महिला एसिया कप : सेमिफाइनल समिकरण पूरा

काठमाडौं । एसिसी महिला टी-२० एसिया कपको सेमिफाइनल समिकरण पूरा भएको छ ।

समूह चरणको अन्तिम खेलमा बुधबार घरेलु टोली श्रीलंकाले थाइल्यान्डविरुद्ध १० विकेटको सानदार जित निकालेसँगै सेमिफाइनल समिकरण पूरा भएको हो ।

शतप्रतिश जितसँगै तीन खेलबाट ६ अंक जोड्दै श्रीलंका समूह ‘बी’ को शीर्ष स्थानमा रहेर सेमिफाइनल प्रवेश गरेको छ । समूह बी बाट नै बंगलादेश उपविजेताका रूपमा सेमिफाइनल पुग्यो ।

यस्तै, समूह ए बाट शतप्रतिशत जितका साथ शीर्ष स्थानमा रहँदै भारतले सेमिफाइनलमा स्थान बनाएको छ । पाकिस्तान तीन खेलमा दुई खेल जितेर समूह उपविजेता बन्दै सेमिफाइनलमा पुग्यो ।

शुक्रबार हुने सेमिफाइनलमा समूह ए को विजेता भारतले समूह बी को उपविजेता बंगलादेशसँग पहिलो सेमिफाइनल खेल्नेछ । त्यस्तै, समूह बी को विजेता श्रीलंकाले समूह ए को उपविजेता पाकिस्तानको सामना गर्नेछन् ।

दुबै सेमिफाइनलको विजेताबीच आईतबार उपाधीका लागि खेल हुनेछ ।





थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]