क्यानडालाई हराउँदै नेदरल्यान्ड्स शीर्षमा

एजेन्सी – क्यानडालाई हराउँदै नेदरल्यान्ड्सले विश्वकप लिग टु सिरिजको शीर्ष स्थानमा उक्लिएको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत नेदरल्यान्ड्समा अमेरिका, क्यानडा र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको जारी छ । त्रिकोणत्मक सिरिजको चौथो खेलमा घरेलु टोलीले क्यानडामाथि जित हात पारेको हो ।

नेदरल्यान्ड्सको हजेलारवेग, रोटरडैम भएको खेलमा घरेलु टोलीले क्यानडामाथि ६३ रनको जित हात पारेको हो । नेदरल्यान्ड्सले दिएको २ सय २१ रनको मध्यम लक्ष्य पछ्याएको क्यानडा ३५.४ ओभरमा अल आउट हुदै १ सय ५७ रन मात्र बनाउन सक्यो ।

क्यानडाका लागि विकेटकिपर ब्याटर श्रेयस मोभ्भाले ७२ बलमा अविजित रहँदै सर्वाधिक ४७, ओपनर ओरोन जोनसनले ३२, अर्का ओपनर दिलप्रित बाज्वाले २० रन जोडे । कप्तान साद विन जाफरले २३ बलमा १२, डेलिन हेलिङ्गरले २० बलमा १४, प्रगत सिंहले ५ रन जोडे ।

एक समय ५९ रनमा कुनै विकेट नगुमाएको क्यानडा सहज जित तर्फ उन्मुख रहेको थियो । तर, त्यसपछि ११ रन जोड्दा महत्वपूर्ण ६ विकेट गुमाउनु नै उसको हारको कारण बन्यो । नेदरल्यान्ड्सका पल भान मेकरमले ९.४ ओभरमा २८ रन खर्चिएर ५ विकेट लिए । भिभियन किंग्माले ३ तथा आर्यान दत्त र शरिज अहमदले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले ४७.२ ओभरमा २ सय २० रन बनाउदै अल आउट भयो । नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवाडर्सले सर्वाधिक ७२ रन जोडे । उनले ९४ बलमा ३ चौका प्रहार गरेका थिए । नोह क्रोसले ४४ बलमा ३१, विक्रमजित सिंहले २३ बलमा २५, म्याक्स ओडाउडले २७ बलमा १८, काइल क्लेनले १५ बलमा १० तथा शरिज अहमदले २७ बलमा १९ रन जोडे ।

क्यानडाका लागि कलिम सानाले ४, हर्ष ठाकर र डेलिन हेलिङ्गरले समान २ तथा जुनैद सिद्धिकी र कप्तान निकोलस किर्तनले समान १ विकेट लिए ।

८ टोली सहभागी लिग टु को अंक तालिकामा नेदरल्यान्ड्स ७ खेलमा १० अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । स्कटल्यान्ड ९ अंकका साथ दोस्रो स्थानमा झरेको स्थानमा रहेको छ । पराजित क्यानडा ८ अंकका साथ तेस्रो स्थानमा झरेको छ ।

अंकतालिकामा २ अंकका साथ नेपाल सातौं स्थानमा छ । लिग टुको शीर्ष चार टोलीले सन् २०२७ हुने ओडिआई विश्वकप छनोटमा स्थान बनाउने छन् ।





थप समाचार

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]

दिल्लीको पहिलो हार

काठमाडौँ । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो हार बेहोरेको छ। आइतबार सम्पन्न खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई […]