बंगलादेशलाई नेपालले दियो ५३ रनको लक्ष्य

२०८१ माघ ५, शनिबार १३:४७

काठमाडौँ । आइसिसी यु–१९ महिला टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशलाई ५३ रनको लक्ष्य दिएको छ।

युकेएम क्रिकेट ओभल, बाँगी, मलेसियामा टस हरेर पहिले ब्याटिङ गरेको नेपालले १८.२ ओभरमा सबै विकेट घुमाएर ५२ रन मात्रै बनाउन सक्यो।

नेपालका लागि ब्याटिङतर्फ साना प्रविनले सर्वाधिक १२ रन बनाइन्। उनले ३२ बलको सामना गर्दै १२ ओभरको अन्तिम बलमा १९ रन बनाउँदै बमेल्ड आउट भइन्। यस्तै सिमाना केसीले १० रन बनाइन्। नेपालका पाँच खेलाडी रन आउट भएका थिए।

बंगलादेशका जनाथन माओलाले २ तथा अनिसा सोवा, फोयोमोदी चोया र निशीता अख्तरले समान १ विकेट लिए ।

विश्वकपमा डेब्यु खेल खेल्दै गरेको नेपाल जितका साथ प्रतियोगिता सुरु गर्न दाउमा छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy