नामिबियामाथि नाइजेरियाको रोमान्चक जित

काठमाडौं । नामिबियामाथि नाइजेरियाले रोमान्चक जित निकालेको छ ।

घानामा जारी अफ्रिकन क्रिकेटमा नाइजेरियाले नामिबियामाथि ३ विकेटको जित हात पारेको हो ।

नामिबियाले दिएको १ सय २२ रनको लक्ष्य नाइजेरियाले निर्धारित २० ओभरको अन्तिम बलमा ७ विकेट गुमाएर पूरा गरेको थियो ।

सिल्भेटर आकले अन्तिम बलमा छक्का प्रहार गर्दै जित दिलाएका थिए । अन्तिम बलमा जितका लागि २ रन चाहिएको अवस्थामा आकले छक्का प्रहार गरेरका थिए ।

नाइजेरियाको जितमा आइसेक डिनलारीले २८ तथा सिल्भेटर आकले अविजित २२ रन बनाए ।

नामिबियाका लागि जान निको लेफ्टी इटोनले ३ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय २१ रन बनाएको थियो ।

नामिबियाले दुई साता अघि मात्र नेपाललाई घरेलु मैदानमा पराजित गरेको थियो ।





थप समाचार

हैदराबादमाथि चेन्नईको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४६ औं खेलमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादमाथि सहज जित हात पारेको […]

गायकवाड शतकबाट चुक्दा हैदराबादले पायो २१३ रनको लक्ष्य

काठमाडौं । कप्तान ऋतुराज गायकवाड शतकबाट २ रनले चुक्दा १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४६ औं खेलमा चेन्नई सुपर […]

ज्याक्सको शतकमा बेंगलुरुको लगातार दोस्रो जित

काठमाडौं । विल ज्याक्सको शतकीय इनिङको सहयोगमा १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आईपीएल) को ४५ औं खेलमा रोयल च्यालेनजर्स बेंगलूरुले […]

रोहितको अर्धशतक बाबजुद नेपाल पराजित

काठमाडौं । कप्तान रोहितकुमार पौडेलको अर्धशतक बाबजुद नेपाल र वेस्ट इन्डिजबीचको पाँच खेलको टी-२० सिरिजको दोस्रो खेलमा नेपाल पराजित भएको […]

वेस्ट इन्डिजविरुद्ध नेपालको कसिलो बलिङ, नेपालले पायो १६१ रनको लक्ष्य

काठमाडौं । नेपाल र वेस्ट इन्डिजबीचको पाँच खेलकाे टी-२० सिरिजको दोस्रो खेलमा नेपालले कसिलो बलिङको सहयोगमा १ सय ६१ रनको […]

नेपालले टस हार्‍यो, कमल बेन्चमा

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पहिलो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]