मलेसियाले नेपालसँग विश्वकप छनोट खेल्ने

काठमाडौं । मलेसिया टि ट्वान्टी विश्वकप २०२६ को एसियाली तथा पुर्वी एसियाली क्षेत्रीय छनोटका लागि छानिएको छ । सोमवार मंगोलियालाई पराजित गर्दै मलेसिया एसियाली तथा पुर्वी एसियाली छनोटका लागि छानिएको हो ।

विश्वकपको एसियाली तथा पुर्वी एसियाली क्षेत्रीय छनोटमा ९ टोलीको सहभागीता रहनेछ । सन् २०२४ को टि ट्वान्टी विश्वकपमा सहभागीता जनाएको आधारमा नेपाल, पपुवा न्यु गिनी र ओमानले छनोटको फाइनल चरणका लागि सिधै छानिएका थिए । अन्य ६ टोलीले भने विभिन्न उपक्षेत्रीय छनोट पार गरेर आउनु पर्ने हुन्छ ।

पुर्वी एसिया प्रशान्त क्षेत्रबाट समूह ए छनोटबाट समाओ छनोट भई सकेको छ । समूह बी को छनोट भने सेम्टेम्बरको अन्तिममा हुनेछ । एसियामा पनि उपक्षेत्रीय छनोटमा समूह ए र बी रहेका छन् । एसियाका उपक्षेत्रीय छनोटमा हरेक समूहबाट समान २ राष्ट्र छनोट हुनेछन् । समूह एबाट मलेसिया छनोट भईसकेकोमा आजनै हुने कुवेत र हङकङबीचको विजेता पनि छनोट हुनेछ । एसियाको समूह बी को छनोटको भने मिती र स्थान तय भएको छैन ।

एसियाली छनोटमा ९ देशको सहभागीता रहने र शीर्ष ३ राष्ट्र विश्वकपका लागि छनोट हुनेछन् । सन् २०२६ को टि ट्वान्टी विश्वकप भारतमा आयोजना हुदैछ ।





थप समाचार

एनकासा इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनकासा) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]

अर्जुन ट्रफीः कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनमा डडेल्धुरा फाईनलमा

कैलाली, माघ २६ नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल चम्किएपछि फेण्ड्स युथ क्लब डडेल्धुरा क्रिकेटको शहर धनगढीमा भईरहेको अर्जुन […]

ग्रेट हिमालय काठमाडौं छनोटको उपाधि फाइनलमा

काठमाडौँ । ग्रेट हिमालय क्रिकेट एकेडेमी प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटको उपाधि नजिक पुगेको छ। मूलपानीको माथिल्लो क्रिकेट […]

आगामी पाँच वर्षभित्र नेपालले टेस्ट क्रिकेट खेल्छ : आसिफ शेख

काठमाडौँ । नेपाली क्रिकेटको विकास र भविष्यबारे विशेष चर्चा गरिएको नेपाल क्रिकेटस् संघर्षदेखि सफलताको उत्सवसम्म कार्यक्रम बिहिवार राजधानीमा सम्पन्न भएको […]