नेपाललाई स्तब्ध बनाउँदै नेदरल्यान्ड्स च्याम्पियन

काठमाडौं । नेपाललाई हराउँदै नेदरल्यान्ड्सले त्रिदेशीय सिरिजको उपाधी जितेको छ ।

नेपाल, नामिबिया र नेदरल्यान्ड्स सहभागी सिरिजमा घरेलु टाेलीलाइ स्तब्ध बनाउँदै नेदरल्यान्ड्स च्याम्पियन भएकाे हाे ।

टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको फाइनल खेलमा नेपाललाई नेदरल्यान्ड्सले ४ विकेटले पराजित गर्यो ।

नेपालले दिएको १ सय ८५ रनको लक्ष्य नेदरल्यान्ड्सले १९ दशमलब ३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।

नेदरल्यान्ड्सका लागि ओपनर माईकल लिभेन्टले २९ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ५४ रनको अर्धशतकीय ईनिङ खेले । करियरको दोस्रो अर्धशतक उनले २३ बलमा पूरा गरेका थिए । अर्धशतक प्रहार गर्दै उनी कुशल मल्लको बलमा आउट भए । अर्का ओपनर म्याक्स ओडाउडले २३ बलमा २२ रन बनाए । दुवै ओपनर कुशल मल्लको बलमा आउट भएका थिए ।

साईब्रान्ड एङ्गलब्रेख्तले २९ बलमा ४८ रन बनाए । ४८ रन बनाउँदै साईब्रान्ड एङ्गलब्रेख्त कुशल मल्लको बलमा आउट भए ।

विक्रमजित सिंहले २३ बलमा ३ छक्काको सहयोगमा २९ रन बनाए । सिंह अभिनास बोहोराको बलमा कुशल मल्लबाट क्याच आउट भए ।

कुशल मल्लले नवौं ओभरमा दुई विकेट लिएसँगै खेल नेपालको पक्षमा आएको अनुमान गरिएको थियो । एघारौं ओभरमा विक्रमजित सिंहले कुशललाई नै लगातार तीन छक्का प्रहार गरेसँगै खेल नेदरल्यान्ड्सको पक्षमा गएको थियो ।

नेपालका लागि कुशल मल्लले ४ तथा अभिनाश बोहोरा र दीपेन्द्रसिंह ऐरीले समान १/१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो ।

नेपालका लागि ओपनर आसिफ शेखले ३७ बलमा १ चौका र ३ छक्काको सहयोगमा ४७ रन बनाए । ओपनर आसिफ माईकल लिभेन्टको बलमा एलबीडब्लु आउट भए । गुलसन झाले २५ बलमा ३ छक्काको सहयोगमा ३४ रन बनाए । झा फ्रेड केल्सनको बलमा आउट भए ।

कप्तान रोहितकुमार पौडेलले १९ बलमा ३ चौका र १ छक्काको सहयोगमा माईकल लिभेन्टको बलमा आउट भए । अर्का ओपनर कुशल भुर्तेलले १० बलमा १ चौका र २ छक्काको सहयोगमा २० रन बनाए ।

आज जन्मदिन मनाईरहेका कुशल मल्लले ११ बलमा ३ छक्काको २६ सहयोगमा रन बनाए । मल्ल साईब्रान्ड एङ्गलब्रेख्तको बलमा आउट भए । करण केसीले ४ बलमा १ छक्काको सहयोगमा ९ रन बनाए । केसी एङ्गलब्रेख्तको बलमा आउट भए ।

सोमपाल कामी ५ बलमा ६ रनमा अविजित रहँदा प्रतिश जिसी पनि ६ रनमा अविजित रहे ।

नेदरल्यान्ड्सका लागि साईब्रान्ड एङ्गलब्रेख्त, फ्रेड क्लासन, टिम भान डेर गुन्टेन, शरिज अहमद र माईकल लिभेन्टले समान २/२ विकेट लिए ।

 





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]