नेपालद्वारा १८० रनको लक्ष प्रस्तुत

  • विकेटनेपाल, २५ मङ्सिर – सोमबार 

एसीसी यु-१६ पूर्वी क्षेत्र प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा अहिले आयोजक थाईल्याण्डसंग प्रतिस्पर्धा गरिरहेको छ ।

टेर्ड थाई मैदानमा निर्धारित ३५ ओभरको खेलमा टस जितेर ब्याटिंग गरेको नेपालले ३४.३ ओभरमा सम्पूर्ण विकेट गुमाई १७९ रन बनाउदै थाईल्याण्डलाई १८० रनको लक्ष प्रस्तुत गरेको छ।

नेपालको लागि तृतराज दासले सर्बाधिक ३९ रनको योगदान दिए जुन क्रममा उनले ५६ बलमा ४ चौका प्रहार गरेका थिए। यस्तै कुशल मल्लले २४, सुनिल भण्डारीले २३, राजन मगरले १७ तथा कप्तान रित गौतमले १६ रन योगदान दिए।

तृतराज दास

थाई बलर कोकिएट चाटवोंगले सर्बाधिक ३ विकेट हात पारे भने कोंगकिएकोन र चिरपहंगले २/२ विकेट आफ्नो नाम गरे।

आज बाट सुरु भएको प्रतियोगितामा कुल ८ टोलि सहभागी छन्। नेपाल सहित थाईल्याण्ड, हङकङ, मलेसिया, म्यानमार, चीन, भुटान, सिंगापुर सहभागी प्रतियोगितामा नेपाल समुह ‘ए’ मा थाईल्याण्ड, हंगकंग र म्यानमार छ।

नेपालले १२ डिसेम्बरमा हंगकंग तथा १४ डिसेम्बरमा म्यानमारको सामना गर्नेछ। समुहमा उत्कृस्ट हुने २ टिम सेमीफाइनल पुग्नेछ। सेमीफाइनल १६ डिसेम्बर र फाइनल १७ डिसेम्बरमा खेलिनेछ। प्रतियोगिताका सबै खेलहरु ३५ ओभरको इनिंगमा खेलिनेछ।

नेपाली टिम – रित गौतम ( कप्तान ) , बिशाल बिक्रम केसी ( उपकप्तान ) , कुशल मल्ल, राजन मगर, तृत राज दास, अमित कुमार यादब, सुबास ऐर ( सुबोध ) नारायण जोशी, सुनिल भण्डारी, सुर्य तामाङ, अजय कुमार लुनिया, प्रतिश जीशी, मेख बहादुर सेन थापा, निखिल कुमार सिंह

प्रशिक्षक – जंगबहादुर थापा, दिपेन्द्र चौधरी

नेपालको खेल तालिका –

११ डिसेम्बर : नेपाल- थाईल्याण्ड

१२ डिसेम्बर : नेपाल – हंगकंग

१४ डिसेम्बर – नेपाल – म्यानमार

 





थप समाचार

आईपीएल : मुम्बई प्लेअफमा, हारसँगै दिल्ली बाहिरियो

काठमाडौँ । मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ। गएराती सम्पन्न खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित […]

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]