नेपाललाई सेमिफाइनल पुग्न ७४ रनको लक्ष्य

काठमाडौं । मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा स्थान बनाउँन नेपालले ७४ रनको लक्ष्य पाएको छ ।

मलेसियाको बांगीमा टस जितेर पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७३ रन बनायो ।

कुवेतका लागि ओपनर प्रियन्दा मुरलीले ३३ बलमा २९ तथा शान्थी बालासुप्रमन्यम र खादिजा खालिलले समान १३/१३ रन बनाए । कुवेतका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि सीता रानामगरले ह्याट्रिक सहित तीन तथा रुबिना क्षेत्री र कविता कुँवरले समान दुई दुई विकेट लिए ।

नेपाल तीन खेलमा अपराजित रहेर क्वाटरफाइनलमा प्रवेश गरेको हो । समूह डी मा शीर्ष स्थानमा रहेको नेपालले समूह ए को उपविजेता कुवेतसँग खेल्न लागेको हो । कुवेतले समूह चरणमा दुई खेल जित्दा एकमा हार व्यहोरेको थियो ।

क्वाटरफाइनल विजेता भए नेपालले सेमिफाइनलमा मलेसिया र जापानबीचको विजेतासँग खेल्ने छ ।

नेपालले समूह चरणको पहिलो खेलमा हङकङलाई तथा दोस्रो खेलमा भुटानमाथि समान आठ आठ विकेटले र तेस्रो खेलमा माल्दिभ्सलाई २ सय १४ रनले हराएको थियो ।

प्रतियोगिताको फाइनल पुग्ने दुई टोलीले एसिया कपमा स्थान बनाउँने छन् । शुक्रबार प्रतियोगिताको सेमिफाइनल खेल हुनेछ ।

 





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]