नेपालद्वारा १८० रनको लक्ष प्रस्तुत

  • विकेटनेपाल, २५ मङ्सिर – सोमबार 

एसीसी यु-१६ पूर्वी क्षेत्र प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा अहिले आयोजक थाईल्याण्डसंग प्रतिस्पर्धा गरिरहेको छ ।

टेर्ड थाई मैदानमा निर्धारित ३५ ओभरको खेलमा टस जितेर ब्याटिंग गरेको नेपालले ३४.३ ओभरमा सम्पूर्ण विकेट गुमाई १७९ रन बनाउदै थाईल्याण्डलाई १८० रनको लक्ष प्रस्तुत गरेको छ।

नेपालको लागि तृतराज दासले सर्बाधिक ३९ रनको योगदान दिए जुन क्रममा उनले ५६ बलमा ४ चौका प्रहार गरेका थिए। यस्तै कुशल मल्लले २४, सुनिल भण्डारीले २३, राजन मगरले १७ तथा कप्तान रित गौतमले १६ रन योगदान दिए।

तृतराज दास

थाई बलर कोकिएट चाटवोंगले सर्बाधिक ३ विकेट हात पारे भने कोंगकिएकोन र चिरपहंगले २/२ विकेट आफ्नो नाम गरे।

आज बाट सुरु भएको प्रतियोगितामा कुल ८ टोलि सहभागी छन्। नेपाल सहित थाईल्याण्ड, हङकङ, मलेसिया, म्यानमार, चीन, भुटान, सिंगापुर सहभागी प्रतियोगितामा नेपाल समुह ‘ए’ मा थाईल्याण्ड, हंगकंग र म्यानमार छ।

नेपालले १२ डिसेम्बरमा हंगकंग तथा १४ डिसेम्बरमा म्यानमारको सामना गर्नेछ। समुहमा उत्कृस्ट हुने २ टिम सेमीफाइनल पुग्नेछ। सेमीफाइनल १६ डिसेम्बर र फाइनल १७ डिसेम्बरमा खेलिनेछ। प्रतियोगिताका सबै खेलहरु ३५ ओभरको इनिंगमा खेलिनेछ।

नेपाली टिम – रित गौतम ( कप्तान ) , बिशाल बिक्रम केसी ( उपकप्तान ) , कुशल मल्ल, राजन मगर, तृत राज दास, अमित कुमार यादब, सुबास ऐर ( सुबोध ) नारायण जोशी, सुनिल भण्डारी, सुर्य तामाङ, अजय कुमार लुनिया, प्रतिश जीशी, मेख बहादुर सेन थापा, निखिल कुमार सिंह

प्रशिक्षक – जंगबहादुर थापा, दिपेन्द्र चौधरी

नेपालको खेल तालिका –

११ डिसेम्बर : नेपाल- थाईल्याण्ड

१२ डिसेम्बर : नेपाल – हंगकंग

१४ डिसेम्बर – नेपाल – म्यानमार

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy