एसिया कपको लागि प्रारम्भिक टोलीको घोषणा

काठमाडौं । श्रीलंकामा जुलाई १९ बाट सुरु हुने महिला एसिया कपका लागि नेपालले २८ जनाको प्रारम्भिक टोलीबाट आठ खेलाडी हटाएर दोस्रो चरणको टोली घोषणा भएको छ ।

ईन्दु बर्माको कप्तानीमा बुधबार नेपाल क्रिकेट संघ (क्यान) ले २० सदस्यिय दोस्रो चरणको प्रारम्भिक टोलीको घोषणा गरेको हो । यस टोली प्रारम्भिक टोलीमा रहेका आठ खेलाडी हटेका छन् ।

प्रतियोगितामा आठ टोलीको सहभागीता रहेको छ । सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल एसीया कपमा समूह ए मा रहेको छ ।

नेपालको समूहमा भारत, पाकिस्तान र युएई रहेका छन् । समूह बी मा बंगलादेश, मलेसिया, श्रीलंका र थाईल्यान्ड रहेका छन् ।

नेपालको प्रारम्भिक टोली

ईन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सिता रानामगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ, पूजा महतो, डली भट्ट, बिन्दु रावल, ममता चौधरी, कृतिका मरासिनी, राजमती ऐरी, सबनम राई, रुवि पोदार, लक्ष्मी साउद, अलिसा खडिया, अप्सरी बेगम,रोमा थापा, अस्मिना कर्माचार्य

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy