नेपालको लगातार दोस्रो जित, भुटानमाथि सहज जित

काठमाडौं । मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ ।

आफ्नो दोस्रो खेलमा नेपालले भुटानलाई पराजित गरेको हो । वायोमास ओभलमा भएको खेलमा नेपाल ८ विकेटले विजयी भएको हो ।

भुटानले दिएको ६६ रनको लक्ष्य नेपालले ११ दशमलब ५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।

नेपालका लागि सीता रानामगरले ३७ बलमा ३२ रन बनाईन् । रुबिना क्षेत्रीले २४ बलमा १७ रन बनाईन् । तेस्रो विकेटका लागि सीता र रुबिनाबीच अविजित ४८ रनको साझेदारी भएको थियो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ६५ रन बनाएको थियो ।

भुटानका लागि ओपनर नवाङ चोदेनले २५ तथा डेन्छन वान्मीले १७ रन बनाईन् ।

नेपालका लागि कप्तान ईन्दु बर्मा,सीता रानामगर, कविता जोशी र कविता कुँवरले समान एक एक विकेट लिए ।

नेपालले समूह चरणको अन्तिम खेलमा १३ फेब्रुअरीमा माल्दिभ्सको सामना गर्नेछ ।

हरेक समूहका शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउने छन् । प्रतियोगिताको फाइनल पुग्ने दुई टोलीले एसिया कपमा स्थान बनाउँने छन् ।





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]