पहिलो एकदिवसीयमा भारत जित्दा बन्यो १० ठुला रेकर्ड

  • विकेटनेपाल, माघ १९ – शुक्रबार

भारत र दक्षिण अफ्रिकाबीच बुधबार भएको पहिलो एकदिवसीय क्रिकेटमा भारतले ६ विकेटको जित दर्ता गर्दै ६ खेलको सिरिजमा १-० को अग्रता लिएको छ ।

डर्बन मैदानमा भएको उक्त खेलमा भारतले दक्षिण अफ्रिकाले दिएको २७० रनको लक्ष्य विराट कोहलीको ३३ औं एकदिवसीय शतक तथा अजिंक्या रहानेको महत्त्वपूर्ण ७९ रनको मद्दतमा ४ विकेट गुमाएर पुरा गरेको थियो। घरेलु टोलीका लागि कप्तान फाफ डु प्लेसिसले पनि आफ्नो एकदिवसीय करियरको ९ औं शतक प्रहार गरेका थिए । बिस्तृतमा पढ्नुहोस्

खेलमा बनेका १० रेकर्ड:

१. पहिलो एकदिवसीय खेल भन्दा अघि दक्षिण अफ्रिकाले घरेलु मैदानमा लगातार १७ वटा एकदिवसीय जितेको थियो। कुनै पनि टिमले हालसम्म यस्तो गर्न सकेको थिएन ।

२. २७० रन – भारतले दक्षिण अफ्रिकामा लक्ष्य पछ्याउदै गर्दा जितेको दोश्रो सर्बाधिक धेरै रन हो। यो भन्दा अगाडी २००३ को दक्षिण अफ्रिकामा भएको विश्वकपमा भारतले पाकिस्तानले बनाएको २७४ रनको योगफल पछ्याएको थियो। त्यस्तै २७० रन कुनै पनि विदेशी टिमले दक्षिण अफ्रिका बिरुद्द उसकै घरमा बनाएको सर्बाधिक धेरै हो । यसभन्दा अगाडी सन् २००२ मा अस्ट्रेलियाले दक्षिण अफ्रिका बनाएको २६८ रनको योगफल पुरा गरेको थियो ।

३. भारतले दक्षिण अफ्रिका बिरुद्द डर्बन मैदानमा प्राप्त गरेको पहिलो जित हो, यसभन्दा अगाडी भएका ७ एकदिवसीय खेलमध्ये ६ खेलमा भारत पराजित भएको थियो भने एक खेल बिना नतिजा टुंगिएको थियो ।

४. विराट कोहलीले भारतिय कप्तानको रुपमा ११ औं शतक पुरा गर्दै सौरभ गांगुलीको किर्तिमान बराबरी गरे। भारतको लागि कप्तानको रुपमा सर्बाधिक शतक बनाउने किर्तिमान बनाउन कोहलीमात्र ४१ इनिंग खेले भने गांगुलीले यो किर्तिमान १४२ इनिंगमा बनाएका थिए । त्यस्तै कप्तानको रुपमा सर्बाधिक शतक बनाउने रेकर्ड रिक्की पोंटिंगको नाममा रहेको छ जसले २२ शतक प्रहार गरेका थिए भने दोश्रो नम्बरमा एबी डी भिल्लियर्सको १३ शतक रहेका छन् ।

कोहलीको दक्षिण अफ्रिकी धर्तिमा पहिलो शतक

५. विराट कोहलीले आफुले खेलेका ९ देशहरुमा प्रत्येक देशहरुमा कम्तिमा एकवटा एकदिवसीय शतक प्रहार गरेका छन् । कोहलीको पहिलो एकदिवसीयको शतक ( ११२ रन ) दक्षिण अफ्रिकामा १२ एकदिवसीय खेल्दा पहिलो हो ।

६. कुनैपनि एकदिवसीय क्रिकेटमा दुवै टिमका कप्तानले शतक प्रहार गरेको यो चौथो पल्ट रहेको छ ।

Captain 1 Score 1 Captain 2 Score 2 Venue Date
विलियम पोर्टफिल्ड (IRE) ११२ ईयान मोर्गान (ENG) १२४* डब्लिन 3 Sep 13
मुश्फिकर रहिम (BAN) ११७ विराट कोहली (IND) १३६ फतुल्लाह 26 Feb 14
एन्जेलो म्याथ्युज (SL) १३९* विराट कोहली (IND) १३९* राँची 16 Nov 14
फाफ डु प्लेसिस (SA) १२० विराट कोहली (IND) ११२ डर्बन 1 Feb 18

७. अजिंक्या रहानेले लगातार ५ वटा एकदिवसीय खेलमा अर्धशतक (५५, ७०, ५३, ६१,७९) प्रहार गरेका छन् । उनि लगातार ५ वटा अर्धशतक प्रहार गर्ने तेस्रो भारतीय भएका छन् । यसभन्दा अगाडी सचिन तेन्दुलकरले १९९४, विराट कोहलीले २०१२ र २०१३ मा यस्तो किर्तिमान बनाएका थिए ।

८. विराट कोहली र अजिंक्या रहानेले तेस्रो विकेटको लागि १८९ रनको साझेदारी मात्र १८८ बलमा गरेका थिए जुन भारतका लागि दक्षिण अफ्रिका बिरुद्द तेस्रो विकेटको लागि गरेको सर्बाधिक सर्बाधिक धेरै हो। यो भन्दा पहिला सन् २००७ मा सचिन तेन्दुलकर र सौरभ गांगुलीले १५८ रनको साझेदारी गरेका थिए।

९. कोहली र रहानेले १८९ रनको साझेदारी गरेसँगै यी दुई बीच तेस्रो विकेटको लागि भएको लगातार तेस्रो शतकीय साझेदारी हो । यो भन्दा पहिला २०१५ मा चेन्नाईमा दक्षिण अफ्रिकासँग १०४ रन  तथा सन् २०१६ मा अस्ट्रेलियासँग मेलबर्नमा १०९ रनको साझेदारी गरेका थिए ।

१०. फाफ डु प्लेसिसले प्रहार गरेको १२० रन दक्षिण अफ्रिकाका कप्तानले भारत बिरुद्द घरेलु भुमिमा प्रहार गरेको सर्बाधिक धेरै हो । यसभन्दा पहिला एबी डी भिल्लियर्सले सन् २०१३मा सेनचुरियनमा बनाएको १०९ रन रहेको थियो ।

(क्रिकबजको सहयोगमा तयार पारिएको )





थप समाचार

नरेनको कप्तानीमा नेपालले यु–१९ विश्वकप एसिया छनोट खेल्ने

काठमाडौं। नेपालले नरेन भट्टको कप्तानीमा आइसिसी यु–१९ विश्वकप एसिया छनोट खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार उनलाई […]

प्रधानमन्त्री कप : आर्मी र लुम्बिनी विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागिय टोली त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशले जित हासिल गरेका छन्। […]

पुलिसकाे लगातार पाँचाैँ जित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियाेगितामा सुदूरपश्चिम प्रदेशलाई हराउँदै नेपाल पुलिस क्बले लगातार पाँचाैँ जित हासिल गरेकाे […]

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]