्लेयर टिमको कप्तान नरहन पनि सक्ने ईपीएल आयोजकले बताएको छ। तर मार्की प्लेयर रहीसकेपछि उनले टिममा को खेलाडी ल्याउने, टिमको समीकरण लगायत कुरामा सहयोग पुर्याउनेछ।

एभरेस्ट प्रिमियर लिगको खेलाडीहरु अक्सनद्वारा चुनिने हुँदा त्यसमा खेलाडीहरुको चयन गर्न टिम मालिकलाई मार्की प्लेयरले सघाउने छन्।

शक्ति गौचन खरा राइनोजका मार्की खेलाडी

सोमपालको खुसि   

आफुलाई मार्की प्लेयरको रुपमा चयन गरेकोमा काठमाडौँ किंग्स ११ का सोमपाल कामिले खुसि ब्यक्त गरेका छन्। सोमपालले आफ्नो धारणा राख्दै आफुलाई सुरुमा अपत्यारिलो लागेको र उक्त कुरा सुनेपछि पत्यार नलागेर पारस खड्कालाई के हो यो ? भनेर सोधेको घोषणा कार्यक्रममा बताएका थिए ।

शक्तिको शहरमा शरद मार्की

खेलाडीको आफ्नो शहर अनुसार एभरेस्ट प्रिमियर लिगको टिममा मार्की प्लेयर छैनन् । शक्ति गौचन भैरहवाको भए पनि पोखरा राइनोजका मार्की रहेका छन् । उता शरद भेसावकर भने भैरहवाको मार्की खेलाडीको रुपमा रहनेछन्। सोमपाल गुल्मीका हुन् मार्की काठमाडौँ किंग्स ११ का । पारस खड्का काठमाडौँका हुन् तर बिराटनगर वारियर्सका मार्की खेलाडी छन् । यस्तै दिपेन्द्र ऐरी कंचनपुरका हुन् तर चितवन टाइगर्सका मार्की खेलाडी छन्।

मार्की खेलाडी घोषणा कार्यक्रममा शक्ति गौचनले यही कुरालाई इंगित गर्दै आफ्नो शहरमा शक्ति गौचन कप्तान हुँदा अर्कै महसुस भएता पनि एउटा ठाउँको भएर अर्को ठाउँको सेवा गर्नुपर्छ भन्ने धारणा राखेर खेल्ने बताएका थिए ।

टिम – मार्की खेलाडी – मालिक

काठमाडौँ किंग्स ११ – सोमपाल कामि- रोहित गुप्ता
ललितपुर प्याट्रियट्स – ज्ञानेन्द्र मल्ल – किशोर महर्जन
बिराटनगर वारियर्स – पारस खड्का – बिशाल अग्रवाल
भैरहवा ग्ल्याडीयटर्स – शरद भेसावकर – आदित्य सांघाई
पोखरा राइनोज  – शक्ति गौचन – शाहील अग्रवाल
चितवन टाइगर्स – दिपेन्द्र ऐरी – किशोर भट्टराई

पारस खड्का बिराटनगर वारियर्सका मार्की खेलाडी

 

शरद भेसावकर भैरहवा ग्ल्याडीयटर्सका मार्की खेलाडी
ज्ञानेन्द्र मल्ल ललितपुर प्याट्रियट्सका मार्की खेलाडी
मार्की खेलाडीहरु टिम मालिकहरुसंग
मार्की खेलाडीहरु टिम मालिकहरुसंग




थप समाचार

गण्डकी सुपर ओभरमा विजयी

काठमाडौं । गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध सुपर ओभरमा विजयी भएको छ। सिद्धार्थ क्रिकेट […]

दिल्ली र लखनउ भिड्दै

काठमाडौँ । १८औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स प्रतिस्पर्धा गर्दैछन्। विषाखापटनमा यी […]

मुम्बईविरूद्ध चेन्नईको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले जित निकालेको छ। आईपीएलको १८औं […]

इशानकाे आक्रामक शतकमा राजस्थानलाई २८७ रनको लक्ष्य

काठमाडौँ । मध्य क्रमका ब्याटर इशान किसनकाे आक्रामक शतकमा सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) नयाँ सिजनको पहिलो खेलमा राजस्थान […]

एपीएफ ३१ रनले विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफ क्लबले गण्डकी प्रदेशलाई ३१ रनले पराजित गरेको छ। […]

कोशीविरुद्ध सुदूरपश्चिम ३१ रनले विजयी

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा कोशी प्रदेशमाथि ३१ रनको जित हासिल गरेको छ। देउखुरी […]