काठमाडौं। आईसीसी विश्वकप लिग-२ अन्तर्गत चौथो चरणको त्रिकोणात्मक सिरिजमा नेपालले आइतबार स्कटल्याण्डको सामना गर्दैछ।
स्कटल्याण्डको डन्डी स्थित फोर्थहिल क्रिकेट मैदानमा हुने यो खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ।
यसअघि नेपालले सिरिजको पहिलो खेलमा स्कटल्याण्डमाथि १ विकेटको रोमाञ्चक जित हासिल गरेको थियो। जसमा नेपालले निर्धारित ५० ओभरको १ बल बाँकी रहँदा २९७ रनको लक्ष्य पूरा गरेको थियो।
नेपाल आज पनि सोही लक्ष्य दोहोर्याउने दाउमा रहेको छ।
