यू-१९ विश्वकप : भारत र अष्ट्रेलिया उपाधीका लागि खेल्ने

२०८० माघ २६, शुक्रबार ०८:३०

काठमाडौं । भारत र अष्ट्रेलियाले दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप २०२४ को उपाधीका लागि खेल्ने भएका छन् ।

बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा पाकिस्तानमाथि १ विकेटको रोमान्चक जितका साथ अष्ट्रेलियाले फाइनलमा स्थान बनाएको छ ।

मंगलबार भएको पहिलो सेमिफाइनलमा घरेलु टोलीलाई पराजित गर्दै भारतले फाइनलमा स्थान बनाएको थियो । भारतले दक्षिण अफ्रिकालाई २ विकेटले हराएको थियो ।

अष्ट्रेलिया र भारले उपाधिको लागि आइतबार फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy