११ चर्चित भारतीय क्रिकेटर जसले विदाई खेल नखेली सन्यास लिए

कुनै पनि क्रिकेटरको विदाई कस्तो हुनुपर्छ भनेर कुनै मानक त रहेको छैन। तर देशको लागि जीवन अर्पण गर्ने खेलाडीको खेल जीवनको अन्त्य शानदार हुनु पर्छ। देशको लागि ठुलो योगदान दिएका क्रिकेटरहरु मध्ये केहिले विदाई खेल खेल्न पाउछन् भने केहिको भाग्यमा यो अवसर जुर्दैन। भारतीय पूर्वकप्तान महेन्द्र सिंह धोनीले पनि विदाई खेल नखेली अन्तर्राष्ट्रिय क्रिकेट बाट बिदा लिएका छन्।धोनीले चाहना गरेको भए उक्त अवसर सहजै पाउनसक्थे तर उनले औपचारिक रुपमा खेल खेलेर विदाई हुने बाटो रोजेनन्।

भारतीय क्रिकेट टिमको लागि खेलेका केहि त्यस्ता महान क्रिकेटरहरु छन् जसले धोनी जस्तै विदाई खेल नखेली अन्तर्राष्ट्रिय क्रिकेटलाई बाइबाइ भनेका थिए।

१. सुनिल गावस्कर : भारतको मात्र नभई विश्व क्रिकेटकै महान ब्याट्सम्यान सुनिल गावस्करको १९८७ को विश्वकपको सेमीफाइनल खेल अन्तिम अन्तर्राष्ट्रिय खेल थियो। सेमीफाइनलमा भारत इंग्ल्यान्डसंग पराजित भए पछि उनले अन्तर्राष्ट्रिय क्रिकेट खेलेनन् र औपचारिक विदाई पनि भएन।

२. मोहम्मद अजहरुद्दीन : लामो समय भारतीय क्रिकेट टिमको कप्तानी गरेका अजहरुद्दीनले पनि विदाई खेल खेल्ने सौभाग्य पाएनन्। एक समय कप्तानको रुपमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडीको करियर म्याच फिक्सिंगको आरोप पछि समाप्त भएको थियो।

३. राहुल द्रविड : भारतीय टिमको कप्तानको रुपमा हजारौं रन बनाएका द्रविड भारतीय टिमको पर्खाल नामले पनि चिनिने गर्थे। द्रविडले पनि विदाई खेल खेल्न पाएनन्।

४. बिरेन्द्र सेहवाग  : भारतीय क्रिकेट टिमको लागि पहिलो तेहेरो शतक बनाएका सेहवागले वानडे क्रिकेटमा दोहोरो शतक पनि बनाए। आक्रामक ब्याटिंगको लागि चर्चित सेहवागले पनि विदाई खेल खेल्न पाएनन्।

५. भीभीएस लक्ष्मण : भेरी भेरी स्पेसल नामले चर्चित भीभीएस लक्ष्मणले पनि विदाई खेल खेल्न पाएनन्। भारतलाई असम्भव देखिने खेल जिताएका लक्ष्मणले एक प्रेस कन्फरेन्समार्फत सन्यास घोषणा गरेका थिए।

६. जहिर खान : २००३ विश्वकप फाइनल देखि २०११ विश्वकप विजेता टिमको सदस्य रहेका तिब्र गति बलर जाहिर खानको योगदान ठुलो रहेको छ। उनले पनि विदाई खेल खेल्ने मौका पाएनन्।

७. गौतम गम्भीर : २००७ टि-२० विश्वकप र २०११ वानडे विश्वकप भारतले जित्दा महत्वपूर्ण योगदान दिएका गम्भीरले दुवै खेलमा प्लेयर अफ द म्याचको अवार्ड जित्न सकेनन्। उनले पनि विदाई खेल नखेली सन्यास लिए।

८. युभराज सिंह : २०११ वानडे विश्वकप र २००७ टि-२० विश्वकपका हिरो अल-राउण्डर युभराज सिंहले पनि विदाई म्याच नखेली अन्तर्राष्ट्रिय क्रिकेट बाट बिदा लिएका थिए।

९. इरफान पठान : भारतीय टिमका धारिलो स्विंग बलर तथा अल-राउण्डर इरफानले भारतको लागि खेलेको अन्तिम खेलमा प्लेयर अफ द म्याच घोषित भएका थिए। तर त्यसपछि उनले टिममा मौका पाउन सकेनन् र यतिकै विदा लिनु पर्यो।

१०. सुरेश रैना : महेन्द्र सिंह धोनीसंगै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका सुरेश रैनाले पनि विदाई खेल खेल्न पाएनन्। पछिल्लो समय भारतीय टिममा पर्न असफल रैनाले २-३ वर्ष अझै क्रिकेट खेल्ने इच्छा व्यक्त गरेता पनि अन्तर्राष्ट्रिय क्रिकेट बाट भने बिदा लिने निर्णय गरे।

११. महेन्द्र सिंह धोनी : २०१९ एकदिवसीय विश्वकपको सेमीफाइनलमा न्युजिल्यान्ड बिरुद्ध अन्तिम पटक भारतीय जर्सीमा देखिएका धोनीले त्यसपछि भारतको लागि खेलेनन्। कोभिड-१९ का कारण यो वर्ष अस्ट्रेलियामा हुने टि-२० विश्वकप आगामी वर्ष सर्नु पनि धोनीले करियर अन्त्य गर्नुको कारण मानिन्छ। अप्रत्यासित निर्णय गर्न माहिर धोनीले पनि विदाई खेल नखेली अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा लिए।

यो पनि पढ्नुस :-

धोनीले बनाएका ८ ठुलो किर्तिमान

धोनीले गरेको ५ निर्णय जसले सबैलाई चकित बनाएता पनि भारतलाई खेल जिताएको थियो

४ बलमा ४ विकेट लिंदै यी महिला क्रिकेटरले बनाइन् नयाँ वर्ल्डरेकर्ड

आईपीएल : यी ठुला खेलाडीहरु जसले सुरुवाती खेलहरु गुमाउनेछन्

पाकिस्तानसंग खेल चल्दै गर्दा ब्रोडले किन प्रयोग गरे इन्हेलर, कारण जान्नुस





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]