थाइल्यान्डमाथि नेदरल्यान्ड्सको जित

काठमाडौं । त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय शृंखलामा थाइल्यान्डमाथि नेदरल्यान्ड्सले एक विकेटको रोमाञ्चक जित दर्ता गरेको छ।

त्रिवि क्रिकेट मैदानमा बिहिवार थाइल्यान्डले दिएको ११० रनको लक्ष्य नेदरल्यान्ड्सले अन्तिम बलमा ९ विकेट गुमाउँदै पूरा गर्यो। नेदरल्यान्ड्सका लागि फेबे मोल्केनबोएरले ३२, रोबिन रिज्केले २० र स्टेर कालिसले १४ रन बनाए।

थाइल्यान्डका लागि थिपाच्चा पुथावोङले चार, ओनिचा कामचोम्फुले तीन र फनिता मायाले दुई विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको थाइल्यान्डले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १०९ रनको योगफल तयार पारेको थियो। थाइल्याल्डका लागि नाथकन चन्थमले ३६, चनिदा सुथिरुङले ३२, कप्तान नारुमोल चाइवाईले १५ र सुवानन खियाओटोले अविजित १० रन बनाए।

नेदरल्यान्ड्सका लागि आइसिज आइरिस ज्वीलिङले तीन तथा हेथर सेगर्सले दुई विकेट लिए।

जितसँगै ६ खेलमा आठ अंक जोडेको नेदरल्यान्ड्सले उपाधि सम्भावनालाई कायमै राखेको छ। पहिलो पराजय ब्यहोरेको थाइल्यान्डको पनि पाँच खेलबाट आठ अंक नै छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy