कोरोना कालमा क्रिकेट पुनः सुरु गर्न आईसीसीद्वारा नयाँ नियमहरु पारित, बल चम्काउन थुक प्रयोग प्रतिबन्ध

कोभिड-१९ महामारी पछि क्रिकेट पुनः सुरु गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषदले ( आईसीसी ) मंगलबार नयाँ नियमको घोषणा गरेको छ।

आईसीसीले टेस्ट म्याचको दौरान कुनै पनि खेलाडीमा कोरोना संक्रमणको लक्ष्य पाइएको खण्डमा उसको स्थानमा खेलाडी प्रतिस्थाप गर्ने, बल चम्काउन थुकको लार प्रयोग गर्न अस्थाई प्रतिबन्ध गर्ने, अन्तर्राष्ट्रिय सिरिजमा स्थानीय अम्पायर प्रयोग गर्न पाइने जस्ता निर्णयहरु गरेको छ। अनिल कुम्बलेले नेतृत्व गरेको आईसीसीको क्रिकेट कमिटिले मंगलबार निर्णयहरु सार्वजनिक गरेको हो।

मंगलबार तिन टेस्टको सिरिज खेल्न वेस्टइन्डिज क्रिकेट टिम इंग्ल्यान्ड पुगेकै दिन आईसीसीले निर्णयहरु सार्वजनिक गरेको हो।

आईसीसीले जारि गरेको प्रेस बिज्ञप्तिमा बताईएको छ,”कोभिड-१९ भाइरस संक्रमणको खतरालाई मध्यनजर गर्दै क्रिकेट सुरु हुँदा खेलाडी र म्याच अफिसियलको सुरक्षाको लागि नियमहरु ल्याइएको हो”

यस्ता छन् महत्वपूर्ण परिवर्तनहरु :-

कोभिड-१९ प्रतिस्थापन : टेस्ट म्याचको दौरान खेलाडीमा कोभिड-१९ को लक्षण पाइएको खण्डमा टिमले खेलाडी प्रतिस्थापन गर्न पाउनेछ। मस्तिष्क आघातको प्रतिस्थापन गर्ने परिस्थितिमा म्याच रेफ्रीले सुहाउदो विकल्पको चयन गर्नेछ। कोभीड-१९ प्रतिस्थापनको नियम टि-२० र एकदिवसीय अन्तर्राष्ट्रियमा भने लागु हुनेछैन।

बलमा थुकको लार प्रतिबन्धित : खेलाडीहरुले बल चम्काउन थुकको लार प्रयोग गर्न पाउने छैनन्। यदी कुनै खेलाडीले बलमा लार लगाएको खण्डमा अम्पायरले उक्त परिस्थिति सम्हालेर चेतावनी दिनेछन्। यदी एकै पारिमा दुइ पटक टिमले चेतावनी पाएको खण्डमा ५ रन ब्याटिंग गर्ने टिमको खातामा जोडिनेछ। बलमा लार लगाएको खण्डमा अम्पायरले त्यसलाई पुरै सफा गरेर मात्र खेल पुनः सुचारु गरिनेछ।

अ-तटस्थ अम्पायर : यात्रा गर्न प्रतिकुल परिस्थितिका कारण खेलमा तटस्थ म्याच अफिसियल हुनु पर्ने नियम अस्थाई रुपमा अन्तर्राष्ट्रिय प्लेयिंग कंडीसनबाट हटाईएको छ। आईसीसीले स्थानीय अम्पायरलाई आईसीसी इलाइट प्यानल र आईसीसी अन्तर्राष्ट्रिय प्यानलबाट म्याच अफिसियल चयन गर्नेछ।

अतिरिक्त डीआरएस रिभ्यु : आगामी परिस्थितिमा कम अनुभवी अम्पायर समेत खेलमा प्रयोग हुनसक्ने हुँदा आईसीसीले प्रत्येक इनिंगमा एक अतिरिक्त असफल डीआरएस रिभ्यु गर्न दिने भएको छ। अब टेस्टमा तिन पटक र सिमित ओभरमा २ पटक प्रति इनिंग असफल अपिल रिभ्यु हुनेछ।

अतिरिक्त लोगो : कमिटिले टेस्टमा खेलाडीको जर्सी र स्वेटरको छातिमा बढीमा ३२ स्क्वायर इन्चको लोगो र अन्य ठाउँमा तिन अरु लोगो प्रयोग गर्न दिने भएको छ। हाल टि-२० र एकदिवसीयमा मात्र छातिमा लोगो प्रयोग मान्य छ।





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]