पूजाको अलराउन्ड प्रर्दशनमा नेपालको सान्त्वना जित

काठमाडौं । कप्तान पूजा महतोको अलराउन्ड प्रर्दशनप्रेरित नेपालले आइसिसी महिला यु-१९ टी-२० विश्वकपमा घरेलु टोली मलेसियालाई सात विकेटले पराजित गरेको छ।

शुक्रबार जोहर क्रिकेट एकेडेमी ओभलमा मलेसियाले दिएको ४५ रनको लक्ष्य नेपालले ११ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो।

नेपालकाे जितमा पूजा महताले अविजित २३ रनको योगदान दिँदा अन्य ब्याटरले दोहोरो अंकमा रान जोड्न सकेनन्। मलेलियाका लागि तीनै विकेट मर्स्याले लिइन्।

त्यसटस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले १६.५ ओभरमा सबै विकेट गसमाउँदै ४५ रनको योगफल तयार परेको थियो।

नुरीमनले १५ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। नेपालका लागि कप्तान पूजा महताले ३.५ ओभरमा मात्र ९ रन खर्चिदै सार्वधिक ४ विकेट लिइन्। यससँगै उनी सर्वाधिक रनकर्ताको सूचीमा शीर्ष स्थानमा उक्लिएकी छन्। जारी विश्वकपमा पूजाको यो नवौं विकेट हो। यसैगरी रचना चौधरीले ३ तथा रिया शर्मा र सीमान समान १ विकेट लिए।

यससँगै नेपालले जितका साथ प्रतियोगिताको अन्त्य गरेको छ। मलेलिया भने जितविहिन रह्यो। नेपाल समूह ‘डी’ तथा मलेसिया समूह ‘ए’ को चौथो स्थानमा रहेका थिए। समूह चरणमा नेपालले बंगलादेश, स्कटल्यान्ड र अस्ट्रेलियासँग हार बेहोरेको थियो। यता मलेसिया, भारत, श्रीलंका र वेस्ट इन्डिजसँग पराजित भएको थियो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy