पिपिएल दोश्रो दिन – दोश्रो खेलमा बुटवल र काठमाडौँ बीच प्रतिस्पर्धा

पोखरामा जारि पोखरा प्रिमियर लिग अन्तर्गत दिनको दोश्रो खेलमा सोमपाल कामि कप्तानीको बुटवल ब्लास्टर्स र ज्ञानेन्द्र मल्ल कप्तानीको काठमाडौं गोल्डेन्सले प्रतिस्पर्धा गर्दैछन्। खेल १२:४५ बजे दिउसो सुरु हुने बताईएको छ।

बुटवल ब्लास्टर्स

अघिल्लो सिजन ५ खेलमा मात्र २ जित हात पार्नसकेपछि पाँचौ स्थानमा रहँदै लिग अन्त्य गरेको बुटवल ब्लास्टर्स यो पटक बढी आशावादी रहेको छ। उक्त सिजन पहिलो २ खेलमा जित हारे पछि अन्य ३ खेलमा टिमले लगातार हार बेहोर्नु परेको थियो।

सोमपाल कामि कप्तान रहेको टिममा सिद्धान्त लोहनी, हरि बहादुर चौहान , ललित भण्डारी, अविनाश बोहरा, भिम शार्की जस्ता नेपाली क्रिकेटर रहेका छन्। बलिंगमा सोमपाल, ललित भण्डारी र अविनाश बोहराको उपस्थिति टिमको बलियो पक्ष हो। सिद्धान्त लोहनी, हरि बहादुर चौहान, हसिम अन्सारी, भिम शार्की, शेर मल्ल जस्ता ब्याट्सम्यानहरुले ब्याटिंग धान्नेछन्।

Butwal Blasters

तिन भारतीय विदेशी खेलाडीहरु अफताब उदीन , शिवम सिंह र हर्ष टोन्क टिममा रहेका छन्। तिन जना खेलाडीसंग भारतमै ठुलो स्तरमा क्रिकेट खेलेको भने अनुभव रहेको छैन।

बुटवल ब्लास्टर्स टिम – सोमपाल कामी (कप्तान), मोहम्मद संसाद शेख, सिद्धान्त लोहनी, हरि बहादुर चौहान, ललित भण्डारी, शंकर राना, पुरन बिक, हसिम अन्सारी, भिम सार्की, अभिनास बोहोरा, नितेश थापा, बिपिन खत्री, शेर मल्ल र कमल खत्री, विदेशी खेलाडी – अफ्ताब उदीन, शिवम सिंह र हर्ष टोन्क

काठमाडौँ गोल्डेन 

पहिलो खेलमा पोखरा पल्टनसंग ९ विकेटको हार पछि दोश्रो खेलमा काठमाडौँ पहिलो जित हात पर्न चाहन्छ। उक्त खेलमा काठमाडौँले पहिले ब्याटिंग गर्दै मात्र ११५ रन बनाउन सकेपछि पोखराले १४.१ ओभरमै लक्ष्य पुरा गरेको थियो।

ब्याटिंग लाइन अपमा ज्ञानेन्द्र मल्ल, सुबास खकुरेल, पृथु बास्कोटा, जयकिशन कोल्सावाला, गौरभ तोमर र सुबोध भाटी जस्ता ठुलो नामहरु रहेता पनि पोखरासंग काठमाडौँको ब्याटिंग चल्न सकेको थिएन। सुबोध भाटी बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

अनुभवी खेलाडीहरु सुबास खकुरेल र अमृत भट्टराईको प्रदर्शन पनि पहिलो खेलमा राम्रो हुन सकेन। सुबासले ६ रन मात्र बनाउन सके भने अमृतले १ ओभर मात्र बलिंग पाए जसमा ९ रन खर्चिए।

प्रतियोगिताको बलियो टिम मध्येको काठमाडौँ पहिलो खेलको कमजोरीलाई दोश्रो खेलमा सुधार्ने योजनामा हुनेछ।

काठमाडौँ गोल्डेन वारीयर्स टिम :- ज्ञानेन्द्र मल्ल ( कप्तान ) , अमित श्रेष्ठ, पवन सर्राफ, अमर सिंह रौटेला, बसन्त रेग्मी, आदील खान, पृथु बास्कोटा, सुशन भारि, नन्दन यादब, सुर्य तामांग, विदेशी खेलाडीहरु – जयकिशन कोल्सावाला, गौरभ तोमर र सुबोध भाटी





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]