यु-१९ महिला विश्वकप : नेपालले सेमीफाइनल सहितको खेलहरु आयोजना गर्ने

अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले नेपाललाई सन् २०२७ को महिला यु-१९ विश्वकप बंगलादेशसंग सह-आयोजना गर्ने अवसर दिएको छ। नेपालले पहिलो पटक आईसीसीको यति ठूलो स्तरको प्रतियोगिता आयोजना मौका पाएको हो।

यु-१९ महिला विश्वकप सह-आयोजनाको अवसर पाएपछि नेपाल क्रिकेट संघका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले विकेटनेपालसंगको कुराकानीमा खुसि व्यक्त गर्दै नेपालले एउटा सेमीफाइनल सहित खेलहरु आयोजना गर्ने जानकारी गराएका छन्।

मल्लले नेपालले प्रतियोगिताको एउटा सेमीफाइनल सहित लिग चरणको खेलहरु आयोजना गर्ने बताएका छन्। बंगलादेशले फाइनल र एउटा सेमीफाइनल सहित अन्य खेलहरु आयोजना गर्नेछ।

मल्लका अनुसार प्रतियोगिता आयोजनाको लागि नेपाल र बंगलादेशले २/२ वटा गरि ४ वटा मैदान प्रयोग गर्नेछ। तर नेपालले आईसीसी समक्ष देशभरका पाँचवटा वटा फरक मैदान प्रस्ताव गरेको छ। निकट भविष्यमा आईसीसीले नेपाल भ्रमण गर्ने जसपछि मैदान छनोट गर्ने उनले जानकारी गराए।

नेपालमा हालसम्म त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मात्र आईसीसी मान्यता प्राप्त एकदिवसीय अन्तर्राष्ट्रिय र टि-ट्वान्टी अन्तर्राष्ट्रिय खेलहरु आयोजना भएका छन्।

सन् २०१० मा आईसीसीको डिभिजन-५ प्रतियोगिता आयोजना गर्दा नेपालले टियु मैदान कीर्तिपुर सहित भक्तपुरको आर्मी स्कुल मैदान तथा पुल्चोक इन्जिनियरिंग कलेजको मैदान प्रयोग गरेको थियो। पुल्चोक र भक्तपुर मैदानमा क्यानले प्रतियोगिता आयोजना गर्न छाडेको लामो समय भैसकेको छ। क्यानसंग टियु मैदान बाहेक मुलपानीमा दुई वटा मैदान सक्रिय अवस्थामा छ भने दाङ र भैरहवामा पनि आयोजना गर्न सक्ने मैदान छ।





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]