आइसिसीले गरायाे कोहलीलाई जरीवाना

काठमाडौं । भारतीय क्रिकेट टोलीका पुर्व कप्तान विराट कोहलीलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले जरीवाना गरेको छ।

मेलवर्नमा जारी रहेको बोर्डर गावास्कर ट्रफी अन्तर्गतको चौथो टेस्टमा अस्ट्रेलियाका १९ वर्षीय खेलाडी साम कोन्स्टाससँग विवाद भएपछि कोहलीलाई म्याच फीको २० प्रतिशत जरिवाना र एक डिमेरिट प्वाइन्ट दिइएको हो।

सो घटना बिहीवार खेलको दशौं ओभरपछि भएको थियो। त्यस समय कोहली र कोन्स्टासको ओभरको बीचमा पिचपार गर्ने क्रममा काँधमा ठोक्किएका थिए।कोन्स्टासका ओपनिङ पार्टनर उस्मान ख्वाजा र अम्पायर माइकल गफले बीचैमा रोकेर विवाद लाई छोट्याएका थिए।

कोहलीलाई आइसिसीको आचार संहिताको लेभल १ उल्लङ्घन गरेको आरोपमा जरीवाना गरिएको हो।





थप समाचार

एपिएलको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने

अर्घाखाँचीमा जारी अर्घाखाँची प्रिमियर लिग (एपिएल) क्रिकेटको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने भएका छन् । सन्धिखर्कमा चलिरहेको […]

त्रिवि क्रिकेट मैदानमा कलाकार र नेताहरुबीच मैत्रीपूर्ण खेल

काठमाडौं । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिद्वारा आयोजित अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगिताको पूर्वसन्ध्यामा मैत्रीपूर्ण खेलको आयोजना गरिएको छ। […]

प्रधानमन्त्री कप : सुदूरपश्चिम ९ बलमै विजयी

काठमाडौं । धनगढीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश ९ बलमा नै विजयी भएको छ। फाप्ला […]

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने, देशभरका ८ वटा क्लबले सहभागीता जनाउने

धनगढी, माघ ०३ : क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा […]

पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार […]