स्कटल्यान्डले दियो १९४ रनको विशाल लक्ष्य

काठमाडौँ। घरेलु टोलीले स्कटल्यान्ड टी–२० त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपाललाई १९४ रनको विशाल लक्ष्य दिएको छ।

टस जितेर पहिला ब्याटिङ थालेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९३ रन बनाएको हो।

स्कटल्यान्डका ओपनर मुन्सेले सर्वाधिक ७८ रन बनाए। ३९ बल खेलेका उनले ५ चौका र ६ छक्का प्रहार गरे। उनले ब्रान्डन म्याकमुलनसँग दोस्रो विकेटका लागि १०० रनको साझेदारी गरेका थिए। उक्त साझेदारी कुशल भुर्तेलले १२।४ ओभरमा तोडे।

ब्रान्डले भने ३० बलमा ४ चौका र १ छक्कासहित ४२ रन बनाए। माइकल लीस्क २६ र म्याथ्यु क्रोस १७ रनमा अविजित रहँदा अन्य ब्याटरले राम्रो प्रदर्शन देखाउन सकेनन्।

नेपालका कुशलले सर्वाधिक २ विकेट लिए। २ ओभर बलिङ गरेका उनले २० रन खर्चिए। रुपेश सिंह, ललितनारायण राजवंशी र सन्दीप लामिछानेको नाममा समान १ विकेट रह्यो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy