क्लिन स्विपबाट जोगिन नेपाललाई २८५ रनको लक्ष्य

काठमाडौं । आयरल्यान्ड वल्भ्ससँगको तीन खेलको एकदिवसीय सिरिजमा क्लिन स्विपबाट जोगिन नेपाल ए ले २ सय ८५ रनको लक्ष्य पाएको छ ।

टियु क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८४ रन बनायो ।

आयरल्यान्डका लागि ओपनर स्टेफन डोहानीले १ सय २९ बलमा ८ चौका र २ छक्काको सहयोगमा १ सय ७ रनको शतकीय ईनिङ खेले । करियरको पहिलो शतक उनले १ सय २६ बलमा पुरा गरेका थिए । पिजे मोरले २५ बलमा २ चौका र ५ छक्काको सहयोगमा ४४ रन बनाए । मोर्गान टोपिङले ३६ बलमा २१ तथा फियोन ह्यान्डले २१ बलमा २० रन बनाए । गोभिन होयले १० बलमा १४ रन बनाए ।

नेपाल ए का लागि रन्जित कुमार तथा रिजन ढकालले समान तीन तीन तथा विकास आग्री र साशाब आलमले समान एक एक विकेट लिए ।





थप समाचार

मोक्षदालाई हराउँदै सैनिक आवासीय च्याम्पियन

काठमाडौं । मोक्षदा स्कुललाई पराजित गरी सैनिक आवासीय महाविद्यालय जयकुमार नाथ शाह स्मृति यु-१६ टी-२० अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको च्याम्पियन […]

राजस्थानमाथि चेन्नईको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को ६१ औं खेलमा चेन्नई सुपर किंग्सले राजस्थान रोयल्समाथि जित निकालेको […]

एपीएफको सुखद सुरुआत

काठमाडौं । ललितपुर मेयर्स कपको तेस्रो खेलमा नेपाल एपीएफ क्लबले सुखद सुरुआत गरेको छ । पहिलो खेल जितका साथ सुरुआत […]

सुदूरद्वारा ललितपुर पराजित

काठमाडौं । राजधानीमा जारी ललितपुर मेयर्स कपको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले आयोजक टोली ललितपुर मेयर्स एघारलाई डिएलएसमा पराजित गरेको छ […]

सुदूरद्वारा ललितपुरलाई १२३ रनको लक्ष्य

काठमाडौं । राजधानीमा जारी ललितपुर मेयर्स कपको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले आयोजक टोलीलाई ललितपुर मेयर्स एघारलाई जितका लागि १ सय […]

जुनियर देखि सिनियर सोमपालको विश्वकप यात्रा..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट ईन्डिजमा संयुक्त रुपमा आयोजना हुदै गरेको टी-२० विश्वकप खेल्दैछ । नेपालले दश […]