बंगलादेशसंग हार पछि क्रिकेटमा स्वर्ण सपना सकियो

१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल बंगलादेश यु-२३ संग ४४ रनले पराजित भएको छ।

पराजित भएसंगै नेपालको स्वर्ण पदक जित्न फाइनल पुग्ने सपना समाप्त भएको छ।

नेपालले कुल ४ खेल खेल्दा माल्दिभ्स र भुटानसंग जित हाँसिल गर्यो भने बंगलादेश यु-२३ र श्रीलंका यु-२३ संग हार बेहोर्यो। श्रीलंका र बंगलादेशले ३/३ वटा खेलमा जित हाँसिल गर्दै फाइनलमा स्थान पक्का गरेको छ। स्वर्ण पदकको लागि बंगलादेश र श्रीलंका आइतबार खेल्नेछन्। नेपालले भने अब कास्य पदकको लागि चौथो स्थानमा र माल्दिभ्स मध्ये एक टीमसंग खेल्नेछ।

टियु मैदान किर्तिपुरमा सम्पन्न खेलमा पहिले ब्याटिंग गर्दै बंगलादेशले दिएको १५६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २० ओभरमा ९ विकेट गुमाएर १११ रन मात्र बनाउन सक्यो।

Gyanendra Malla ( File Photo )

नेपाललाई लक्ष्य सम्म पुग्न नदिन बंगलादेशी बलर सुमोन खान, तन्भिर इस्लाम, सौम्या सरकार, मेहेदी हसनले समान २/२ विकेट लिए।

नेपालको ब्याटिंगमा कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४३ रन बनाए। ४३ बलमा उनले ३ चौका र १ छक्का प्रहार गरे। दिपेन्द्र ऐरीले १६ र अविनाश बोहराले १३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालको ब्याटिंग 

खेलमा टस जितेर नेपालले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो।

पहिलो ३ विकेट बंगलादेशले १६ रनको योगफलमा चौथो ओभरमा गुमाएको थियो। पारस खड्काले सबै ३ विकेट दिलाएपछि बंगलादेश दबाबमा आएको थियो। तर त्यसपछि कप्तान नज्मुल हुसेनले एक किनार सम्हाल्दै ब्याटिंग गरे।

नज्मुलले चौथो विकेटको लागि यासिर अलिसंग ४३ रनको साझेदारी गरे। यासिर १४ रन बनाएर आउट भएपछि नज्मुलले अफिफ हुसेनसंग चौथो विकेटको लागि ९४ रनको साझेदारी गरे। अफिफ ५२ रन बनाएर आउट भए जसले २८ बलमा ६ चौका र १ छक्का प्रहार गरे।

अविजित इनिंग खेल्ने क्रममा नज्मुल हुसेनले ६० बलमा ४ चौका र ४ छक्का मदतले ७५ रन प्रहार गरे।

नेपालको बलिंगमा पारस खड्काले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा १५ रन खर्चिए। दिपेन्द्र ऐरीले २ तथा अविनाश बोहराले १ विकेट लिए।





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]