नेपालले एमसीसीसंग लर्ड्समा खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टिमले आगामी वर्ष २०२० अगस्टमा इंग्ल्याण्डको मेरिलेबन क्रिकेट क्लब ( एमसीसी ) को भ्रमण गर्ने भएको छ।

विश्वकै प्रतिष्ठित क्लब एमसीसीले आफ्नो ट्वीटरमा पोस्ट गर्दै नेपालले गर्ने भ्रमण बारे जानकारी दिएको हो। एमसीसीले यसै महिना नेपाल भ्रमण गरेको थियो जुन क्रममा काठमाडौँमा नेपाली राष्ट्रिय क्रिकेट टिम तथा नेपाली अन्डर-१९ टिमसंग टि-२०, एकदिवसीय र तिन दिवसीय खेल खेलेको थियो। यस्तै एमसीसीले पोखरामा पोखरा-११ र मुख्यमन्त्रि-११ संग समेत २ वटा टि-२० खेलेको थियो।

एमसीसीका अनुसार नेपाली राष्ट्रिय टिमले २४ अगस्टमा क्रिकेटको मक्का मानिने लर्ड्स मैदानमा खेल खेल्नेछ। खेलको फर्म्याट के हुने बारे एमसीसीले बताएको छैन।

एमसीसीले २०२१ मा पनि नेपालको भ्रमण गर्ने बताएको छ।

गत वर्ष एमसीसीसंग खेल्ने क्रममा एमसीसी कप्तान महेला जयवर्द्धनेसंग पारस खड्का

नेपाली राष्ट्रिय टिमले एमसीसी र नेदरल्याण्डसंग गत वर्ष जुलाईमा त्रिकोणात्मक टि-२० सिरिज खेलेको थियो। त्यसबेला नेपाल र नेदरल्याण्ड बीचको खेल रद्द हुँदा एमसीसीलाई नेपालले ९ विकेटले पराजित गरेको थियो।  नेपालले पहिलो पटक २०१६ मा एमसीसी बिरुद्ध लर्ड्स मैदानमा खेलेको थियो।

सन् १७८७ मा स्थापना भएको एमसीसीले सन् १७८८ देखि क्रिकेटको नियम बनाउदै आएको छ। एमसीसीले बनाउने नियमलाई आईसीसीले मान्यता दिंदै आएको छ।





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]